फेरी पनि मूल प्रवाहको पहलमा लावारीस शवको दाहसंस्कार

0
275

हिसार, ०२ फरवरी । संसारले २१ औं शताब्दीको अति विकसित सभ्यतामा फडको मारिसक्दा पनि हामी नेपाली र हाम्रो देशको नागरिकहरूको दयनीय स्थितमा कुनै महत्वपूर्ण सुधार आएको देखिंदैन । अझै पनि रोजीरोटीको खोजीमा प्रवासीएका कैंयन नेपालीहरुले आफ्नै पहिचान लुकाउने, आफ्नो घर परिवार सम्वन्धी जानकारी सँगै बसेका साथीहरुलाई समेत नदिने र सामाजिक रुपमा भन्दा एकल वस्न रुचाउने स्वभाव कै कारण संकटको समयमा आफ्नो ठेगाना थाहै नहुने र लावारिस अवश्थामा पुगेका घटनाहरु हामीले सुन्ने वा देख्नेसम्म गरेका हुन्छौं । करिव करिव यस्तै अवस्थाका एक जना नेपाली मूल प्रवाह हिसार नगर समितिले प्रशासनको सहयोगमा दाहासंस्कार गरेको छ ।

हामीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारका सचिव तारा सोमारेले दिएको जानकारी अनुसार पुरा नाम र ठेगाना अझै मिल्न नसके पनि हिसारमा प्रारम्भिक सोधपुछमा थाहा लागे अनुसार गुल्मि जिल्ला जुगनान, घुर्गी भन्ने जानकारी मिलेको वुवाको नाम पनि थाहा नलागेको चन्द्र बहादुर थापा नामका करिव ४५/४६ बर्षका व्यक्ति लगभग १७/१८ बर्षदेखि हिसारमा विभिन्न विवाह पार्टीहरुमा खाना बनाउने कार्य गर्ने गर्दै आएका थिए । उनी ३१ जनवरीको बिमारी अवस्थामा भेटिए पछि कमल सोनिले सुखदा हस्पीटल हिसारमा भर्ना गरेका थिए ।

तर चन्द्रबहादुरको उपचारको दौरानमा १ फरवरीको साँझ करिव ७ वजे दुःखद निधन भएको थियो । त्यसपछि मूल प्रवाहको पहल तथा स्थानीय भारतीय नागरिक रविन्द्र सिंहको पहलमा हस्पीटलमा वार्ता गरियो र हस्पीटलको विल रु १५,०००/ रविन्द्र सिंहले तिर्ने सहयोग गरि शव हस्पीटलबाट निकाली मूल प्रवाह एकता समाज, प्रवासी नेपाली संघका कार्यकर्ताहरु, स्थानीय रबिन्द्र सिंह तथा कमल सोनी लगायत विभिन्न सामाजिक व्यक्तित्वको उपस्थितिमा तथा सहयोगमा चन्द्रबहादुर थापाको दाह संस्कारलाई आवश्यक रकम संकलन गरि २ फरवरीको दाहसंस्कार गरिएको छ ।

स्मरण रहोस निज चन्द्रबहादुरलाई गत करिव १२/१३ वर्ष पहिला पनि मुल प्रवाह एकता समाजका कार्यक्रताहरुले विमार भएर हस्पीटल परेका तर खर्च नभएर अलपत्र अवस्थामा भेटि रु ३,७०० आर्थिक सहयोग गरेको थियो । उनलाई मूल प्रवाहका कार्यकर्ताहरुले वारम्वार सदस्यता लिन आग्रह गरे पनि सदस्यता लिएका थिएनन् । उनी अन्य कुनै संघ संस्थाहरुको नभएको जानकारी खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here