विषय प्रवेश
प्रगतिशील तथा वामपन्थी शक्तिहरुले आफ्नो राज्यसत्ता स्थापनाका लागि सङ्घर्ष गर्दै गर्दा प्रतिक्रियावादी संस्कार, संस्कृतिका विरुद्ध सङ्घर्ष गर्नु पर्ने हुन्छ । त्यसका लागि सर्वप्रथम त आफ्नो देशको संस्कृतिको चरित्रका बारेमा गहन छानबिन गर्नु पर्ने हुन्छ । त्यस अनुरूप संस्कृतिको क्षेत्रमा सङ्घर्षको दिशा निर्धारण सकिने छ ।
यो लेखमा नेपालका संस्कार, संस्कृतिको साङ्गोपाङ्गो छानबिन गर्नु सम्भव नहोला । त्यसका लागि बेग्लै प्रयासको आवश्यकता पर्ने छ । यहाँ संस्कार, संस्कृतिमध्ये पनि चाडपर्वको प्लट उठाएको छ । चाडपर्वमध्ये पनि नेपालमा धुमधामसित र स्वयं राज्यपक्षको समेत संलग्नता रहने दशैँ र तिहारलाई प्रतिनिधि चाडपर्वको रूपमा लिइएको छ ।
उपरी रूपमा हेर्दा दशैँ–तिहार मनाइने प्रचलनको चर्चा अनावश्यक लाग्न सक्ला । तर यी चाडपर्वको समाज शास्त्रीय छानबिन गर्दै जाने हो भने स्वयं हिन्दू धार्मिक परम्पराभित्र पनि युगगत भिन्नता देखा पर्नेछन् । खास गरी ऐतिहासिक भौतिकवादी युग अनुसार दासयुग र सामन्ती युगका संस्कृतिको प्रतिबिम्ब पत्ता लगाउन सकिने छ । त्यस्तै, स्वयं हिन्दू धार्मिक ग्रन्थ अनुसार पनि द्वापर र त्रेतायुगका बेग्ला बेग्लै प्रतिबिम्ब भेट्न सकिने छ । दक्षिणबाट हिन्दू धर्मको आक्रमण पूर्व नेपालको आफ्नै मौलिक संस्कार, संस्कृति विद्यमान रहेको समाज शास्त्रीय मान्यता छ । त्यस अनुसार हिन्दू धार्मिक आक्रमण पूर्व यहाँ प्रकृति पूजाजन्य संस्कार, संस्कृति हावी रहेको मान्न सकिन्छ । प्रकृति पूजाजन्य संस्कार, संस्कृतिको निरन्तरता अझैसम्म पनि विद्यमान रहेको छ ।
हिन्दू धर्मले सांस्कृतिक रूपमा भारतीय विस्तारवादी अस्त्रको काम गरी रहेको वास्तविकताबीच यस लेखमा प्रगतिशील सांस्कृतिक आन्दोलनको एउटा कार्यनीतिक सवालबारे विवेचना गर्नु आवश्यक कर्म नै मानिने छ ।
दृष्टिकोणको प्रश्न
चाडपर्वका पछाडि लामो परम्परा हुन्छ । तिनीहरु विभिन्न समयका विभिन्न गति तथा परिघटनालाई प्रतिबिम्बित गर्दै हालसम्म चली आएका छन् । त्यस क्रममा चाडपर्वमा कतिपय प्रतिबिम्ब समाप्त भएका छन्; कतिपय धमिलो भएका छन् भने कतिपय नयाँ प्रतिबिम्ब सामेल भएका छन् । चाडपर्वमा भएका यस खालका परिवर्तनलाई कसरी हेर्ने, बुझ्ने ? यो दृष्टिकोणको प्रश्न हो ।
चाडपर्वको आवरणमा ईश्वरजन्य रूप प्रशस्त देखिन्छन् । तर त्यो मात्र त्यसको सार पक्ष होइन भन्ने प्रष्ट छ । चाडपर्वको विश्लेषण गर्दै जाने हो भने त्यसका दुई वटा पक्ष प्रष्ट रूपमा अगाडि आउाछन् । ती हुन्– एक, उत्पादन सम्बन्धजन्य विशेषता (इतिहासमा त्यसमा युद्धजन्य विशेषता पनि जोडिएको पाइन्छ), अर्काे, ईश्वरजन्य विशेषता । यसै आधारमा दुई वटा दृष्टिकोण पनि प्रकट हुन्छन् । जसले चाडपर्वमा उत्पादन सम्बन्धजन्य विशेषताको खोजी गर्दछ, त्यो कार्य भौतिकवादी दृष्टिकोणको आधारमा गरिएको हुन्छ भने अर्कातिर, जसले चाडपर्वहरुलाई शास्त्रसम्मत ढङ्गले विवेचना गर्दछन्, उनीहरु आदर्शवादी हुन् । उनीहरुले आदर्शवादी दृष्टिकोणको आधारमा नै चाडपर्वलाई विश्लेषण गरेका हुन्छन् ।
प्रगतिशील वा प्रगतिवादी अनुसन्धानकर्ताहरुले चाडपर्वको विश्लेषण गर्दा भौतिकवादी दृष्टिकोणको आधारमा गर्दछन् । त्यसको अर्थ हो– चाडपर्व कुन उत्पादन सम्बन्धको समयमा जन्मिए ? प्रारम्भिक रूपमा ती चाडपर्वले ठोस रूपमा कुन समयको प्रतिनिधित्व गर्दछन् र हालसम्म आउँदा ती चाडपर्वमा उत्पादन सम्बन्धजन्य विशेषता बाँकी छन् कि छैनन् ? यदि छन् भने चाडपर्वका कुन संस्कार, संस्कृति र क्रियाकलाप त्यसमा अभिव्यक्त भएका छन् ? यी प्रश्नहरुको उत्तर खोज्नु । जब यी प्रश्नहरुको उत्तर भौतिकवादी दृष्टिकोणबाट खोजिन्छ, तब चाडपर्वको तफ्वविन्यास कार्य सम्पन्न हुन जान्छ । त्यतिखेर चाडपर्वका कुन संस्कार, संस्कृति उत्पादन सम्बन्धजन्य छन् र कुन ईश्वरजन्य भन्ने प्रश्नको उत्तर मिल्ने छ । त्यसपछि अहिले जसरी चाडपर्वलाई ईश्वरीय आवरणमा चुर्लुम्म डुबाइएको छ, त्यसको चिरफार हुने छ । त्यसका साथै संस्कार, संस्कृतिको प्रगतिशील रूपान्तरणको दिशामा कार्यनैतिक चरणको महत्त्वपूर्ण आधार पनि तयार हुने छ । त्यस कारण चाडपर्वका बारेमा खोज–अनुसन्धान वा छानबिन गर्दै गर्दा भौतिकवादी दृष्टिकोणका साथ प्रारम्भिक रूपमा, प्राकृतिक रूपमा र तत्कालको स्वाभाविक रूपमा चाडपर्वको सारतत्त्व उट्घाटन गर्न पनि सफलता मिल्ने छ ।
चाडपर्व मनाउने प्रचलित तरिका
विषयवस्तुको छानबिन सुरु गरौँ ‘सामान्य’ बाट अर्थात् हामी पहिले चाडपर्व कहाँ, कसरी मनाइन्छन् ? ती ‘सामान्य’ तथ्यबाट सुरुवात गरौँ । त्यस क्रममा हामीलाई महफ्वपूर्ण तथ्यहरु हात लाग्नेछन् ।
दशैँ, बडादशैँ, विजयादशमी
दशैँ, बडादशैँ, विजयादशमी शब्दावली जे प्रयोग गरिए पनि यो पूर्वी भूगोलमा मनाइने हिन्दू धर्मावलम्बीको चाडपर्व हो । मूलत: यो चाडपर्व पूर्वी भूगोलका भारत, नेपाल, पाकिस्तान, बङ्गलादेश, म्यान्मार, श्रीलङ्का, भुटानमा धुमधामसित मनाइन्छ भने विश्वभरिका हिन्दू धर्मावलम्बीहरुले यसलाई मनाउने गर्दछन् । त्यसमध्ये भारत वास्तवमै हिन्दूस्थान हो भने नेपाल भारतको हिन्दू धार्मिक प्रभाव क्षेत्र हो । नेपालको तात्कालिक वास्तविकता यही हो । यी क्षेत्रलाई हिन्दूस्थान भनिए पनि यस क्षेत्रमा दशैँ भारतकै तरिकाले मनाइदैन । स्थान विशेष अनुसार दशैँ मनाउने बेग्ला बेग्लै प्रचलन विश्वभरि प्रचलित छन् । त्यही स्थिति नेपालको पनि छ ।
