प्रेम दिवस ‘वैलेंटाइन डे’ या विकृती ?

0
266

यहि नराम्रो पाटोलाई मात्रै हामीले सिको गर्न थाल्यौं भने दक्षिण एशियाको सभ्यता आफैमा ध्वस्त भएर जानेछ । वैलेंटाइनको इतिहासलाई अध्ययन गर्दा त हामीले पाएको यो हो कि, जब कुनै एक स्त्रीले एक पुरूषलाई तथा एक पुरुषले एक स्त्रीलाई प्रेम गर्दछ भने उनीहरू विवाहको बंधनमा परिणत हुनु पर्दछ । यदि त्यसो हो भने त हामीले दक्षिण एशियामा वैलेंटाइन डे मनाउनुको तात्पर्य छुट्टै पाउँछौं । त्यस अर्थमा वैलेंटाइन डे मनाउने चक्करमा हामीले मानव समाजलाई विकृति प्रदान गरिरहेका छौं ।

-धनवीर पुन मगर

पश्चिमी मुलुकहरूको संस्कृतिलाई सरसरती अध्ययन गर्दा श्रीमतीमा भन्दा रखेलमा विश्वास गरेको पाइन्छ । युरोप तथा अमेरीकामा एक विवाह तथा सम्बन्ध रहेको अत्यान्तै कम महिला–पुरुष पाइन्छन् । तर दक्षिण एशियन मुलुकहरूमा यो अलिक अनौठो तथा अप्ठ्यारो महशुस हुन्छ । पश्चिमी संस्कृतिलाई अध्ययन गर्दा यो प्रचलन निकै पुरानो रहेको पाइन्छ । हालका दिनहरूमा हामीले हाम्रो समाजमा पनि Live in Relationship भन्ने वाक्य यदाकदा सुन्नेगरेका छौं । शहरहरूमा त गुणात्मक रुप लिइरहेको छ ।

पश्चिमा मुलुकहरूमा यो निकै पुरानो चलन कै रुपमा आएको भन्न सकिने प्रसस्त आधारहरू छन् । जस्तो अमेरीकी एक वैज्ञानीक प्लेटो भन्छन् “म २०–२२ स्त्रीहरूको निकट थिएँ” । अरस्तु र देकातेरका रचनाहरूले पनि यही बोल्छन् । रुसोले त आफ्नो आत्मकथा मैं लेखेका छन्, “एउटी स्त्रीसँग रहनलाई मनले नै मान्दैन, यो सम्भवन नै छैन Highly Impossible ” हुनलाई त उनीहरू वैज्ञानिक हुन् तर उनीहरूको तात्पर्यतालाई अलिक फराकिलो नजरले हर्ने हो भने, उनीहरूको विश्लेषणमा “महिलाहरूमा त आत्मा नै हुँदैन, घरायसी सामाग्रीहरू जस्तै हो, जब पुरानो हुन्छ नयाँ ल्याउनु पर्छ ।” यस्ता खालका सोंच र प्रचलनको युरोपियन तथा पश्चिमी देशहरूमा विरोध पनि भएको पाइन्छ । जस मध्य एक थिए ‘वैलेंटाइन’ । उनको जन्म रोममा आजभन्दा लगभग १५०० वर्ष पहिला भएको थियो ।

वैलेंटाइन भन्थ्ये “युरोपियन प्रचलन र जनावरको व्यवहार जबसम्म एउटै रहन्छ, यसले युरोपियन मुलुकमा ‘परिवार’ भन्ने संस्थालाई नै विस्थापित गरिदिन्छ । त्यसैले यो संस्कृतिलाई सुधार्नु पर्ने हुन्छ । पहिला श्रीमान–श्रीमतीको जुन महत्वपूर्ण बन्धन छ त्यसलाई पूर्णता दिनुस ।” यही उपदेश वैलेंटाइनले दिंदै हिड्दथ्ये । कैयौंलाई उनको विचार ठिक लाग्थ्यो त कैयौंले उनलाई “तिमीलाई यो वायरस कहाँबाट घुस्यो ?” भनेर सोध्ने गर्दथ्ये । उनले भन्ने गर्दथ्ये “हालका दिनहरूमा म दक्षिण एशियाको दर्शन अध्ययन गर्दैछु ।” कतिपय मान्छेहरू उनको विचारप्रति सहमत भए, सयौं जोडीहरूको विवाह पनि वैलेंटाइनले गराएका थिए ।

