प्रधानमन्त्री ओलीले जनता समक्ष आत्मालोचित हुनु पर्छ : वाइवा

0
296

कतार । गत केही दिन अगाडी काठमाडौँमा भएको कतिपय विदेशी राष्ट्रप्रमुखहरू सहितको युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को एशिया प्यासफिक सम्मेलनमा सरकारको सहभागिताप्रति कतार नेपाली एकता समाजले घोर विरोध तथा भत्सर्ना गरेको छ ।

संगठन केन्द्रीय अध्यक्ष हेमन्त वाईवाले एक विज्ञप्ती जारी गर्दै भनेका छन् : “आबरणमा विश्व शान्तिको जलप लगाउन खोजेता पनि वास्तवमा त्यो कार्यक्रम क्रिश्चियन धर्मको प्रचारको कार्यक्रम नै थियो । धर्मनिरपेक्ष देशमा त्यस प्रकारको कार्यक्रममा सरकारको सहभागिता देशको हित र संविधानको स्प्रीटका विरुद्ध छ ।”

“संसारभर अत्यन्त बिबादित रहेको एउटा गैर सरकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा उपस्थित हुनको लागि स्थानिय तहसम्मका जनप्रतिनिधिहरु समेतलाई सरकारको तर्फबाट उर्दी जारी गर्दै विशेष राष्ट्रीय कार्यक्रममा झै सार्बजनिक यातायातमा जोर बिजोर प्रणाली लागू गरेर कथित इसामसिहकी छोरीको हातबाट उपस्थित सबैलाई होलिवाइन पिलाउनु देशकै निम्ति अत्यन्त लज्जास्पद कार्य हो ।” वाइवाले लेखेका छन् ः “कार्यक्रममा सरकारको निर्णय बिना नै प्रधानमन्त्रीद्वारा पुरस्कार ग्रहण गर्ने काम पनि गरिएको थियो । कानून अनुसार प्रधानन्त्रीले सरकारको निर्णय बीना कुनै पुरस्कार ग्रहण गर्न मिल्दैन ।”

यस प्रकारको सम्पूर्ण अनुचित गतिविधिका लागि प्रधानमन्त्रीले जनताका सामु स्पष्टिकरण दिनुपर्ने आवश्यकतामा कतार नेपाली एकता समाजले जोड दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here