प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल।

0
197

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार प्रधानमन्त्री ओलीको दोस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपणमा संलग्न प्रा।डा। प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको सफतालपूर्ण मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र अहिले उहाँको मिर्गौलाले काम गर्न थालेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको बुधबार बिहान सवा १० बजेबाट मिर्गौला प्रत्यारोपण सुरु भएको थियो ।

प्रत्यारोपणका लागि पाँच घण्टा समय लाग्ने डाक्टरहरुले बताएका थिए । सोही समयको आसपासमा नै प्रत्यारोपण सम्पन्न भएको हो । भारतको एपोलो अस्पतालमा बाह्र वर्ष अगाडी प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने समीक्षा संग्रौंलाले मिर्गौला दिएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here