प्रदेशीको सन्देश

0
387
  • केशव गाहा (पाल्पाली)

सकिएन टिन किन्न खरैले छाए है सानु
कोशिस म गर्दैछु, मन न’दुखाए है सानु

सकिन नी मैले भने जस्तो धन कमाउन
आटो र पिठो,अनिकालमा बचाए है सानु

छैन पैसा भुन्टेलाई बोर्डिङ्मा पढाउन
सरकारी स्कूलमै पढ्न पठाए है सानु

बुढा भए बाबा ,बुढी भईन् घरकी आमा
सेवा सत्कारमा उनलाई सघाए है सानु

मनले सोचे सम्झे जस्तो राम्रो छैन प्रदेश
गाउँका ती यूवाहरूलाई बताए है सानु

श्रमको पसिना पोख्नु पर्छ आफ्नै धर्तीमा
दुःखी र गरीब सवैलाई सम्झाए है सानु

फर्कदैछु म पनि,मिलेर समाज बनाउला
शोषित पिडित सवैलाई जुटाए है सानु

पुरूष मात्र हैन जुट्नु पर्छ महिला पनी
सवै मिली एकताको हात बढाए है सानु

हाम्रो कर्मको हैन दोष,शासन नै यस्तै छ
कुशासन फेर्ने मुक्तिको गीत गाए है सानु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here