प्रतिलिटर २ रूपैयाँका दरले घट्याे पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

0
44

काठमाडौँ । नेपाल आयल निगमले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० बाट घटेर १०८ रुपैयाँ हुनेछ।  त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ।

भारतिय अाएल निगमले पठाएकाे पछिल्लाे नयाँ मूल्यसुची अनुसार मूल्य समायोजोन गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र जानकारी दिए। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने अहिले यथावत रहेको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here