नेपालमा दशैँ मनाउने परम्परा मूलत: दुई प्रकारका छन् । एकथरिले हिन्दू धर्मशास्त्रसम्मत ढङ्गले दशैँ मनाउाछन् । जस्तै– यस मतका मुख्यत: पक्षधरले दशैँलाई रामको रावणमाथिको विजयसित जोड्छन्, यद्यपि यो पनि हिन्दू धार्मिक प्रचलन नै हो । रावणको बुख्यााचा दहन गरी सम्पन्न गरिने यस्तो परम्परा दक्षिणी भूभागमा बढी प्रचलित छ । पहाडतर्फ यस्तो प्रचलन अझैसम्म पनि त्यति व्यापक बनी सकेको छैन । अर्काथरिले दशैँलाई दुर्गा भगवतिले महिषासुर राक्षसको वध गरेको किंवदन्तीसित जोड्छन् । खास गरी यस्तो मान्यताका साथ पहाडतिर दशैँ मनाइछ । पहिलो मान्यतामा रामकालीन प्रतिबिम्ब भेट्याउन सकिन्छ । पछिल्लो समयमा यस मतका पक्षधरमाझ वली प्रथामाथि रोक लगाउन थालिएको अवस्था छ । दोस्रो प्रचलनमा पनि सुर–असुर युद्धको किंवदन्तीले प्रवेश पाएको छ । तर यहाँ वली प्रथाले प्रवेश पाएको छ । दशैँको सामान्य विश्लेषण गर्दा नेपालमा वली प्रथाले व्यापकता पाएको देख्न सकिन्छ । भारतमा भने वली प्रथालाई नियन्त्रण र अन्तत: त्यसलाई समाप्त पार्न खोजिएको छ । यथार्थमा दशैँ सम्बन्धी यी दुई प्रचलन हिन्दू धार्मिक युगको अन्तरको नै प्रतिबिम्ब हो ।
तिहारको प्रसङ्ग
तिहारको इतिहासका बारेमा पनि यस्तै खालका मतभिन्नता पाउन सकिन्छ । एकथरिले रामको रावणमाथि विजय गरेपछि हर्षाेल्लासस्वरूप दिपावली मनाइएको र त्यही रूपमा तिहारको प्रचलन सुरु भएको भन्ने मत प्रकट गरेको पाइन्छ । अर्काथरिले भने तिहारलाई नेपालका भुरेटाकुरे राजाहरुको विजय वा उनीहरुको जिउधनको रक्षाको प्रसङ्गसित समेत जोडिएको पाइन्छ । तर यी दुवै पक्षका बीचमा भाइटिका सम्बन्धी संस्कारबारे भने त्यति विरोधी धारणा पाउन सकिन्न । तर भाइटीका कसरी सुरु भयो भन्नेबारेमा भने नेपालमा आफ्नै प्रकारका किंवदन्तीहरु प्रचलित छन् । त्यसै गरी तिहारको सन्दर्भमा खेलिने भैलो र देउसिरेका बारेमा पनि नेपालमा बेग्लै किंवदन्ती प्रचलित छन् ।
तिहार अन्तर्गतका पाँच दिनको सम्बन्ध यमराजले आफ्नी बहिनी यमुनाकहाँ बसेकोसित जोडिएको छ । भैलोका बारेमा नेपालको जनजातिहरुमा आफ्ना गणराजाको आयु लम्बिएको किंवदन्तीसित जोड्ने गरेको पाइन्छ । कालले मृत्युको भविष्यवाणी गरेको, तर मृत्यु नभएपछि ‘थाइलो’ शब्द प्रयोग गरी खुशी मनाएको, कालान्तरमा ‘थाइलो’ शब्द अप्रभंश भएर ‘भैलो’ भएको उनीहरुमाझ किंवदन्ती छ । त्यस्तै, अयोध्यामा तत्कालीन राजा श्रीरामको विजयपछिको आगमनबाट खुशी भएर जनताले दिपावलीको रातमा ‘देव श्री राम’ (राम हाम्रा देउता हन्) भन्दै हिडेको किंवदन्ती प्रचलित छ । कालान्तरमा ‘देव श्री राम’ बाट ‘देउसिरी राम’ हुँदै अन्तत: ‘देउसिरे’ वा ‘देउसी’ भएको बताइन्छ ।
भारतमा दशैँका विभिन्न रूप
मूलत: हिन्दू धर्मावलम्बीभित्र पनि दशैँ–तिहार मनाउने प्रचलनमा प्रशस्त विभिन्नता पाइन्छ । केही प्रतिनिधि उदाहरणहरु यहाँ प्रस्तुत गरौा ।
– भारतको पंजाबमा दशैँको नौ दिनसम्म उपवास राखिन्छ ।
– बस्तरमा दशैँको पछाडि रामको रावणमाथिको विजयलाई श्रोत–सन्दर्भ मानिदैन । त्यहाँ दन्त्यश्वरी माताप्रतिको समर्थनका रूपमा दशैँलाई लिइन्छ । दन्त्येश्वरी मातालाई बस्तर अञ्चलको आराध्य देव मान्दै दशैँलाई दुर्गा माताको पर्वको रूपमा मनाइन्छ । त्यहाँ यो पर्व लगातार ७५ दिनसम्म मनाइन्छ ।
– पश्चिम बङ्गालमा दशैँ पाँच दिनसम्म मनाइन्छ । दशमीका दिन विशेष पूजा गरी प्रसाद वितरण गरिन्छ । त्यति बेला पुरुषहरु आपसमा आलिङ्गन गर्दछन् । त्यसलाई कोलाकुली भनिन्छ । महिलाहरुले पनि देवीलाई सिन्दुर चढाउँदै आँशुु झार्दै बिदाइ दिन्छन् । उनीहरु आपसमा पनि सिन्दुर लगाउाछन् र सिन्दुर जात्रा गर्छन् । त्यति बेला नीलकण्ठ पङ्क्षीको दर्शन गर्नुलाई शुभ मानिन्छ ।
– तमिलनाडु, आन्ध्र प्रदश एवं कर्नाटकमा नौ दिनसम्म दशैँ मनाइन्छ । त्यस क्रममा त्यहाँ लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । मैसुरमा मैसुर महललाई झिलिमिली बत्तीहरुले सजाइन्छ । त्यहाँ मानिसहरु टर्चलाइट बाल्दै रातभरि नाचगान गर्दछन् । तर यी प्रदेशहरुमा रावण दहन गरिदैन । ती प्रदेशहरु द्रविड मूलको भएकाले रावण दहन नगरेको मान्न सकिन्छ ।
– गुजरातमा दशैँको अवसरमा गरबा नृत्य प्रशिद्ध छ । त्यसले गर्दा यो पर्व त्यहाँ सङ्गीतमय बन्न पुग्दछ ।
– महाराष्ट्रमा दशैँको अवसरमा सिलंगण नामक महोत्सवको आयोजना गरिन्छ । उक्त पर्वमा साँझतिर सबै मानिसहरु नयाँ कपडा लगाएर गाउँको सिमाना पार गर्दै शमीको पात लिएर आफ्नो गाउँ फर्किन्छन् । ती पातलाई सुन मानेर गाउँलेहरु आपसमा ती पातहरु आदानप्रदान गर्दछन् ।
– कश्मीरमा नौ दिनसम्म उपवास गरिन्छ । त्यस क्रममा उनीहरु माता खिर भवानीको पूजा गर्दछन् । त्यो मन्दिर तालको बीच भागमा बनेको छ । भनिन्छ, देवीले भक्तहरुसित भनेकी थिइन्– जब कुनै अनर्थको सम्भावना हुन्छ, तालको पानी कालो हुने छ । विश्वास गरिन्छ– इन्दिरा गान्धीको हत्याको ठिक एक दिन अघि र भारत–पाकिस्तान युद्ध अघि तालको पानी कालो भएको थियो ।
तिहार मनाउने विभिन्न रूप
दशैँ जस्तै तिहार मनाउने सवालमा पनि विविधता पाउन सकिन्छ । तिहार शब्द हिन्दी शब्द ‘त्यौहार’ को अप्रभंशबाट बनेको मानिन्छ । तिहारको एउटा अङ्गको रूपमा रहेको दिपावलीलाई हिन्दू धर्मावलम्बीले विजयोल्लासको रूपमा लिएको पाइन्छ । तिहारका बारेमा एकातिर, रामको अयोध्या प्रवेशको अवसरमा विजयोल्लास र अर्कातिर, सूर्यका छोरा भनिएका यमराजी बहिनी यमुनाको निमन्त्रणामा उनको घरमा पाँच दिन बिताइएको प्रसङ्गबारे माथि नै उल्लेख गरी सकिएको छ । तर पूर्वी भूगोलमा यो पर्वले उत्पादन सम्बन्धजन्य प्रतिबिम्बलाई पृष्ठभूमिमा त पार्दछ नै, त्यसका साथै यसले हिन्दू धर्मको सीमा समेत पार गर्दछ । त्यसका साथै स्वयं हिन्दू धर्मसम्मत समयका बारेमा पनि तिहारले अतिक्रमण गर्दछ अर्थात् दिपावली भिन्न भिन्न समयको बेग्ला बेग्लै प्रतिबिम्बका रूपमा हाम्रा अगाडि देखा पर्दछ । यी केही उदाहरणहरुमाथि विचार गरौँ ।
– हिरण्यकश्यपुको वध यसै दिन विष्णु भगवानद्वारा गरिएको मानिन्छ ।
– यसै दिन समुद्र मन्थनपछि लक्ष्मी र धनवन्तरि प्रकट भएको विश्वास गरिन्छ ।
– जैन धर्मावलम्बी मत अनुसार यस्तै दिन चौबिसौँ महावीर तीर्थकरको मृत्यु भएको थियो ।
