प्रधानमन्त्री ओली जी खुट्टा नकामाउनुस!

0
57
  • नारायण सुवेदी, बुटवल ।

आफ्नो कालो कर्तुत लुकाउन भारतीय सरकार देखी मिडीयासम्म एकजुट भएर नेपाल विरुद्ध खनिएका छन । नेपाल सरकारले अन्तर्राष्ट्रियकरण गर्न अन्कनाएको लिम्पियाधुरा, लिपुलेख, कालपानीको मुद्दा मनिषा कोइरालाको ट्वीटले आफै अन्तर्राष्ट्रियकरण भएको छ ।

अब नेपाल सरकारले राष्ट्रिय अबधारणा बनाएर अघि बढनुपर्नेछ । नेपाल सरकार र प्रधानमन्त्री केपि ओलिजीको खुट्टा कहिल्यै नकाँपोस।  देशले मागेको खण्डमा ३ करोड नेपाली सिमामा गएर राष्ट्र बचाउन ढाल बनेर उभिन तयार छन् । राष्ट्रियता डगमगाउन नदिनुस र अब उप्रान्त लिम्पियाधुरा, कालपानी, लिपुलेखको बारेमा बकबास गर्ने जो सुकैलाइ देशद्रोहि घोषणा गरि कडा कार्बाही गर्नुस । लौनचोरको दानापानी खाएर देशको विरुद्धमा बोल्ने, चलखेल गर्ने खोज्ने देशद्रोहीहरुलाइ जेल हाले हुन्छ । चाहे त्यो मन्त्री, वा अन्य ब्यक्ति किन नहोस र बाबुराम जस्तो कथित बिद्दान ।

हरेक युद्धमा नेपाली युवालाइ बलिको बोका बनाएर स्वार्थसिद्द गर्न पल्केको भारतीय बिस्तारबादले सैन्य बलको भरमा नेपालीलाई धम्काउने दुस्प्रयास नगर्दा हुन्छ । मोदि जि तिमिलाई अझै थाहा रहेन्छ नेपालिको शिरमा पनि खुकुरी र कम्मरमा खुकुरी हुन्छ भन्ने कुरा । नेपालीको वीरता र पराक्रम बारे सारा संसार अबगत छ । अझै पनि बुद्धि पलाएन भने भारतीयलाई दलेर जाने अङ्ग्रेजलाइ सोधे हुन्छ जस्को तोप,गोला, बारुद बिर नेपाली स्वभिमानको अगाडी कति फिक्का परेको थियो ।
याद रहोस हामिले श्रम बेचेको हो राष्ट्रियता र स्वाभिमान होइन ।

केबल एउटा ट्वीटले हल्लिएको भारतीयहरुको हालत यदि गोर्खालि सैनिकका बन्दुक बोल्यो भने के होला ?
स्मरण रहोस मोदि जि त्यसैले सत्य डग्दैन झुटो_टिक्दैन ।
जय_देश_जय_स्वाभिमान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here