प्रदेसीका पिडा

0
115

कविता

-देबेन्द्र बस्याल, जापान

छोरी जन्मेर ३ कि पुग्दा
म प्रदेशबाट घरमा पुगें
मैले छोरीलाई कँदर्खुटीगरी
घरवरीपरी घुग्दै थिएँ

मैले छोरीलाई प्रश्न गरें
छोरी तिमीले हात धुन सक्छेउ ?
खुट्टा पनि धुन सक्छेउ ?
खाना आफै खान सक्छेउ ?
छोरीले सहजै उत्तर दिन्छिन, अँ
मैले जे पनि आफै गर्न सक्छु, बाबा
मैले जापान पनि यहीँ बनाइदिन्छु
अनि फेरी जापान नजानु है
बाबा ममी मलाई छोडी नजानु है

मैले उत्तर दिन्छु, हुन्छ छोरी
छोरीको तोते बोलीमा
महा पिडा लुकेको थियो
उनका बिन्तीले मेरो दिलछोयो
मेरो गहभरी आँसु भयो
आँसुले बाटो देख्न सकिन
छोरीलाई काँधबाट ओराल्छु

छोरी पुनः प्रश्न गर्छिन
बाबा के भयो ? किन रोको ?
कस्ले के गऱ्यो, बाबा
म छोरीलाई सम्झाउन सक्दीन
मेरो गला अवरुद्ध हुन्छ
छातीमा गाँठो परेर आउछ
मेरो आवाज निस्तेज बन्छ
म भक्कानिन्छु

म विदेसमा रहरले होइन
वाध्यता र विवसताले
गास वास र कपासको समस्याले
भौतारीन बाध्यछु छोरी
म कुनै दिन प्रदेसबाट फेरी आउनेछु
तिम्रो आगनीको जापानमा
तिमीसंगै रमाउन
प्रदेशलाई बाईबाई गरी
स्वदेश फर्किनेछु

नरोइ नरोइ पिंडिमा बसेर
बाबाममीलाई हेरीरहनु हाँसेर
नमरी बाँचे एकदिन हामी
आउने छौं फर्केर
मिठी नाना झोलामा
आउने छौं बोकेर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here