– यसै दिन नेपालमा नेपाल सम्वत् सुरु हुन्छ ।
– मुगल वंशका अन्तिम सम्राट बहादुर शाह जफर दिपावली मनाउाथे । दिपावलीका कार्यक्रममा उनी नियमित भाग लिन्थे ।
– शाह आलम द्वितीयको समयमा शाही महललाई तिहारको अवसरमा सजाइन्थ्यो । लालकिल्लामा आयोजित तिहारको कार्यक्रममा हिन्दू–मुसलमान दूवै धर्मावलम्बी भाग लिन्थे ।
– पंजाबमा जन्मिएका स्वामी रामातीर्थको जन्म र मृत्यु यसै दिन भएको थियो ।
– महर्षि दयानन्दको यसै दिन राजस्थान (भारत) को अजमेरमा निधन भएको थियो ।
– दीन–ए–इलाहीका प्रवर्तक मानिएका सम्राट अकवरको शासन कालमा राजकोष भन्डार अगाडि ४० गज अग्लो बाँसको एउटा आकासद्वीप तिहारकै दिन लगाइन्थ्यो । (यहाँनेर स्मरणीय छ, यस्तै खालको आकाशद्वीपको प्रचलन नेपालका नेवारहरुमा पनि छ)
– वादशाह जहाङ्गिर पनि धुमधामका साथ तिहार मनाउथे ।
त्यसो त दिपावलीकै दिन अन्य महफ्वपूर्ण दिवस पर्नु नयाँ विषय होइन । तर तिहारको दिन हिन्दू धर्मभन्दा बाहिरबाट पनि महत्त्वपूर्ण दिवस पर्दा यो चाड बेग्लै प्रकारको अथवा सम्मिलित चरित्रयुक्त बन्न जान्छ । यसरी यो चाड हिन्दूका साथै अन्य धर्म र सम्प्रदायको पनि पर्व बन्न पुग्दछ । नेपालमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन पर्नु, नेवारहरुको आकाशेबत्ति यसै पर्वमा राखिनु, साना साना राजाहरुका कैयौा महत्त्वपूर्ण दिवसहरु यही दिन पर्नुले तिहारलाई नेपालमा पनि समावेशी बनाएकै छन् ।
नेपालमा दशैँ–तिहार
एक पटक फेरि नेपालमा मनाइने दशैँ–तिहारका केही विशेषताबारे चर्चा गरौ ।
तराई–मधेश र पहाडमा बेग्ला बेग्लै प्रकारका दशैँ मनाउने प्रचलनहरु प्रचलित छन् । एक छिनका लागि तराई–मधेशको प्रसङ्गलाई स्थगित गरौ ।
पहाडमा जुन मङ्गोल मूलका जातिहरुको बसोबास थियो, दक्षिणबाट हिन्दू धर्मको प्रभावपूर्व कुन खालको संस्कार, संस्कृति थियो ? त्यसबारे हामीसाग त्यति धेरै तथ्यहरु छैनन् । त्यसै गरी, पश्चिमबाट नेपाल प्रवेश गरेका खस–आर्यहरुमा दक्षिणको हिन्दू धार्मिक प्रभाव पूर्व कस्ता संस्कार, संस्कृति थिए ? त्यसबारे पनि हामीलाई त्यति धेरै जानकारी छैन । तर एउटा तथ्य सत्य हो– दक्षिणबाट हिन्दू धर्मको प्रभाव पर्नु अघि नेपालमा शास्त्रसम्मत संस्कार, संस्कृतिको प्रभाव अत्यन्त कमजोर थियो । त्यसको स्थानमा नेपालमा कविला प्रकृतिको, प्राकृतिक, प्रकृति पूजाजन्य संस्कार, संस्कृति विद्यमान थियो । जब दक्षिणबाट हिन्दू धार्मिक शास्त्रसम्मत संस्कार, संस्कृति नेपालतर्फ फैलियो, त्यति बेला यहाँ सामन्ती सामाजिक अवस्था थियो । शासक वर्गले दक्षिणका हिन्दू र मुश्लिम राजाहरुसित सम्बन्ध बढाएका थिए । सोही क्रममा शासकहरुले हिन्दू संस्कार, संस्कृति अपनाएर त्यसलाई जनस्तरमा लागु गर्न थालेका थिए । तर जनताले परम्परागत रूपमा मान्दै आएका कविलाजन्य संस्कार, संस्कृतिलाई पनि छोड्न सकेका थिएनन् । फलस्वरूप नेपालका दशैँ–तिहार लगायत चाडपर्वमा प्रकृति पूजाजन्य अवशेषहरु कायमै रहे र त्यसको अवशेष अहिलेसम्म पनि कायमै छन् ।
दशैँ–तिहारमा शस्त्रपूजा, पशु सम्मान र स्वयं मनुष्यप्रतिको सम्मान (नेवारहरुको म्यह:पूजा) सित सम्बन्धित जुन संस्कार, संस्कृति हालसम्म विद्यमान छन्, ती कविलाजन्य संस्कार, संस्कृतिकै अवशेष हुन् । वली प्रथालाई प्रकृति पूजाको अभिन्न अङ्ग मान्न सकिन्छ (यद्यपि ऋग्वेद कालसम्म हिन्दू धर्ममा पनि प्रकृति पूजाको प्रशस्त प्रभाव भएको देख्न सकिन्छ), जसलाई पछि हिन्दू धर्मशास्त्रले शास्त्रसम्मत रूप दिदै हटाएको देखिन्छ । दशैँको सन्दर्भमा आठौा दिनमा गरिने वली, पहाडमा त्यसका लागि कोतघरको अस्तित्वलाई शस्त्रपूजा वा प्रकृति पूजाकै अङ्ग मान्न सकिन्छ । दैनिक जीवनमा आई पर्ने विभिन्न समस्याप्रति समाधानको अपेक्षा राखेर कसैको पूजा गर्नु प्रकृति पूजा हो । यहाँ जसको पूजा गरिन्छ, त्यसलाई देवताको रूप दिइन्छ । यहाँ उल्लेखनीय तथ्य यो छ– कविलाहरुले जसलाई देवता मान्छन्, तिनीहरु कुनै अलौकिक वा शास्त्रसम्मत वस्तु नभएर भौतिक वस्तु नै हुन्छन् । यहाँसम्म कि स्वयं मनुष्यको शरीरलाई पनि देवता मानी पूजा गरिन्छ, जस्तै– म्यह:पूजा । पिछडिएको उत्पादन सम्बन्ध भएका स्थानमा अहिलेसम्म ठुला ठुला ढुङ्गा, रुख, पहाड, झरना आदिलाई पनि देवताको रूपमा पुज्ने प्रचलन कायमै छ । दशैँको सन्दर्भमा पहाडमा कोतघरमा दिइने वलीलाई त्यही रूपमा लिन सकिन्छ । त्यस्तै, दशैँका बेला जमराको प्रयोगलाई अन्नप्रतिको लगावलाई र हतियारको पूजालाई शस्त्रपूजा तथा प्रकृति पूजा मान्न सकिन्छ । तिहारमा काग, कुकुर, गाई/गोरु जस्ता पशुपङ्क्षीहरुको पूजालाई पनि प्रकृति पूजा नै मान्न सकिन्छ । त्यसै गरी नेपाल (र, भारतका पनि) का विभिन्न जातिहरुमा पशुपङ्क्षी पूजाको रूपमा प्रकृति पूजाका विभिन्न रूपहरु देख्न सकिन्छ ।
चाडपर्वको भौतिकवादी सन्दर्भ
माथि उदाहरणका रूपमा दशैँ–तिहारको र त्यसलाई मनाइने विविधताका बारेमा जुन चर्चा गरियो, त्यसका आधारमा यी चाडपर्वका पछाडि यी निम्न लिखित सन्दर्भहरुलाई जोड्न सकिन्छ । ती हुन्– १. कृषि या पशुपालन युगको अवशेष, २. युद्ध तयारीको प्रतिबिम्ब, ३. हिन्दू धार्मिक विविध मिथक, ४. प्रकृति पूजाको अवशेष ।
१. कृषि या पशुपालन युगको अवशेष
पहिले दशैँ चैत्रमा मनाइन्थ्यो, पछि त्यसलाई वर्षा ऋतुपछि सारियो । चैत्र महिना गहुा र चैतेधान स्याहार्ने, तर हरियाली कम हुने महिना थियो । पूर्वी विश्व भूगोलमा, खासगरी सिन्धु नदी वरिपरि अझैसम्म पनि गहुा र धान महत्त्वपूर्ण बाली मानिन्छ । मकै युरोपबाट अझै यस भूगोलमा भित्री सकेको थिएन । वर्षा ऋतु समाप्त भएको र खेतैभरि धानका बाला झुलेको र कतैकतै धान पाकी सकेको अवस्थामा यो पर्व राखियो । यस बेला किसानहरुका लागि खुशीको समय थियो ।
