प्रदेश नं. १ मा संघीयता विरूद्द विद्यार्थी मार्च सुरू

0
264

मंसिर २३, फिदिम ।
अखिल (छैठाैं) केन्द्रीय समितिकाे अायाेजनामा मंसिर १५ गतेदेखि देशभर सञ्चालन भएकाे संघीयता विरूद्द विद्यार्थी मार्चकाे पुर्वी अभियानको टाेलीले अाज पाँचथरमा एक कार्यक्रम गरि अभियानकाे उद्घाटन गरेकाे छ । अभियानकाे उद्घाटन अखिल(छैठाैं)का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले व्यानर पढेर उद्घाटन गर्नुभएकाे थियाे ।

संघीयता विरूद्द विद्यार्थी मार्च  फिदिममा

प्रदेश नं.१ का सदस्य हर्क लावतीकाे सञ्चालनमा सम्पन्न कार्यक्रमकाे अध्यक्षता प्रदेश नं. १ का अध्यक्ष देवन्द्र पाैडेलले गर्नुभएकाे थियाे भने फिदिम मावीका अध्यक्ष मिलन लिम्बूले स्वागत मन्त्व्य व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा अखिल(छैठौं) का केन्द्रीय सदस्य द्वय सराेजमान सिंह र नवीन पाण्डेले पनि मन्त्व्य राख्नुभएको थियाे । कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सदस्य विष्णु केसी, अखिल (छैठाैं)का राष्ट्रिय परिषद् सदस्य सन्देश खनाल, कुलचन्द्र शर्मा लगायतको अातिथ्यता रहेकाे थियाे । रक्तिमका केन्द्रीय सदस्य विष्णु केसीले अाफ्नाे प्रस्तुति समेत राख्नुभएको थियाे ।

साे क्रममा मिलन लिम्बूकाे अध्यक्षतामा ५५ सदस्यीय ईकाई समिति गठन गरिएको छ भने ५ पदाधिकारी र ८ सदस्य रहेकाे १३ सदस्यीय सचिवालय समेत गठन गरिएको छ । समितिकाे उपाध्यक्ष, सचिव, सह- सचिव र काेषाध्यक्षमा क्रमस: सुनिल रिमाल, स्नेहा राई, अाशा लावती र गाैरव खतिवडा रहनुभएकाे छ । सचिवालय लाेकेन्द्र खड्का, समिच्छा लामिछाने, अमृत तावा, विमला राई, जीवन तामाङ, कविता सापकोटा, गंगा तुम्बाम्फे र अर्पणा राई रहनुभएकाे छ ।टाेलीले साे क्रममा पर्चा वितरण तथा भेटघाट पनि गरेकाे छ । पुस १५ गते सम्म सञ्चालन हुने अभियान काे नेतृत्व केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले गर्नुभएको छ ।

टाेलीमा केन्द्रीय सदस्य सराेजमान सिंह, नवीन पाण्डे, देवेन्द्र पाैडेल रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सदस्य विष्णु केसी, अखिल (छैठाैं) राष्ट्रिय परिषद् सदस्य सन्देश खनाल, झापा जिल्ला अध्यक्ष हर्क लावती, बुटवल बहुमुखी क्याम्पसका उपाध्यक्ष कुलचन्द्र शर्मा लगायतकाे सहभागीता रहेकाे छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here