फेरी रेल दुर्घटनाको दुःखद समचार

0
310

चेन्नई, १ जुलाई । फेरी एक नेपालीको रेल दूर्घटनामा परि मृत्यु भएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार नेपाल, बाग्लुङ नगरपालिका १३, मुसराबारी, बलेवा निबासी हाल चितवनमा टाडीमा बसाइ सरेका बल बहादुर परियारका छोरा चन्द्र बहादुर थापा (परियार) को १ जुलाईका दिन रेल दूर्घटनामा परि मृत्यु भएको उनको भिनाजु बलबहादुरले बताएका छन् ।

एक्स आर्मी समेत रहेका चन्द्रबहादुर चेन्नईमा दिदी र आमा भेट्न आएका थिए । विहान मर्निवाक जाँदा चेन्नईको हिन्दू कलेज रेलवे स्टेशनमा ट्रेनको लिख क्रस गर्ने क्रममा बिपरित दिसाबाट आएको रेलले हानेकोले उनको मृत्यू भएको रेल्वे पुलिसले बताएको छ । चन्द्र बहादुरको टाउको र खुट्टामा गंभीर चोट लागि क्षतबिक्षत भई घटना स्थलमै निजको दुःखद मृत्यु भएको हो ।

बिहान ५.३० बजे मर्निवाक गएको सालो ८ बजेसम्म किन आएन भनि फोन गर्दा फोन रेलवे पुलिसले उठाएको र चन्द्रबहादुरको रेल दुर्घटनामा परि मृत्यु भएको जानकारी गराएको भिनाजु बल बहादुरले बताए ।

“म लगायत आफन्त जन घटना स्थलमा पुगी चेकजाँच गर्दा चन्द्र बहादुर नै रहेको पुष्टि भएको थियो ।” मृतकका भिनाजु बलबहादुले भने “त्यस पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य महेन्द्र बस्याललाई घटनाको जानकारी गएका थियौं ।”

मूल प्रवाह चेन्नई पश्चिम नगर समितिका सचिव हिरामणी शर्मा, सदस्य राजु अधिकारी, अम्बातुर सी एरिया अध्यक्ष प्रेम नेपाली र आफन्तजन लगायतको पहलमा अवाडी रेलवे पोलिस स्टेशनको मातहतमा डेड बडी केएमसीमा राखिएको छ । श्रीमति र आफन्तजनहरूको सल्लाह भएपछि उक्त बिषयमा आबस्यक निर्णय लिएर मात्र दाहसंकार गरिने परिवारिक श्रोतले बताएको छ ।

रेलवे क्रसीङ गर्दा मरेको मानिसलाई कुनै क्षतिपूर्ति नपाइने रेलवे पोलिसले जनाएको छ । थप जानकारीको लागि मोबाइल नं. ढठढण्ढ ण्ण्डछज्ञ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here