त्यसै गरी प्राचीन कालमा खेतीपातीको काम सामूहिक रूपमा गरिन्थ्यो । एउटा निश्चित भूगोलका मानिसहरु बेग्ला बेग्लै स्वामित्व भए पनि सबैका बालीनाली सागै स्याहार्थे । त्यस क्रममा उनीहरु सागै काम गर्दथे, सागै खर्च र मनोरञ्जन पनि गर्दथे । सामूहिक कृषि क्रियाकलापको यो खुशीयाली परिघटना अन्तत: दशैँ वा तिहारको रूपमा विस्तार वा निरन्तरता पाएको मान्नका लागि पर्याप्त आधारहरु छन् ।
२. युद्ध तयारीको प्रतिबिम्ब
तत्कालीन समाज कबिला प्रकृतिको थियो । त्यति बेला प्रत्येक कबिलाको अर्को कुनै न कुनै कबिलासित युद्ध भई रहन्थ्यो । युद्धका लागि वर्षा ऋतुपछि या खेतीपाती स्याहारेपछि नै तयारी गर्न सकिन्थ्यो । त्यसरी मूलत: त्यति बेला युद्ध हिउँद याममा नै हुने गर्दथ्यो ।
दशैँ र तिहारका बेलामा जुन शस्त्र र पशुको पूजा गरिन्छ, त्यसको सम्बन्ध युद्धको तयारीसित भएको मान्नमा कठिनाइ छैन । पहाडका कोतघर युद्धका हतियार राख्ने स्थल हुन् । त्यहाँ दशैँमा हुने वली तिनै हतियारहरुको पूजा हो । दशैँका बेला ती हतियारहरु सफा गरिन्छ, धार लगाइन्छ । यही बेला निराजन र लोहाभिसार जस्ता युद्धका लागि घोडालाई तयार पार्ने संस्कार पनि जोडिएका छन् । त्यति बेला पशुपङ्क्षीको प्रयोग कृषि र युद्धका लागि गरिन्थ्यो । त्यसैले दशैँ–तिहारमा शस्त्रका साथै पशुपङ्क्षीको पनि पूजा गर्ने चलन सुरु भएको हुनु पर्दछ । यही कारणले गर्दा घोडा, गोरु/गाई, काग, कुकुर जस्ता पशुपङ्क्षीको पूजा सुरु गरिएको हुनु पर्दछ । समय बित्दै जाादा अर्थात् सामन्तवादको पतनसागै घोडाको प्रचलन कम भएर गयो । सामन्ती युगमा जिम्मेवाल, मुखिया जस्ता सम्भ्रान्त तप्कासम्म घोडाको सवारी सामान्य आवश्यकता मानिन्थ्यो । पछि एकातिर, घोडा आर्थिक रूपमा खर्चिलो भएपछि र अर्कातिर, मोटरबाटो खुलेपछि घोडाको उपयोगिता कम भएर गयो । त्यसका साथै दशैँको अवसरमा निराजन र लोहाभिसार जस्ता कर्महरु दुर्लभ मानिन थालेका छन् ।
दशैँ–तिहार जस्ता पर्वमा शस्त्र र पशुपङ्क्षीको पूजा गरिएपछि र दशैँ र तिहारबीचको एक महिना हर्षोल्लासका साथ व्यतित गरेपछि समाजका युवा तप्का युद्धका लागि तम्तयार रहेको मानिन्थ्यो । आवश्यकता अनुसार युद्धको आह्वान भएपछि युद्ध सरदारको निर्देशनमा पुरै कबिला युद्धमा होमिन्थ्यो । यी सबैको अवशेष वा प्रतिबिम्ब अझैसम्म पनि कायम छ । दशैँ–तिहारमा त्यसको प्रतिबिम्ब पाउन सकिन्छ ।
३. हिन्दू धार्मिक विविध मिथक
सामन्ती कालमा धर्मको विस्तार तीव्र थियो । तर त्यस क्रममा धर्मको शास्त्रसम्मत रूप पनि धमिलो हुादै गयो । उदाहरणका लागि हिन्दू धर्मकै प्रसङ्ग लिऊा । यस धर्मको विस्तारको क्रममा विभिन्न पन्थ वा सम्प्रदायहरुको विकास भयो । कुनै एक खास ऋषिमुनिको पहलमा धर्मको एक हाँगा समातेर वा कुनै एकाध मतप्रति विमति राखेर यस खालका पन्थ, सम्प्रदाय बने । यिनै सम्प्रदाय वा पन्थले पनि दशैँ–तिहारको परम्परामा केही फेरबदल गरे । फलस्वरूपमा एउटै चाडपर्वको सन्दर्भमा पनि भिन्न भिन्न मिथकहरु जोडिएको हामी पाउन सक्छौ । जस्तै– दशैँका बारेमा हिन्दू धर्मावलम्बीमाझ मूलत: दुई भिन्न मिथक पाइन्छन् ।
एकथरिले भगवान रामको लङ्का विजयको रूपमा दशैँलाई लिन्छन् । जसले यस मतलाई स्वीकार गर्दछन्, उनीहरुले रावणको बुख्यााचा दहन गर्दछन् । दशैँको अवसरमा रामलीला आयोजन गर्दछन् । उनीहरुले रामले घटस्थापनादेखि दशमीसम्मको नवौा दिनसम्म उपवास बसेर दशौा दिनमा रावणमाथि विजय गरेको विश्वास गर्दछन् । त्यस कारण यो दश दिनको अवधिमा उनीहरु वली दिदैनन् । तर यस मतमा कति सत्यता छ ? त्यो छलफलको विषय हो । यदि रावणको लङ्का वर्तमान श्रीलङ्का नै हो भने अयोध्याबाट उपवासको अवधिमा नौ दिनको यात्रा गरी, त्यस क्रममा समुद्री सीमा पार गरी श्रीलङ्कासम्म पुग्न कति सम्भव छ ? यसबारेमा छलफल गर्न सकिन्छ । जे होस्, रामको नौ दिनसम्मको उपवास र दशौा दिन रावणमाथि विजयको मान्यता राख्दै नेपालको दक्षिण भागमा, भारतको उत्तर, पश्चिम तथा मध्य–पश्चिम भारतमा दशैँलाई “दशहरा” को रूपमा मनाइन्छ । यस मान्यतायुक्त दशैँको मुख्य विशेषता वलीको अस्वीकृति, रावण दहन तथा रामलीला हो ।
अर्को मत भगवति र महिषासुर राक्षसको युद्धसित सम्बन्धित छ । हिन्दू मिथक अनुसार स्वर्गका राजा ईन्द्र र राक्षस वीर महिषासुरको बीचमा चलेको युद्धमा ईन्द्र र देवताहरुको हार भयो । महिषासुरले पुरुषको हातबाट नमर्ने वरदान पाएका थिए । त्यसैले उनीहरुले सर्वशक्तिमान माता भगवतिको सृजना गरे । तिनै भगवतिको हातबाट महिषासुर राक्षसको वध गरियो । यसै खुशीमा नौ दिनसम्म पूजा गर्ने, त्यस क्रममा भवगति मातालाई खुशी पार्न वली दिने र भगवतिको प्रसादको रूपमा टीका लगाउने गरियो ।
त्यसैगरी, तिहारको प्रसङ्गमा अन्य विभिन्न किंवदन्तीहरु पनि पाइन्छन् । भगवान श्रीरामले अयोध्या आउँदा विजयोत्सवस्वरूप द्वीप प्रज्ज्वलनको कथा खास गरी भारतमा प्रचलित छ । उनीहरुले पशुपङ्क्षी सम्मानका कर्मप्रति त्यति रुचि देखाउँदैनन् । उता, तिहारको सवालमा सूर्यपुत्र यमराजको प्रसङ्ग छ । यमराजले बहिनी यमुनाको निमन्त्रण स्वीकार गरी पाँच दिनसम्म बसेको र यमुनाकै आग्रहमा प्रत्येक वर्ष सोही दिन बहिनीको हातबाट टीका लगाउने वाचा गरेको किंवदन्ती पनि छ ।
त्यस्तै, नेपाल र भारतका पहाडी क्षेत्रमा वली राजाको प्रसङ्ग छ । वली राजा पृथ्वीको सबैभन्दा दानी राजा मानिन्थे । वलीको दानबाट स्वर्गलोक हल्लिन थाल्यो । त्यसपछि भगवान विष्णु होचोपुड्को मानिसको रूप लिएर वली राजाकहाँ पुगे । त्यहाँ पुगेर वली राजासित उनले तीन पाइला जमिन मागे । वली राजाले जमिन दिने स्वीकृतिका साथै उक्त होचोपुड्को मानिसको रूप विराट भयो । उसको पहिलो पाइलाले सम्पूर्ण पुरै पृथ्वी ढाकियो भने दोस्रो पाइलाले आकाश । तेस्रो पाइलाको स्थानमा वली राजाले आफ्नै थाप्लो (निधार) अगाडि सारी दिए । होचोपुड्को मानिसरूपी विष्णुको तेस्रो पाइलाले वली राजा भासिएर पातालमा पुगे । त्यति बेला वली राजाले विष्णुसित अनुरोध गरे– उनलाई वर्षमा एक पटक पृथ्वीमा घुम्ने अवसर दिइयोस् । विष्णुले वली राजाको अनुरोध स्वीकार गरे । त्यसपछि प्रत्येक वर्षको तिहारमा वली राजा पृथ्वी घुम्न आउाछन् भनेर उनको स्वागतमा बत्ति बाल्न थालियो । यस मौकामा एउटा टोली वली राजा आफू आउन नभ्याएकाले आफूलाई पठाएको भन्दै ‘वली गीत’ गाउन थाले । पछि त्यही ‘वली गीत’ ‘बली गीत’ हुादै भैलो बन्न पुग्यो । आज पनि भैलो खेल्नेहरु भट्याउँदा वली राजाको प्रसङ्ग उठाउाछन् नै ।
