प्रथम आनन्द नगर सम्मेलन सम्पन्न

0
267
आनन्द, १ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत आनन्द नगर समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय समितिका सचिव प्रेम पौडेलले गर्नुभएको थियो ।
          पौडेलले क्षेत्रीय समिति अन्तर्गतका नगर सम्मेलन अभियान भव्य रुपमा सम्पन्न भएको बताउनु भयो । पौडेलले देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा समेत प्रष्ट्याउनु भएको थियो ।
            सम्मेलनले लक्ष्मण गौतमको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– राजु सोनी, सचिव– उपेन्दर बुढाथोकी, सहसचिव– नरेन्द्र राजपुत र कोषाध्यक्ष– भिम बहादुर थापा रहेका छन् । त्यस्तै सदस्यमाः सुरज सिंह राजपुत, तिलक सोनी, हिमान्स राजपुत, मुकुन्द शर्मा, भद्रकला शर्मा, श्याम क्षेत्री, वैकल्पिक सदस्यमाः सागर सोनी र बाल सिंह सोनी रहेका छन् । वैकल्पिक सदस्यमाः १ र सल्लाहकारमा ३ स्थान रिक्त राखिएको छ । नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष बेद बहादुर काकीले गर्नुभएको थियो ।
            कार्यक्रमको अध्यक्षता लक्ष्मण गौतमले र सञ्चालन उपेन्दर बुढाथोकीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पश्चत राजु सोनीले उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।
            केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, अहमदावाद नगर समितिका अध्यक्ष टेकबहादुर वर्मा, अहमदावाद नगर समितिका कोषाध्यक्ष चाम बहादुर घर्तिले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here