माओवादी केन्द्रका नेता गोपाल किरातीले अध्यक्ष प्रचण्डले पार्टी छाडेको बताएका छन् पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सात बुंदे सहमति गरेपछि पार्टी छाडेर गएको बुझिने बताउँदै नेता किराँतीले भने–‘उहाँले पार्टी छाडेर जानु भयो, अब माओवादी केन्द्रलाई हामी नेतृत्व दिन्छौं ।’ उनले अब आफूहरु प्रचण्डको सामन्तवादबाट मुक्त भएको बताउँदै अब पार्टीलाई नयाँ सोंच र गतिमा अघि बढाउने दावी गरेका छन् ।
प्रचण्डले विलयको बाटो रोजेको आरोप लगाउँदै नेता किरातीले अब पार्टी पुनर्गठनको बाटो खुलेको पनि बताएका छन् । किरातीलाई नेकपा माओवादी केन्द्रले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यबाट हटाएको थियो । किरातीसँगै लोकेन्द्र विष्ट, आहुतीलाई कार्वाही गर्दै पार्टीबाट निष्कासन गरेको थियो ।