यस्तै खालको किंवदन्ती गोबद्र्धन पूजासित पनि जोडिएको छ । किंवदन्ती अनुसार गोकुल नजिकैका गोपालहरुले भगवान ईन्द्रको पूजा गर्दथे । एक दिन श्रीकृष्णले बिनासित्ति ईन्द्रको पूजा गर्नुभन्दा खनिज, घास–दाउरा, पानी आदि दिने गोबद्र्धन पर्वतको पूजा गर्न उचित हुने बताउाछन् । त्यसपछि गोपालहरुले गोबद्र्धन पर्वतको पूजा गर्न थाल्दछन् । यो घटनाबाट रिसाएका ईन्द्रले तत्कालै घनघोर वर्षा गराई दिन्छन् । यसरी घनघोर पानी र असिना परेर अत्तालिएका गोपालहरुलाई श्रीकृष्णले त्यही गोबद्र्धन पर्वतलाई उठाएर सुरक्षा दिन्छन् । त्यसपछि आफ्नो गल्तीका लागि श्रीकृष्ण समक्ष ईन्द्रले माफी माग्दछन् । त्यसपछि गोबद्र्धन पूजा गर्न सुरु गरियो ।
तर ‘गोबद्र्धन’ शब्दले पशु (गोरु) तर्फ पनि इङ्गित गर्दछ । त्यस कारण यो विशुद्ध पर्वतको भन्दा पनि पशुको पूजा पनि हो कि भनी तर्क गर्ने ठाउा भने छादै छ ।
४. प्रकृति पूजाको अवशेष
दशैँ–तिहारको उद्भवका पछाडि जुन खालका किंवदन्तीहरु यतिखेरसम्म पनि चलाइएका छन्, त्यसलाई आधार मान्दा यी चाडपर्वको सुरुवात प्रकृति पूजाकै कारण भएको मान्न सकिन्छ । ईन्द्र कृषि युगका देवता मानिन्छन् भने श्रीकृष्ण पशुपालन युगका । यी चाडपर्वमा ईन्द्र र श्रीकृष्णको प्रसङ्ग आएको छ । राम सामन्ती युगका लोकप्रिय राजा मानिन्छन् । उनको युग पनि कृषि या पशुपालनभन्दा पछिको मान्न सकिन्छ । तर राम उनी कबिलाकै प्रमुख थिए । यस आधारमा दशैँ–तिहारमा कृषि र पशुपालन युगका प्रशस्त प्रतिबिम्बहरु फैलिएका छन् । जुन वस्तु वा परिघटनाले तत्कालीन मानव जातिको भलाइ गर्दथ्यो, त्यसप्रति नतमस्तक हुने वा त्यसलाई देवता मानी पूजा गर्नु मानवको सामान्य स्वभाव नै हो । यो प्रवृत्ति एक वा अर्को प्रकारले अहिलेसम्म पनि चली आएको छ ।
कृषिका लागि सघाउने पशु, जमिन जोत्न प्रयोग हुने हलोलाई त्यतिखेर पूजा गरिन्थ्यो । गाईगोरु, घोडा, काग, कुकुर कृषिका लागि मात्र होइन, युद्धका लागि पनि त्यत्तिकै काम लाग्दथे । त्यस क्रममा हतियार पूजा गर्ने प्रचलन पनि सागसागै चलेको थियो । त्यसैले दशैँ–तिहारमा कृषि र युद्धजन्य सामग्रीको पूजामा प्रशस्त ध्यान दिएको पाइन्छ । आजभोलि युद्ध कहिलेकाहीा, कुनै खास ठाउामा, कुनै खास स्वार्थमा र कुनै खास निकायद्वारा मात्र लडिने भएकाले युद्ध सम्बन्धी प्रकृति पूजामा धेरै नै कमी आएको छ । जुन ठाउामा कृषिको पुँजीवादी विकास भएको छ, ती ठाउामा पनि कृषि सम्बन्धी प्रकृति पूजा कमै हुन्छन् । तर जुन ठाउामा अझै पनि कृषि तथा पशुपालन पेसा पिछडिएको छ, त्यहाँ अझै पनि प्रकृति पूजाको अस्तित्व छ नै । नेपाल जस्तो कृषि तथा पशुपालन क्षेत्र पिछडिएको अवस्थाान रहेको देशमा त प्रकृति पूजामा जाति, कुल, निश्चित भौगोलिक क्षेत्रैपिच्छे व्यापक विभिन्नताहरु पाइने नै भयो ।
ती विभिन्नतामध्ये हिन्दू धार्मिक संस्कारबाट रङ्गिन बनेको चाडपर्व दशैँ–तिहार हो । नेपालमा अन्य चाडपर्वभन्दा दशैँ–तिहारमा धुमधाम गरिनुका पछाडि यिनै पृष्ठभूमिले काम गरेका छन् । यी चाडपर्वलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय रूप दिन नेपाल–भारतका हिन्दू मनोवृत्तियुक्त शासकको महत्त्वपूर्ण भूमिका त छ नै । ( विजयोत्सव, शक्ति र सौर्यको प्रदर्शन
दशैँ–तिहार लगायतका चाडपर्वहरु कुनै एक युगका पर्व होइनन् । त्यसमा विभिन्न युगका प्रतिबिम्बहरु छन् । मूलत: त्यसमा कृषि, पशुपालन र युद्धजन्य प्रतिबिम्ब भरिपूर्ण छ । सामन्ती युगभन्दा पूर्व युद्ध नियमित कर्म थियो । युद्धकै माझबाट मानव समाज अगाडि बढेको थियो । युद्धका लागि कृषि र पशुपालन अनिवार्य थियो । युद्धका बेला योद्धा बाहेक अरू सदस्य कृषि तथा पशुपालनमा लाग्दथे । बााकी समयमा सम्पूर्ण परिवार कृषि तथा पशुपालनमा लाग्दथे । हिन्दू धर्मशास्त्रीय मान्यता अनुसार द्वापर र त्रेत्रा युगका युद्ध र कृषिजन्य प्रतिबिम्ब दशौ–तिहारमा पाउन सकिन्छ । वास्तविक हिन्दू सभ्यताको उद्गम स्थल सिन्धु उपत्यकाबाट हिन्दू धर्मको प्रचार बाहिरिदै गर्दा क्षेत्र र जाति विशेषका संस्कार, संस्कृतिका कतिपय प्रचलन यी चाडपर्वमा समावेश हुादै गए । त्यस क्रममा एउटै पर्वसित बेग्ला बेग्लै प्रचलनहरु जोडिदै गए । त्यही कारणले हुन सक्छ– एउटै पर्वका लागि पनि स्वयं हिन्दू समाजमा बेग्ला बेग्लै किंवदन्ती वा मिथकहरु प्रचलनमा छन् ।
कृषि र पशुपालनका साथै दशैँ युद्धसित सम्बन्धित पर्व बन्न पुग्दछ । दशौका बेला लोहाभिसार र निराजन जस्ता पर्वको प्रतिबिम्ब, कोतघरमा हतियार पूजा, नेपालमा सेनाद्वारा दशौको अवसरमा विशेष उत्सव, दशौमा टीका लगाउने प्रचलन, तिहारमा दिपावली, दशौमा वली प्रथा र मासुको भोजन—यी सबै युद्धमा विजयोल्लासकै अभिव्यक्ति हुन् । चाहे त्यो रामको रावण विजय होस् वा भगवतिको महिषासुर विजय, यी दुवै मिथकमा स्वयं हिन्दू धर्म अनुसारका दुई भिन्नाभिन्नै युगको युद्धमा विजयको प्रसङ्ग नै छ । त्यसरी युद्धमा विजयपछि विजयोल्लासको प्रतिबिम्ब दशौ–तिहारमा व्यक्त भएका छन् । एउटा युद्धबाट विजय र अर्को सम्भावित युद्धको तयारीस्वरूप हतियार, युद्धमा प्रयोग हुने पशु र योद्धाहरुको तर्फबाट शक्ति र सौर्यको प्रदर्शन गर्ने पर्व हो– दशौ–तिहार ।
नयाँ सन्दर्भमा उपयोगिता कति ?
