फेसबुकमा फोटो अपलोड गर्दा यी कुराहरुमा ध्यान दिनु होला

0
291

एजेन्सी । फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर तपाईहामीलाई समस्या हुँदै आएको छ ।

फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो । कहिले काहीँ त फोटो नै बिग्रने गर्छ ।

यसबाट बच्नका लागि फेसबुकले फोटोलाई अटोमैटिकली एक डिफल्ट साइजमा परिवर्तन गरिदिन्छ । सोही कारण फोटो नराम्रो देखिएको हो ।

रेगुलर फोटोको लागि फेसबुकले डिफल्ट साइज ७२० पिक्सेल, ९२० पिक्सेल, २०४ पिक्सेलको मापदण्ड राखेको छ । जबकि कभर फोटोका लागि यो साइज ८५१ देखि ३१५ पिक्सेल मात्रै हो ।

फेसबुकले हाई क्वालिटी फोटोलाई कम्प्रेस गरेर त्यसको क्वालिटी पनि घटाइ दिने गर्छ । यस्तो अवस्थामा तपाईले यी टिप्सलाई ध्यान दिनु उपयुक्त हुन्छ ।

१) फोटो अपलोड गर्नुभन्दा पहिला इमेज एडिट प्रोगामको माध्यमबाट फेसबुकको डिफल्ट साइजमा सेभ गर्ने ।

२) कम्प्रेशनबाट बच्नका लागि १०० केबीभन्दा कम फाइल साइजलाई कभर फोटोमा अपलोड गर्ने ।

३) फेसबुकले तपाईलाई एइआरजीबी कलर प्रोफाइलका साथ जेपीईजी फर्मेटमा फोटो सेभ गर्ने सल्लाह दिन्छ ।

४) फोटो अपलोड गर्ने बेला हाई क्वालिटी चेक बक्समा टिक गर्न नभुल्नु होला । यो बक्स तपाईको अपलोडिंग वीण्डोको बाँयातर्फ दिखिनेछ । यति काम गर्नु भयो भने तपाईको फोटो फेसबुकमा पहिलाकै जस्तै राम्रो र क्वालिटीको देखिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here