प्रलेस कैलालीको सम्मेलन सम्पन्न

0
120

धनगढी । प्रगतिशील लेखक सङ्घको चौथो जिल्ला जिल्ला सम्मेलन २०७५ कार्तिक ७ गते धनगढीमा सम्पन्न भएको छ । प्रलेस कैलालीका अध्यक्ष बाबुुराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको सञ्चालन सचिव तिलकबहादुुर सिंहले गर्नुु भएको थियो । प्रलेस केन्द्रीय उपाध्यक्ष एवम् सुुदूूर पश्चिम प्रदेश इन्चार्ज डा. पुुष्करराज भट्टले सम्मेलनको उद्घाटन गर्नुु भएको थियो । समारोहमा राजमो प्रतिनिधि कृष्ण चौधरी, नेकपाका प्रतिनिधि गणेश ढकाल, प्रलेस केन्द्रीय सचिवालय सदस्य लक्षीराम आचार्य, प्रलेस केन्द्रीय समिति सदस्य जनक रसिक, प्रलेस रापस मेघनाथ खनाल बन्धुु, प्रलेस कैलालीका संस्थापक अध्यक्ष अज्ञात शर्मा, पूूर्व रापस केदार प्रसाद आचार्य, जिल्ला सल्लाहकार रामचन्द्र भट्ट, प्रलेसका पूूर्व केन्द्रीय सदस्य हरिकृष्ण कडायत, साहित्यकार बसन्तले शुुभकामना दिनुु भएको थियो ।

प्रलेस केन्द्रीय सचिवालय सदस्य लक्षीराम आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्य जनक रसिक एवम् रापस मेघनाथ खनाल बन्धुले बन्दसत्रको सञ्चालन गर्नुु भएको सो समारोहमा जिल्ला शाखा सचिव तिलक बहादुुर सिंहले साङ्गठनिक एवम् आर्थिक प्रतिवेदन प्रस्तुुत गर्नुु भएको थियो । सम्मेलनले तिलकबहादुुर सिंहको अध्यक्षतामा १३ सदस्यीय जिल्ला शाखा चयन गरेको छ । शाखाको उपाध्यक्षमा लक्ष्मी प्रसाद रिजाल, सचिवमा विकास थापा, सहसचिवमा फाल्गुुना दाहाल एवम् कोषाध्यक्षमा चक्र चनारा चयन हुुनुु भएको छ । त्यस्तै, सदस्यमा वसन्त बागचन्द, तेजराज कापडी, योगराज आचार्य, खेमराज बडुु, दिपिका भट्ट, राजेन्द्र भण्डारी, उन्नति चौधरी चयन हुुुनु भएको छ । सल्लाहकारमा बाबुुराम आचार्य, आर.सी. भट्ट, अज्ञात शर्मा, केदार प्रसाद आचार्य, तुलसी शर्मा, हरिकृष्ण कडायत, गणेश ढकाल, मान बहादुुर जोरा एवम् मान बहादुुर चौहान रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here