दशैँ–तिहार जस्ता पर्व मूलत: कृषि तथा पशुपालन युगको परिणाम भएकाले अब प्रश्न उठ्छ– अहिलेको नयाँ परिवेशमा यी चाडपर्वको उपयोगिता कति हुन्छ ? त्यसको उत्तर एक शब्दमा दिन सकिन्छ– छैन । जस्तो कि माथि नै चर्चा गरियो, कृषि, पशुपालन र युद्धको तत्कालीन परिस्थितिमा अहिले आमूल परिवर्तन भई सकेको छ । कृषिमा सामूहिकता अब धेरै कमजोर परिघटना बनी सकेको छ । उत्पादनका साधनहरुमाथि पनि निजी स्वामित्व प्रचूर हुादा कबिला युगमा जस्तो एउटा भूक्षेत्रका परिवारहरुले पालैपालो सामूहिक रूपले खेती लगाउने र स्याहार्ने प्रचलन दुर्लभ बन्दै गएको छ । त्यसको स्थान पर्म र ज्यालादारी श्रमले लिएको छ । पशुपालनमा पनि पशुपङ्क्षीहरुलाई सामूहिक रूपमा चरनका लागि लैजाने प्रचलन मूलत: समाप्त भएको छ । त्यसको स्थानमा साना साना समूहमा पशुपङ्क्षीहरु एउटा परिवार वा ज्यालादारी श्रमका आधारमा पाल्ने प्रचलन व्याप्त छ । युद्धजन्य संस्कार, संस्कृति पनि अब अप्रासङ्गिक बनी सकेका छन् । न निराजन/लोहाभिसार, न कोतघरका हतियारको पूजा नै प्रासङ्गिक नै बनेको छ । युद्ध अब राज्यको जिम्माको विजय बनेपछि निजी, सामूहिक वा सामुदायिक स्तरबाट युद्धको तयारी वा युद्धपछि विजयोल्लास अप्रासङ्गिक र इतिहासको विषय बनी सकेको छ ।
हिन्दू धर्मावलम्बीले ईन्द्र, कृष्ण, राम जस्ता भगवानसित सम्बन्धित संस्कार वा शास्त्रसम्मत संस्कार, संस्कृतिको निरन्तरता चाहनु अन्यथा होइन । यो धर्मप्रतिको आस्थाको सवाल हो । धर्म कट्टरता र रुढिवादमा टिकेको हुन्छ । एक पटक, एउटा परिवेशमा प्रारम्भ भएका संस्कार, संस्कृति अर्को परिवेशमा अप्रासङ्गिक हुन्छन् । त्यसमा रूपान्तरण वा संशोधनको आवश्यकता हुन्छ । तर धर्मको स्वभाव त्यस्तो हुादैन । एक पटक कुनै विधि–विधान वा संस्कार, संस्कृति प्रारम्भ गरिएपछि त्यससित सम्बन्धित मान्यता वा प्रचलनलाई अनुलङ्घनीय, असंशोधनीय, अपरिवर्तनीय मान्नु धर्मको सामान्य स्वभाव हो । त्यस कारण जसले कुनै धर्मप्रति आस्था राख्दछन् र त्यस आधारमा उक्त धर्मसित सम्बन्धित संस्कार, संस्कृतिलाई निरन्तरता दिन चाहन्छन्, उनीहरुको धर्मप्रतिको आस्थामा परिवर्तन नभइकन रुढिवादी संस्कार, संस्कृतिमा परिवर्तनको आशा गर्न सकिन्न ।
अर्कातिर, नेपालको विद्यमान पिछडिएको उत्पादन सम्बन्धको चरित्रलाई हेर्दा कृषि र पशुपालनसित सम्बन्धित संस्कार, संस्कृति अथवा रुढिवाद अझै केही समय समाप्त हुने छैन भन्न सकिन्छ । कारण : अझै पनि हाम्रो देशको कृषि तथा पशुपालन पिछडिएको अवस्थामा छ । जबसम्म कृषि तथा पशुपालन क्षेत्रको यस्तो अवस्था रहन्छ, तबसम्म यस्ता संस्कार, संस्कृति कायमै रहने छन् । उदाहरणका लागि जुन स्थानमा सिाचाइको व्यवस्था छैन, जहाँ खेती मौसमी वर्षाको आधारमा गरिन्छ, त्यहाँका किसानले कबिला समाजमा जस्तै वर्षाका लागि ईन्द्र देवताको पूजा गरी रहने छन् । जबसम्म उन्नत बिउबिजन, उन्नत मल र उपयुक्त किटनासक औषधि या विषादि र उपयुक्त कृषि प्रविधिद्वारा कृषिबाट अपेक्षित लाभ प्राप्त हुन्न, तबसम्म कृषिसित सम्बन्धित प्रकृति पूजाजन्य संस्कार, संस्कृति कायमै रहने छन् । त्यसको अर्थ हो– उत्पादन सम्बन्धमा आमूल परिवर्तन नभइकन पुरानो रुढिवादी संस्कार, संस्कृतिमा परिवर्तन आउने छैन । त्यस कारण अहिलेको आवश्यकता हो– विद्यमान उत्पादन सम्बन्धमा परिवर्तन । त्यसका लागि उत्पादन सम्बन्धको निरन्तर गति सम्बन्धी ऐतिहासिक चेत वा शिक्षाको प्रशिक्षण चलाउँदै समाजमा आमूल परिवर्तनको पक्षमा योजनाबद्ध ढङ्गले काम गर्नु आवश्यक हुने छ ।
हिन्दू संस्कारका विरुद्ध प्रकृति पूजा ?
