प्रथम हाँडिकोट महोत्सव सम्पन्न (फोटो फिचर)

0
76
बाग्लुङ । हाडीकोट सामुदायिक बिकास केन्द्र राङखानीले  प्रथम हाँडिकोट महोत्सव सम्पन्न गरेको छ । रमणीय हाँडिकोट डाँडामा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति बाग्लुङका प्रमुख राजेन्द्र ढुङगानाले महोत्सवको उद्घानन गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिम परिवारका संस्थापक अध्यक्ष जनगायक जीवन शर्माको विशिष्ट आतिथ्यता रहेको थियो । यसैगरी जनगायीका निलिमा पुन, दल बहादुर बि क, थुमराज ढुङगाना, हाँक साप्ताहिकाका सम्पादक नारायण शर्मा, बरेङ गाँउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, बरेङ गाँउपालिका उपाध्यक्ष दिल कुमारी पुन, त्रिभुवन बिश्व बिद्यालयका पूर्व सभापति भिम श्रीस, बरेङ गाँउपालिका वडा नं १ का अध्यक्ष नरसेङ पुन नेपाल पत्रकार महासंघ जिल्ला शाखा सदस्य तथा सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज बरेङका स्टेशन को—अर्डिनेटर प्रकाश छन्त्याल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै जिसस प्रमुख ढुङगानाले हाडीकोटलाई पर्यटकीय गन्तव्यको रुपमा अगाडी बढाउन हाँडिकोट सामुदायीक विकास केन्द्रले सुरुवात गरेको कामको प्रशंशा गर्दै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफ्नो निरन्तर साथ सहयोग रहने बताउनु भयो । साथै विशिष्ट अतिथि जनगायक जीवन शर्माले आफू जन्मे हुर्केको ठाउँ हाँडिकोटको काख रहेको स्मरण गर्दै यस क्षेत्रको विकासको निम्ति अगाडि बढिरेका स्थानिय कर्मशिल हातहरुसंग मेरा हात सँधै साथ रहने बताउनु भयो ।
कार्यक्रममा जनगायक शर्मा सहित रक्तिम परिवारका कलाकारहरुद्धारा गित तथा नाच सहितको विशेष सांगितिक प्रस्तुति रहेको थियो । साथै राङखानीका आमा समुहले पनि आफ्नो प्रस्तुती दिएका थिए ।
कार्यक्रम हाडीकोट सामुदायिक बिकास केन्द्रका अध्यक्ष नगेन्द्र श्रीसको अध्यक्षता ,यम पुनको स्वागत तथा श्री प्रसाद थापाको संचालन भएको कार्यक्रममा अतिथीहरुलाई मायाको चिनोले सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here