बंगुर पालनबाटै सालना ६ लाख आम्दानी

0
472
प्रज्वल पहाडी, प्यूठान
प्यूठान । जिल्लाको सरुमारानी ४ का कृषक योगेश सारुमगर बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका छन् । ६ वर्षअघि बंगुरपलन शुरु गरेका सारुले यही व्यवसायबाटै वार्षिक ६ लाख रुपैयाा बढी आम्दानी गर्दै आएको बताए । “मासिक ५०/६०  हजार आम्दानी हुादै आएको छ, पछिल्लो वर्षमा यो व्यवसायले राम्रो प्रतिफल दिएको छ” सारुले भने ।
सातवटा बंगुरबाट व्यवसाय शुरु गरेका उनको फार्ममा अहिले माउ र पाठापाठी गरी ६० वटा बंगुर छन् । डियुरोक, ल्याण्रेस, पाखीबास जातका बंगुर फार्ममा रहेको उनले बताए । वार्षिक २ सयदेखि ३ सयसम्म पाठापाठी विक्री गर्दै आएको उनले सुनाए । “मासुभन्दा पाठापाठी विक्रीमा बढि फाइदा हुन्छ” उनले भने, “घरमै ग्राहक पाठापाठी खोज्न आउाछन्, माग पुर्याउन सकिएको छैन ।” पाठापाठी ४ हजार ५ सय र मासु प्रतिकेजी २ सय ८० रुपैयाामा विक्रि गर्दै आएको उनले बताए । उनका अनुसार प्यूठानसागै दाङ र रोल्पाबाट पनि पाठापाठी खरिद गर्न मानिसहरु आउने गरेका छन् ।
सारुले सञ्चालन गरेको फार्म जिल्लाकै उत्कृष्ठ र ठूलो हो । “जिल्ला कै ठूलो बंगुर फार्म यही भएको छ” उनले भने, “गत वर्ष राष्ट्रियस्तरको दोश्रो पुरस्कारसमेत पाएा ।” सातवटा बंगुर खोरबाट सुरु गरेको फार्मको पूर्वाधार अलिहे २० वटा खोरमा पुगेको उनले बताए । अहिलेसम्म २३ लाख लगानी गरेको उनले बताए ।
५ वर्षसम्म जागिरका लागि विदेसिएका सारु गाउा मै व्यवसाय सञ्चालन गर्ने सोंचसहित गाउा फर्किएका हुन् । “विदेशमा पनि कमाई राम्रै थियो, अहिले घरमै बसेर कमाउादा आनन्द आएको छ।” व्यवसाय सञ्चालनका लागि बैंकबाट १० लाख रुपैयाा ऋण लिएको बताए । अहिलेसम्म राज्यवाट अनुदान नपाएको दुखेसो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here