नेपालको इतिहासमा बाहौा शताब्दीतिर हिन्दू धार्मिक प्रभाव तीव्र गतिमा नेपाल प्रवेश गरेको मानिन्छ । हुन त त्यसभन्दा अगाडि पनि नेपालका राजाहरुको भारतका राजासित सम्बन्ध थिए । खस राजाहरुले भारतका राजालाई उपहार दिन्थे र भारतका राजाबाट पद्वी ग्रहण गर्दथे । त्यसै गरी मङ्गोल मूलका राजाहरुको सम्बन्ध तिब्बतका राजासित थियो । तिब्बतका राजाहरुसित हिन्दू जस्तो प्रभावशाली धर्म थिएन । उनीहरु पनि काफी हदसम्म प्रकृति पूजाजन्य संस्कार, संस्कृतिमा थिए । तिब्बतमा त धेरै पछिसम्म दास समाज थियो । त्यस कारण दक्षिण–पश्चिमबाट हिन्दू धर्मको प्रभाव तीव्र नहुञ्जेल नेपालमा अलि अलि बौद्ध, शैव जस्ता धर्मको प्रभाव थियो, त्यसभन्दा बढी जनस्तरमा प्रकृति पूजाको प्रभाव थियो । पछि राज्यले नै हिन्दू धर्म स्वीकार गरेपछि हिन्दू शास्त्रसम्मत संस्कार, संस्कृतिको प्रबद्र्धन गर्न थालियो । त्यस क्रममा भारतबाट ब्राह्मण पण्डितहरु झिकाएर राजा जयस्थिति मल्लले नेपाली समाजको वर्ण विभाजन नै गराए । त्यसको सबैभन्दा बढी प्रभाव भारतीय हिन्दू आर्य र त्यसपछि खस–आर्यमाथि पर्न गयो । खस–आर्यको नै राज्यसत्तामा हालीमुहाली रहेको अवस्थामा हिन्दू धर्मले राजकीय सम्मान प्राप्त गर्यो । अहिले देश धर्म निरपेक्षतामा प्रवेश गरी सकेपछि पनि हिन्दू धर्मको दबदबा कायमै छ । यही कारणले गर्दा धर्म निरपेक्ष नेपालमा अझै पनि राजकीय सम्मानका दशौ–तिहार जस्ता पर्वहरु मनाइन्छ ।
जस्तो कि माथि नै उल्लेख गरी सकिएको छ, नेपालका चाडपर्वहरु विशुद्ध हिन्दू धर्मशास्त्रसम्मत छैनन् । स्वयं हिन्दू धर्मशास्त्रमा पनि विभिन्न युगको प्रतिबिम्ब सामेल भएको पाइन्छ । चाडपर्वमा पनि बेग्ला बेग्लै युगको प्रतिबिम्ब पाउन सकिन्छ । त्यसरी स्वयं हिन्दू धर्मशास्त्रसम्मत चाडपर्वमा पनि थोरै भए पनि प्रकृति पूजाको प्रतिबिम्ब छ । तर हिन्दू धर्म र त्यसलााई प्रोत्साहन गर्ने राज्यसत्ताले यी चाडपर्वमा बााकी रहेका प्रकृति पूजाका अवशेषहरुलाई बेवास्ता गर्ने र अन्तत: समाप्त पार्ने अभियानमा छ ।
भारतले नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहेको छ र त्यसलाई काङ्ग्रेसले सघाउने सङ्केत देखा परी सकेको छ । छद्म रूपले एमाले र मोदनाथ प्रश्रित जस्ता व्यक्तित्व समेत धर्म सापेक्षताको पक्षमा उभिएपछि धर्म निरपेक्षतालाई जोगाउन गम्भीर सजगता आवश्यक पर्ने देखिन्छ । त्यसका साथै नेपालका चाडपर्वमा जुन मौलिकताका अवशेष छन्, त्यसलाई समाप्त गर्ने र त्यसको स्थानमा हिन्दू शास्त्रसम्मत संस्कार, संस्कृतिको सम्बद्र्धनमा अभियान चलाइने देखिन्छ । राष्ट्रिय स्वयंसेवक सङ्घ, विश्व हिन्दू परिषद जस्ता धार्मिक सङ्गठनहरु अहिले पनि विश्वभरि हिन्दू धर्मको पुनरुत्थानको पक्षमा छन् । उनीहरु “भारत वर्ष” मा मुस्लिम र इसाई धर्मको प्रभाव बढ्दै गएकोमा चिन्तित छन् । नेपालले २०६३ सालको अन्तरिम संविधान मार्फत् धर्म निरपेक्षता स्वीकार गरेपछि उनीहरु झन् बढी चिन्तित छन् । खास गरी नेपालको सन्दर्भमा इसाई धर्मको प्रसारले चिन्तित बनेका ती सङ्गठन र तिनैको राजनीतिक मोर्चा भारतीय जनता पार्टी सत्तामा रहेको अवस्थामा नेपालमा हिन्दू धर्मको पुनरुत्थानका लागि अभियान चलाइएको छ । पूर्व वामपन्थी नेता मोहन चन्द्र अधिकारी, पूर्व प्रधान न्यायाधीश तथा मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी त्यस्तो अभियानमा प्रत्यक्ष रूपमा नै संलग्न छन् । त्यस अभियानलाई राप्रपा, काङ्ग्रेस र अन्य पार्टीका व्यक्तित्वहरुले सघाई रहेका छन् । यो स्थितिमा नेपाली चाडपर्वको मौलिकता आगामी समयमा झनै अतिक्रमणमा पर्ने निश्चित छ ।
हुन त प्रगतिशील र क्रान्तिकारी दृष्टिकोणबाट हेर्दा प्रकृति पूजाजन्य संस्कार र हिन्दू धर्मशास्त्रसम्मत संस्कार, संस्कृतिको सारतत्व अन्तत: एउटै हुन्छ । तर यहाँनेर हामीले सुक्ष्म ढङ्गले विचार गर्यौा भने हिन्दू धर्मशास्त्रसम्मत संस्कार, संस्कृतिको पछाडि भारतीय विस्तारवादको सांस्कृतिक हस्तक्षेपलाई पहिचान गर्न कुनै कठिनाइ छैन । त्यस अर्थमा हिन्दू धर्मशास्त्रसम्मत संस्कार, संस्कृतिको विरुद्धमा प्रकृति पूजाको पक्ष लिनु महफ्वको विषय हुन जान्छ । यदि नेपालको संस्कार, संस्कृतिमा हिन्दू शास्त्रसम्मत विधि–विधान र प्रचलनको प्रभाव कम हुन्छ भने त्यसका साथै भारतीय विस्तारवादको सांस्कृतिक हस्तक्षेपको विरुद्ध पनि जान सकिने छ । किनकि भारतीय विस्तारवादको नेपाल नीतिको राजनीतिक पाटो उसको कथित सुरक्षा नीति हो भने सांस्कृतिक पाटो हिन्दू धर्म नै हो । हिन्दू सभ्यता मूलत: भारतकै हो । यस अर्थमा असली हिन्दूस्थान भारत नै हो, यद्यपि हिन्दू धर्मशास्त्रमा “जम्बुद्विप”, “हिमवतखण्ड”, “नेपालदेशे” जस्ता शब्दावली प्रयोग भएका छन् । यही तथ्यमाथि टेकेर सम्पूर्ण “भारतवर्ष” को अभिन्न अङ्ग “जम्बुद्विप” वा “हिमवतखण्ड” हो भन्दै नेपाल पनि भारतीय उपमहाद्वीपकै अङ्ग हो भन्ने सांस्कृतिक प्रचार गरिएको छ । त्यस क्रममा महादेव भगवानको उपत्तिस्थल कैलाश पर्वत “हिमवतखण्ड” मा भएको, हिन्दू धर्मावलम्बीका चार धाममध्ये एक धाम नेपालमा भएको, हिन्दू ऋषिमुनिहरुको तपोभूमि नेपाल भएको जस्ता तर्क अगाडि सारिएको छ । यस क्रममा नेपालका प्रकृति पूजाजन्य चाडहरुलाई पनि हिन्दूकरण गरेर, नेपालका मङ्गोल र खस–आर्यका संस्कारलाई पृष्ठभूमिमा पारेर भारतीय विस्तारवादको सांस्कृतिक हतियारलाई अझ धारिलो बनाइदै छ । त्यसका लागि प्रगतिशील, प्रगतिवादी वा क्रान्तिकारी शक्तिहरुको विरुद्धमा रुढिवादी, यथास्थितिवादीहरुलाई सघाइएको स्थिति छ । उनीहरुको यो अभियानलाई राजनीतिक क्षेत्रबाट पनि सहयोग मिलेको छ ।
