प्रवाशी कल्याण समिति (इंडिया)को नयाँ रुप

0
182

भरत पौडेल
नई दिल्ली । बिगत एक वर्ष देखि प्रबाशी कल्याण समितिले भारत प्रवासमा छरिएर रहेका नेपाली समाजका लागि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । अबको आउँदो समयमा संस्थाले नेपाली समाजको हकÞहित कार्यमा सक्रियता दिनको निम्ति संस्थालाई नयाँ रूप दिएको छ । रक्षाबंधनको शुभअवसर पारेर दिल्लीमा प्रबाशी कल्याण समितिले कार्यसमितिको भागफाड् गरको हो ।

प्रवासमा नेपालीहरुले धेरै किसिमका समस्याहरु भोगिरहनु परेको छ, त्यसकारण संस्थाले सम्बंधित समस्यालाई समाधान गर्नको निम्ति अलगअलग कार्य समिति गठन गरेको छ ।

प्रबाशी कल्याण समितिले प्रबाशमा नेपालीहरुका प्रमुख समस्याहरु चेलिबेटी बेचबिखन, घरेलु हिंसा, लूटपाट तथा दिन प्रतिदिन आइपर्ने समस्या र आधारभुत आवश्यकताहरुलाई मध्यनजर राखेर नेपाली समाजको कार्यलाई प्रमुखता दिनका लागि अध्यक्ष मुकेश कुमार बिक उपाध्यक्ष दिपक बिक, महासचिव करन बिक, कोषध्यक्ष पदम बिक र सचिव कमल बिकको बीच सहमति भएको जानकारी दिए ।

संस्थाले प्रवासमा नेपाली समाजका लागि छूटै कोष बनाएको छ । यस कोषलाई गरीब, असाय, पूँजीको अभावमा रोग उपचार गर्न असमर्थ पिडितहरुका निम्ति प्रयोग गरिने कोषाध्यक्षले बातए ।

नयाँ समितिको गठन

सस्थाले यहि मिति २६ अगस्त २०१८ को दिन संस्थाका वरिष्ठ सल्लाहकार खन्टे बिकले संस्थालाई नेपालीहरुको समस्या समाधान गर्नका साथ संस्थालाई अझै मजबूत बनाउन नयाँ समिति गठन गरिएको बताए ।

अध्यक्ष – परुवा बिक, उपाध्यक्ष– मान बहादुर बिक, सचिव– खिटे बिक, सहसचिव– धनबहादुर बिक, कोषाध्यक्ष– महिला जसुली देवि बिक, सहकोषाध्यक्ष–पशुपती बिक, त्यस्तै सदस्यहरुमाः राकेश बिक, देव बिक, रुखे कामी र भिम बिक मनोनीत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here