फरक प्रकारले छैंटी

0
234

श्री गंगानगर, १० अगस्त । वदलिदो परिवेश र सामाजिक चेतनालाई मघ्यनजर गर्दै समग्र समाजको नेतृत्व गर्ने संगठनक्रताहरुले पनि जनता र कार्यकर्ताहरुबाट मनाइने उत्सव तथा खुसीहरुलाई सामाजिक रुपमै प्रगतिशील रुपान्तरण गर्ने प्रयास गरिनै रहेका हुन्छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत श्रीगंगानगर नगर समितीद्धारा संचालित जवाहर नगर एरिया समितिका सक्रिय सदस्य गोपाल न्यौपाने र श्रीमती गिरीजा न्यौपानेको सुपुत्रको छैंटी कार्यक्रम सम्पन्न गरिएको हो ।

त्यसको ज्वलंत उदाहरण हो श्रीगंगानगरको छैंटी कार्यक्रम । विष्णु प्रसाद न्यौंपानेद्धारा संचालित तथा गोपाल न्यौंपानेको अध्यक्षतामा सम्पन्न सो छैंटी सभामा अतिथीहरु हजुर वुवाहरु मोहन प्रसाद न्यौंपाने, एकराज न्यौंपाने, ओविराम न्यौपाने, गोपाल न्यौंपाने तथा मूल प्रवाहका कार्यक्रताहरु र आफन्तहरु कृष्ण जीसी ,त्रिभुवन भट्टराई, वसन्ता नेपाली, हुमबहादुर विक, हेमराज न्यौपाने, खिमप्रसाद पोख्रेल, सुनीता पोख्रेल, खुमबहादुर भन्डारी, माधव भंडारी, किसन केसी, वाग्मती केसी, सोनी केसी, कौशल केसी, मनु केसी, जागेश्वर न्यौपाने, अरुण भट्टराई, अप्सरा न्यौपाने, गोपाल न्यौपाने, कृष्ण न्यौपाने, अनुजा न्यौपाने, आयुस न्यौपाने, चिरनजीवी भट्टराई, पिमा न्यौपाने, विष्णु न्यौपाने, गुमा न्यौपाने, मुगा भट्टराई, झविन्द्र न्यौपाने, रुकराज न्यौपाने तथा राजमो दाङका उपाध्यक्ष महेश रिजाल समेतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले रुढिवादी दृष्टिकोण र यो संरचना वदल्ने साहस यो पिढीले गर्नै पर्छ र व्याक्तिगत रुपमा मनाइने सवै उत्सव तथा पर्वहरूलाई प्रगतिशील सामाजिक रुपांतरणको जिम्मेदारी निभाउनु पर्नेमा जोड दिनुभएको थियो । कृष्ण जीसी, त्रिभुवन भट्टराई, वसन्ता नेपाली, हुमबहादुर विक, हरी न्यौपाने, सुनिता भट्टराई र कमला खडका लगायत वधाई मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here