प्रकृति पूजा पनि अन्धविश्वास वा रुढिवाद नै हो । त्यसका विरुद्ध प्रगतिशील, प्रगतिवादी वा क्रान्तिकारी शक्तिहरु सक्रिय हुनु पर्दछ । तर नेपालमा भारतीय विस्तारवादको सांस्कृतिक हस्तक्षेप सशक्त ढङ्गले अगाडि बढी रहेको अवस्थामा प्रकृति पूजाजन्य संस्कार, संस्कृति हिन्दू धर्मशास्त्रसम्मत गतिविधिको तुलनामा कम खतरनाक बन्न जान्छ । जस्तो कि माथि नै उल्लेख गरी सकिएको छ, कृषि तथा पशुपालन क्षेत्रसित जोडिएका प्रकृति पूजाजन्य संस्कार, संस्कृति देशमा पुँजीवादको विकासका साथै कमजोर बनेर जानेछन् । तर पुँजीवादको विकासका बाबजुद धर्मशास्त्रीय मान्यताहरु सजिलैसाग हटेर जाने छैनन् । भारतमा नेपालको तुलनामा पुँजीवादको बढी विकास भएको छ । त्यसका बाबजुद नेपालमा भन्दा भारतमा धर्मशास्त्रीय संस्कार, संस्कृति झन् चर्को छ । त्यहाँ साम्प्रदायिकता राष्ट्रिय समस्या नै बनेको छ । त्यहाँ शिशु पुँजीवाद र पराजित सामन्तवादका बीचमा गठबन्धन बनेको स्थिति छ । त्यस कारण उद्योग–व्यवसायको विकासका साथै धर्मशास्त्रीय मान्यता स्वत: समाप्त भएर जाने छैनन्, बरु पुँजीवादलाई समाप्त गर्न क्रान्तिकारी शक्तिहरुको उपस्थिति र हस्तक्षेपले मात्र यस्तो मान्यता समाप्त हुने छ ।
चाहे हिन्दू होस् या अन्य, जुनसुकै धर्मशास्त्रीय मान्यतालाई चुनौती खालि क्रान्तिकारी शक्तिहरुले मात्र दिन सक्नेछन् । त्यस्ता क्रान्तिकारी शक्तिहरु, जसले आफ्नो दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादी दर्शनका आधारमा निश्चित गर्दछन्, उनीहरुले मात्र आदर्शवादी दर्शनको एउटा महफ्वपूर्ण अङ्ग धर्मशास्त्रीय मान्यताका विरुद्ध सङ्घर्ष गर्न सक्दछन् । यहाँ धर्मशास्त्रीय मान्यताका विरुद्धको सङ्घर्षमा नेतृत्व यस्तै क्रान्तिकारी शक्तिहरुको हुने छ अथवा यस्तो भन्न सकिन्छ– पुँजीवाद पूर्वका अन्धविश्वास वा रुढिवादका विरुद्ध (यहाँ यसको मूल रूप धर्मशास्त्रीय मान्यता हुनेछन्) का विरुद्ध सङ्घर्षको नेतृत्व प्रगतिवादी वा क्रान्तिकारी शक्तिहरुले गर्नेछन् ।
उपर्युक्त सङ्क्षिप्त चर्चाबाट प्रष्ट हुन्छ– प्राक् पुँजीवादी चरणमा रहेको नेपालमा रुढिवादी तथा अन्धविश्वासयुक्त संस्कार, संस्कृति विरुद्धको सङ्घर्षमा प्रकृति पूजाजन्य संस्कार, संस्कृति र हिन्दू धर्मशास्त्रीय संस्कार, संस्कृतिलाई एउटै डालोमा राखेर सङ्घर्ष गर्नु गलत हुने छ । यसो गर्नु सामन्तवादलाई झन् बलियो बनाउनु नै हुने छ ।
अन्य धर्मशास्त्रीय रुढिवाद
जहाँसम्म नेपालमा अन्य धर्मशास्त्रीय रुढिवाद वा अन्तविश्वासका विरुद्ध सङ्घर्षको सवाल छ, हिन्दू धर्मशास्त्रीय रुढिवाद वा अन्धविश्वासको तुलनामा यो विषय अवश्य पनि गौण हो । परिस्थिति र आवश्यकता अनुसार यस खालका रुढिवाद वा अन्धविश्वासयुक्त संस्कार, संस्कृतिका विरुद्ध सङ्घर्ष गर्नु पर्ने छ । तर देशको राष्ट्रिय आवश्यकता अनुसार यस्तो आवश्यकता द्वितीय हो । अर्कातिर, अन्य धर्म नेपालको हिन्दू संस्कार, संस्कृतिको प्रत्युत्पादक स्वरूपमा फैलिने अवसर पाएका छन् । जस्तै– हिन्दू धर्मभित्रको वर्णाश्रमका कारणले इसाई धर्मलाई फैलिने अनुकूल आधार मिलेको छ । त्यस कारण मूलत: हिन्दू धर्मशास्त्रीय संस्कार, संस्कृतिका विरुद्धको सङ्घर्षका साथै अन्य धर्मसित सम्बन्धित रुढिवाद वा अन्धविश्वासका विरुद्ध पनि सङ्घर्ष गर्नु पर्ने आवश्यकता देखिन्छ ।
नेपालका शहरी क्षेत्रमा पाश्चात्य, पुँजीवादी, साम्राज्यवादी संस्कृति पनि फैलिदै गएका छन् । उपभोक्तावाद, उपयोगितावाद, अश्लीलता, छाडावादका रूपमा नेपालमा साम्राज्यवादी संस्कृति भित्रिदै गई रहेका छन् । त्यसका विरुद्ध पनि, खास गरी शहरी इलाकामा सचेतना अभियान चलाइनु पर्दछ । खास गरी यस्तो संस्कृतिले युवा तप्कालाई बढी प्रभावित पारी रहेको यथार्थतामाझ उनीहरुकै माझमा यस्तो अभियान सञ्चालन गरिनु पर्ने आवश्यकता देखा परेको छ ।
अन्त्यमा एउटा सवाल
अन्तमा, एउटा तथ्यबारे प्रष्ट पारौँ । समाजको पिछडिएको चरणमा प्रकृति पूजा र केही विकसित वा सामन्ती समाजमा धर्मशास्त्रीय मान्यता बलियो बनेका हुन्छन् । समाज विकासको नियम अनुसार कबिला संस्कार, संस्कृतिभन्दा धर्मशास्त्रीय संस्कार संस्कृति उन्नत मानिन्छ । यसरी हेर्दा कविलाजन्य संस्कार, संस्कृतिको रूपमा प्रकृति पूजाको पक्ष लिनु प्रतिगामी कदम मानिने छ । त्यस अर्थमा कार्यनैतिक रूपमा समेत प्रकृति पूजाको समर्थन गर्नु पनि पश्चगामी कदम लाग्न सक्दछ । तर नेपालको सन्दर्भमा हिन्दू धर्मशास्त्रीय मान्यतामाथि प्रहार गर्दैै भारतीय विस्तारवादको सांस्कृतिक हस्तक्षेपलाई चकनाचुर पार्न कार्यनैतिक रूपमा वा अस्थायी रूपमा प्रकृति पूजाको पक्ष लिनु वस्तुगत आवश्यकता हुने छ । त्यसका साथै यहाँ यो तथ्यप्रति हामी प्रारम्भमा नै स्पष्ट हुनु पर्दछ– क्रान्तिकारी वा प्रगतिवादी चेतना स्तर कायम भएको अवस्थामा प्रकृति पूजामा अल्मलिनु आवश्यक र उचित दुवै देखिन्न । तर नेपालको सांस्कृतिक परिवेशमा प्रकृति पूजा र हिन्दू धर्मशास्त्रीय मान्यतामध्ये पहिलो निशाना हिन्दू धर्मशास्त्रीय मान्यता र दोस्रो निशाना प्रकृति पूजाजन्य मान्यतालाई बनाइनु पर्ने आवश्यकता देखा पर्दछ । नेपाल अझै पनि अर्ध सामन्ती र अर्ध औपनिवेशिक स्थितिमा रहेको सन्दर्भमा राष्ट्रिय स्वाधीनता प्राप्त गर्न भारतीय विस्तारवादका विरुद्ध सङ्घर्ष गर्नु पर्ने छ । नेपालमा हावी रहेको हिन्दू धर्मशास्त्रीय मान्यताका विरुद्ध सङ्घर्ष गर्नु भनेको भारतीय विस्तारवादको सांस्कृतिक अस्त्रकै विरुद्ध सङ्घर्ष गर्नु हो । नेपालको प्रतिक्रियावादी संस्कृतिमा भारतीय विस्तारवादपरस्त संस्कृति पनि सामेल भएको अवस्थामा त्यसका विरुद्धको सङ्घर्षमा दुई वटा चरण देखा पर्दछन् । पहिलो चरणमा हिन्दू धर्मशास्त्रीय मान्यताका विरुद्ध प्रकृति पूजाजन्य संस्कार, संस्कृतिलाई उपयोग गर्ने नीति प्रगतिशील सांस्कृतिक आन्दोलनले लिनु पर्दछ । त्यसका साथै देशमा पुँजीको विकास गरेर प्रकृति पूजाजन्य अन्धविश्वासलाई पनि समाप्त पार्ने अर्को लक्ष्यतर्फ अगाडि बढ्न सकिन्छ । निश्चित रूपमा यस क्रममा कसैको धार्मिक भावनामाथि आक्रमण गरिने छैन, बरु क्रमश: प्रगतिशील चेतनाको प्रसारद्वारा नै यो अभियान अगाडि बढाइनु पर्दछरु।
सन्दर्भ सूची
१. डा. ऋषिराज बराल, दशैँ र हाम्रा क्रान्तिकारी कमरेडहरु, ……….
२. डा. महेश राज पन्त, नेपालमा दशैँ परम्परा, गोरखापत्र दैनिक, २०७० असोज १९ गते
३. आहुति, दशैँ : एक पर्व र प्रकोप, इमूल्याङ्कन डट कम, अक्टोबर १६, २०१५
४. निनु चापागाईा, धर्म निरपेक्ष नेपालमा दशौ, इमूल्याङ्कन डट कम, अक्टोबर १९, २०१५
५. विजयराज आचार्य, संस्कार (जन्मदेखि मृत्युसम्मका संस्कारहरुबारे वैज्ञानिक अवधारणा), विवेक सृजनशील प्रकाशन, काठमाडौँ : २०७१ ।
६. तिहार : विकिपेडिया डट ओआरजी
७. दशैँ : विकिपेडिया डट ओआरजी