फरीदावादको भैलो २०७५ समापन

0
183
फरीदावाद, २ डिसे । मूल प्रवाह अखिल भारता नेपाली एकता समाज फरीदावाद नगर समितिले २०७५ सालको भैलो समापन तथा समिक्षा कार्यक्रम सम्पन्न पारेको छ ।
कार्यक्रम नगर समितिका उपाध्यक्ष किसन जिसीको अध्यक्षता तथा धरम खनालको सञ्चालनमा अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई विष्णु विसीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय समितिका सूर्यबहादुर क्षेत्री, क्षेत्रीय सचिव वि. शंकर पराजुली, विद्यार्थी केन्द्रीय समितिका अजय रेश्मी, महिला क्षेत्रीय विभागबाट मायाँ विसी, रक्तिम नगर विभागबाट सरिता विसी लगायतले आतित्थ्यता ग्रहण गर्नुभएको थियो ।
हेवल हेम्ला एरिया समितिबाट मानसिंह विष्ट, बल्लभवगढ एरिया समितिबाट चन्द्र अधिारी, एनआईटी एरिया समितिबाट मानबहादुर पाण्डेले कार्यक्रममा आफ्नो विचार राख्नु भएको थियो ।
सो अवसरमा नगर समितिले भैलोमा सहयोग गर्ने कलाकारहरुलाई सामान्य जलपान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here