वैलेंटाइनको यो विचारले युरोपमा सुस्त–सुस्त गति लिंदै थियो । त्यो समयमा क्लौडियस रोमका राजा थिए । क्लौडियसको नजरमा वैलेंटाइनले युरोपीयन संस्कृति विगार्न थालेको बुझे, “हामी विवाह विना रहनेहरू, मोज मस्तीमा रमाउनेहरूलाई विवाह जस्तो बंधनमा बांधदै हिंडेर वैलेंटाइनले अपसंस्कृति फैलाएको छ, उसलाई तुरुन्त गिरफ्तार गर र सजाय देउ” भने । जुन–जुन जोडीहरूको विवाह भएको थियो उनीहरूलाई बोलाएर वैलेंटाइनलाई १४ फरवरी ४९८ इसापूर्वमा क्लौडियसले मृत्युदण्ड दिए । जुन–जुन जोडीहरूको वैलेंटाइनले विवाह गराएका थिए, उनीहरू निकै दुःखी भए । उनीहरूले वैलेंटाइनको दुःखद मृत्युको संझनामा १४ फरवरीको दिनलाई युरोपियन मुलुकहरूमा वैलेंटाइन डे मनाउन थाले । यसको अर्थ यो भयो, वैलेंटाइन जसले युरोपियन मुलुकहरूमा विवाह गराउँदै हिंड्दथ्ये उनलाई क्लौडियस भन्ने रोमका राजाले मृत्युदण्ड दिए ।

अब यही वैलेंटाइन डे दक्षिण एशियन मुलुकहरूमा पनि आएको छ । यो वैलेंटाइन डेले विभिन्न सरकारी कार्यालयहरू, शिक्षण संस्थान स्कुल, क्याम्पसहरू, यहाँसम्मकी विभिन्न इलेक्ट्रानिक मिडीयाहरूले समेत धुमधामसँग मनाउन थालेका छन् । हाम्रा कैयौं युवा–युवतीहरू यो वैलेंटाइन डेलाई पर्व कै रुपमा मनाउँदै हिंडेको पाइन्छ । यहाँसम्मकी एक आपसमा ‘वैलेंटाइन डे’ को कार्ड पनि बाँड्दै हिंड्छन् । जुन कार्डमा लेखिएको हुन्छ, Would You Be My Valentine यसको अर्थ हुन्छ “के तपाई मसँग विवाह गर्नु हुन्छ ?” कैयौंलाई त यो थाहा पनि हुँदैन, उनीहरू सोंच्छन् की ‘जसलाई मैले प्रेम गर्दछु उसलाई यो कार्ड दिन पर्दछ ।’ कार्ड बाँड्दै जाँदा कैयौंले त घरमा आमा–बाबु, हजुरबा–हजुरआमालाई पनि त्यही कार्ड दिन्छन् । कार्ड बाँड्नेहरू सबै अबुझ् हुन् मैले भन्दैन तर जुन कार्ड तपाईले आफ्नो प्रेमीकालाई दिनु हुन्छ, त्यही कार्ड घरमा आमा–हजुरआमालाई दिंदा यसले समाजमा कुन संस्कारको विकास गर्दछ ?

