प्रवासी नेपाली कला, साहित्य र संस्कृतिको जगेर्ना एवं संरक्षण गरौं

0
442

भारत पौडेल, नयाँ दिल्ली ।
नेपाली बाध्यतावस आफ्नो मातृभूमि छोडेर हजारौं किलोमीटर टाढा रोजगारीको सिलसिलामा बिश्व भरी छरिएर बस्दै आएका छन् । आफ्नो मातृभूमिको मायाले गर्दा विदेशी भूमिमा संघ संस्था गठन गरि प्रवासीले व्योहोर्नु पर्ने समस्याको समधानका साथै नेपालीलाई एक–आपसमा जोडिनका निम्ति साँस्कृतिक कार्यक्रमको माध्यमबाट विभिन्न किसिमका फुलहरुलाई एउटै मालामा भुने जस्तै बहु–भाषा, बहु–जाति तथा बहु–सांस्कृतिलाई एकआपसमा हातेमालो गरि एउटै छाता मुनि गोलबन्द बनाउन सफल भएका छन् । नेपाली सांस्कृतिप्रतिको मान सम्मान र विकासको लागि गरिने विभिन्न कार्यक्रमहरु यसका ज्वलन्त उदाहरण भारत प्रवासमा देखिएको छ ।

नेपाली युवाहरु आ–आफ्नो पारिवारिक बाध्यताले गर्दा जन्म भूमिबाट धेरै टाढा परदेशी भूमिमा रोजगारीका लागि भौतारिनु परेको छ । जसले गर्दा आफ्नो देशको विकासमा प्रयोग हुने उर्जा, प्रतिभा स्थानान्तरण (आउटसोर्सिंग) हुनका साथै कला–सांस्कृति विलुप्तिको संघारमा छ ।

“प्रतिभा खोजि अभियान दिल्ली आइडल”ले प्रवासी नेपाली समाजमा अवसरको कमिले बाहिर निस्कन नसकेका प्रतिभाहरुलाई बाहिर ल्याउन तुलनात्मक सफलता प्राप्त गरेको छ । यसलाई निरन्तरता दिनका लागि प्रवासमा संगठित संघ संस्था तथा नेपाली समाजको प्रमुख भूमिका साथै कर्तब्य पनि बनिसकेको छ । कला प्रदर्शनको लागि उचित वातावरणका साथै आर्थिक सहयोगको पनि अति आवश्यकता महसुस भएको देखिन्छ । यहाँ परदेशी जीवनको कठोर कठिनाईमा पनि नेपाली संस्कृतिलाई माया गर्दै प्रवासमा यसलाई उच्चस्तरमा प्रदर्शन गर्नु प्रवासी नेपालीहरुको लागि एक गर्वको क्षण हो ।

अखिल भारत नेपाली स्वतन्त्र महासंघका महासचिव दिपक जिसीले प्रवासी तथा नेपालमा कला र कलाकारलाई माया गर्ने व्यक्तित्वहरुलाई दिल्लीमा भर्खर मात्र “प्रतिभा खोजि अभियान– दिल्ली आइडल” को बिरुवा रोपेको र नृत्यकि धनि सृष्टि अधिकारी (प्रथम), निशा श्रेष्ट (दोस्रो), मुना खनाल (तेस्रो ) त्यसै गरि गायन तर्फ स्वरका धनि गोबिन्द पौड्याल (प्रथम) सुरज बिसी (दोस्रो) चोपेन्द्र बिसी (तेस्रो), बिनिता सहा छेत्री (सहभागिता) जस्ता उदयमान कलाकारहरु तपाई हाम्रो अथक प्रयासबाट जन्माउन सफल भएको बताएका छन् ।

जिसीले प्रवासका यस्ता प्रतिभाहरुलाई संरक्षण गर्ने जिमेवारी समेत आफूहरुको रहेको बताएका छन् । भारत प्रवासमा सम्पूर्ण संघ संस्था र नेपाली कला क्षेत्रमा कार्यरत अग्रज विशेषज्ञहरुले समक्ष आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग लागि समेत अनुरोध गरेका छन् ।

कार्यक्रमको आयोजन “मेची–महाकाली जागरण अभियान”ले गरेको थियो । अभियानको यो पहिलो साँस्कृतिका कार्यक्रम पनि रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here