प्रवासी नेपाली प्रेरणा समितिद्वारा दिल्लीमा तीज महोत्सव-२०७५ सफलतापूर्वक संपन्न

0
480
भरत पौडेल 
दिल्ली । आइतबार २ सेप्टेम्बर २०१८ यानेकी भाद्र १७,२०७५ को दिन श्रीकृष्ण जन्माष्टमीको शुभअवसरमा “प्रवासी नेपाली प्रेरणा समिति” ले राजधानी दिल्लीको पवित्र स्थान सिंधी धर्मशालाको प्रागणमा आफ्नो छैटौं सांस्कृतिक कार्यक्रम तीज महोत्सव २०७५ सफलतापूर्वक संपन्न गरेको छ।
बेसहारा र अनाथलाई सहारा दिने, प्रवासी नेपालीका हक़ हितको रक्षा भन्ने मूल नाराका साथै नेपाली समाजका समस्याको समाधान गर्नु प्रमुख उद्देश्य रहेको संस्था प्रवासी नेपाली प्रेरणा समितिले नेपाली कला सस्कृतिकलाई जगेर्ना गर्दै प्रवासमा भएको नेपाली प्रतिभालाई प्रचार-प्रसार तथा संरक्षणका लागि प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रमको आयोजना गरीरहेको छ। आफ्नो यस कार्यलाई निरन्तर दिदै हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा नेपाल बाट विदेशी भूमिमा विभिन्न उद्देश्यले कार्यरत नेपाली समाज तथा महिला दिदीबहिनीहरुविच एक-आपसमा शुभकामना आदान – प्रदान, मेल-मिलाप गराउने प्रमुख उद्देश्यका साथ संस्था द्वारा नेपाली तीज महोत्सवको आयोजना गरिएको हो।
नेपाली राष्ट्रिय गान बाट शुभारम्भ गरिएको कार्यक्रममा नेपाली तीज गीतमा “तीजको लहर आयो बरिलै” सृष्टि अधिकारी र निशा श्रेष्टको नृत्य बाट दर्शकहरुलाई स्वागत गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु प्रसाद पाण्डेको अध्यक्षता तथा नेपाली राजदूतावासका  सांस्कृतिक काउन्सलर होम प्रसाद लुईटेलको प्रमुख अतिथि रहेको कार्यक्रमको व्यवस्थापनमा तथा संचालनमा संस्थाका महासचिव काशीराम आचार्यको प्रमुख भूमिका देखिएको थियो र अनौपचारिक कार्यक्रमको संचालन कपिल देव पाण्डे द्वारा गरिएको हो।
प्रवासी भुमिमा भएतापनि आयोजक समितिले कार्यक्रम र कार्यक्रम स्थानलाई नेपाली रूप-रेखा, भेष-भूषाका साथै मिनी नेपालमा परिवर्तन गर्न सफल भएका थिए। “भारत नेपाल सम्बन्ध मित्रता भन्दापनि पारिवारिक सम्बन्ध भएको र प्रधानमन्त्री मोदीको बारम्बार नेपाल भ्रमणले हाम्रो सम्बन्धमा नयाँ आयाम दिने तथा हिन्दुहरुको असल उदाहरण र गुलामीको जन्जिरमा कहिले नबाधिएको देश नेपालीको कार्यक्रम यस स्थानमा हुनु हाम्रोलागि गर्व हो” भन्दै सिंधी धर्मशालाका अध्यक्षले मंच बाट आयोजक समितिलाई सम्मानका साथै शुभकामना ब्यक्त गरेका थिए।
नेपाली राष्ट्रिय कलाकारहरु बाट साजिएको उक्त सांस्कृतिक कार्यक्रममा शान्ती श्री परियारको हालै नेपालमा लोकप्रिय भएको गीत “बोल माया बोल” सुनेर दर्शकहरु भावुक भएका थिए। दिल्ली तथा एनसीआरका स्थानिय कलाकारहरुको बेजोड डान्स पर्फोमेन्स साथै प्रख्यात लोक तथा दोहारी गायक बद्रि पंगेनीले आफ्नो पुराना चर्चित गीतकाहरु ससुरालीमा, कान्छी ओ कान्छी साथै नौला गीत पानीसलालाले दर्शकहरुका साथै सम्पुर्ण अतिथिगणहरुलाई पनि  नाच्न बाध्य बनाएका थिए। कार्यक्रममा थप उत्साह गायक नारायण बिपी, हेमन्त आचार्य र सिन्धु पोख्रेलको चर्चित तीज गीत “लै लै बरिलै माईतिको सम्झना” का साथै स्थानीय कलाकारहरु को धमाकेदार प्रस्तुति रहेको थियो। दिल्लीमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व, शिक्षित व्यक्तित्व, संचार कर्मी र विशेष गरी महिला वर्गलाई खादा – मालाका साथ सम्मान गरिएको थियो।
कार्यक्रमको विशेषताहरु
१. आइतबार आएको भीषण वर्षले गर्दा दिल्लीका दर्शकहरु कार्यक्रम हुन्छ कि हुदैन ? भनेर दुविधामा थिए तर आयोजक समितिको कार्यक्षमता तथा कार्यदक्षताले गर्दा कार्यक्रम आफ्नो समय अनुसार सुरु गर्नका साथै सफलतापुर्वक समापन भएको थिए।
२. आयोजक समितिका सम्पूर्ण सदस्यहरु एक-ड्रेसका (फोर्मल) साथ कार्यक्रममा उपस्थित थिए। साथै अतिथिहरुको सुविधाका लागि स्वयंम संस्था अध्यक्ष विष्णु प्रसाद पाण्डे नै बारम्बार इन्ट्री गेटमा अतिथिलाई स्वागत गर्न उपस्थित देखीन्थे, यसकिसिमका सकारात्मक सोचले निपुर्ण व्यक्तिहरु दिल्लीको हरेक ठाउमा बिरलाई देखिन्छन।
३. कार्यक्रम सफल गरउनको लागि प्रवासी नेपाली द्वारा गरिएको वित्तीय सहयोग रकम ५००/- होस् अथवा ५०००/- नै किन नहोस दुवै सहयोगीहरुलाई एक-समान सम्मान गरिएको थियो।
४. राजधानी दिल्ली नेपाली समाजको स्तम्भ हो र लाखौं नेपालीको बसोबास हुनाले समस्याहरु पनि अनगिन्ती छन्। समस्याहरुको समाधान भन्ने प्रमुख उद्देश्यका साथ यहाँ हजारौ  सामाजिक संघ संस्थाहरुको जाल बिछाइएको छ। संस्थाहरुले भूमिगत भएर अथवा खुल्ला रूपमा सामाजिक कार्यहरुमा आफ्नो निरन्तर योगदान दिदै आएका छन्। यसकारणले आयोजक समितिले अथितिलाई बिशेष सम्मानका लागि कार्यक्रम स्थानको दाँया-बाँया र स्टेजको फ्रन्टमा आसन ग्रहणको व्यवस्था गरेका थिए।
५. नेपाल बाट आएका कलाकारको प्रस्तुतिमा  रमाउनको लागि बिशेषगरि महिला दिदि-बहिनिहरुको सहुलियतका लागि मेनस्टेज र फ्रन्टस्पेस आरक्षित गरेका थिए।
६. तीज महोत्सवमा प्रख्यात कलाकार बद्री पंगेनी, शान्ति श्री परियार, नारायण बिपीको उपस्थिति भएता पनि प्रमुखता भने स्थानीय कलाकारलाई दिएको थियो जुन कार्यक्रमको प्रमुख विशेषता देखीन्थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here