‘वैलेंटाइन डे’ जसलाई आजभोली नेपालीमा ‘प्रेम दिवस’ भन्न पनि थालिएको सुनिन्छ । यो प्रेम दिवसको तयारी वर्तमान समयमा युरोपमा भन्दा दक्षिण एशियन मुलुकहरूमा धुमधामसँग मनाउन थालेको पाइन्छ । जब फरवरी महिना लाग्छ, ‘वैलेंटाइन डे’ को तैयारी पनि निकै जोडतोडले हुन थालेको पाइन्छ । आजकल त कैयौं मोबाइल कम्पनीहरू र उपहार कम्पनीहरूले फरवरी महिनाको शुरुवातबाट नै वैलेंटाइन डे अफरहरू छोडेका हुन्छन् । यसबाट के बुझ्न सजिलो हुन्छ भने, ‘वैलेंटाइन डे’ ले समाजमा राम्रो भन्दा पनि ठूला पूँजीपतीहरूको लागि व्यापार फैलाउने राम्रो माध्य बनेको छ भन्ने प्रसस्त आधारहरु छन् । Would You Be My Valentine लेखेको कार्डले समाजमा कैयौंको बसिबसाउ घर उजाडने औजार बनेको छ । महिलाहरूलाई एक पछि अर्को रुपमा रुसोले जस्तै ‘विना आत्माको सामाग्री’को रुपमा पुन स्थापित गराउन सहयोग पु¥याएको छ । यो कामलाई सफल बनाउन ठूला–ठूला टेलिविजन च्यानलहरू पनि लागेका छन् । उनीहरूले यसको समाजमा पर्ने नकारात्मक असरभन्दा पनि तत्कालको आर्थिक फाइदालाई मात्रै देखेका छन् । जहाँसम्म वैलेंटाइन डे केवल उपहार आदान प्रदान गर्ने र प्रेम कै सुरुवात गर्ने दिनमा मात्रै सिमित रहेता त्यसको विरोधमा कुनै अर्थ थिएन, तर जब वैलेंटाइन डेमा एक युवकले एउटी युवतीलाई उपहार दिन्छ त्यसपछि उसले आफ्नो हकसम्म जताउन कोशिस गर्दछ । यसरी एउटा उपहारकै भरमा एक महिलालाई हेर्ने दृष्टिकोण मै परिवर्तन गरिदिने पर्व मानव समाजमा किन चाहियो ? जुन पर्वले प्रेमको नाममा अप्रत्यक्ष रुपबाट शारिरीक शोषणको विजारोपण गर्दछ त्यो पर्व नै किन मनाउनु ?

वैलेंटाइन डे विकृती फैलाउने माध्यम
अमेरिकी मानवसास्त्री मोर्गनका अनुसार मानव समाज तीन भागमा विभक्त छ ।
· प्रकृतिमा जस्तो चिज तथा वस्तुहरू थिए त्यस्ताको त्यस्तै उपयोग गर्नु जंगली युग ।
· मानव समाज सामान्य प्रकारको जिवीकोर्पाजन गर्नका लागि उत्पादन तर्फ लागेको युग जसलाई वर्वर युग भनिन्छ ।
· जब निजी सम्पत्तिको शुरुवात भएपछिको साथै मान्छेले विभिन्न सोधहरू पत्ता लगाउन थालेको युगलााई सभ्य युग भनिन्छ ।

यहाँनेर हामीले बुझ्नु पर्ने के रह्यो भने मानव समाज विकासको क्रमलाई जंगली युगदेखि सभ्ययुग तर्फ गएको थाहा हुन्छ । तर वैलेंटाइन डे को मार्फत मानव समाजलाई सभ्य युगबाट जंगली युग तर्फ धकेल्न कोखेको भन्ने आधारहरू छन् । उदाहरणको रुपमा हामीले Would You Be My Valentine लेखेको कार्ड परिवारको जुनसुकै सदस्यलाई पनि बाँड्ने गरेको पाएकै छौं । यसरी हामीले नबुझिकनै संस्कारको सिको तथा नक्कल गर्नाले राम्रो पक्ष भन्दा पनि नराम्रो पक्षको तर्फ बढि उन्मुख देखिन्छौं । यहि नराम्रो पाटोलाई मात्रै हामीले सिको गर्न थाल्यौं भने दक्षिण एशियाको सभ्यता आफैमा ध्वस्त भएर जानेछ । वैलेंटाइनको इतिहासलाई अध्ययन गर्दा त हामीले पाएको यो हो कि, जब कुनै एक स्त्रीले एक पुरूषलाई तथा एक पुरुषले एक स्त्रीलाई प्रेम गर्दछ भने उनीहरू विवाहको बंधनमा परिणत हुनु पर्दछ । यदि त्यसो हो भने त हामीले दक्षिण एशियामा वैलेंटाइन डे मनाउनुको तात्पर्य छुट्टै पाउँछौं । त्यस अर्थमा वैलेंटाइन डे मनाउने चक्करमा हामीले मानव समाजलाई विकृति प्रदान गरिरहेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here