प्युठान सेवा समाजको आपतकालीन सहयोग

0
228

रेशम रोका मगर
दोहा कतार ।
“जहाँ आपतबिपत त्यहा प्युठानी” रोजगारीको सिलसिलामा कतारलाई कर्मथलो बनाउन बाध्यता र बिबस्ताले बनाइरहँदा कामदार माथी नै मुठिभर साहुहरुको दबदबा सहनु त्यति चानचुने होइन । देशको अवस्था र घरको गर्जो टार्न प्रदेशिनु बाध्यता आजको दैनिकी जस्तै भएको छ । त्यही समस्या समधान होला भनेर काम गरिरहँदा कम्पनीले रोजगार दिन नसक्नु समय मै तलब दिन नसक्नु र स्वदेश फिर्ता गर्न नसक्नु कामदारको कमजोरी पक्कै होइन ।

प्यूठान सेवा समाज कतारले सैलियाको एक क्याम्पमा पीडित नेपाली दाजुभाइहरुको लागि खाद्यान्न उपलब्ध गराएको छ । उपाध्यक्ष केशर बहादुर केसीको पहलमा खाद्यान्न उपलब्ध गरिएको बारे अध्यक्ष बलदेव रानाले जानकारी दिनु भयो । सो पीडितहरुको क्याम्पमा अध्यक्ष बलदेव राना लगायत उपाध्यक्ष केशर बहादुर केसी महासचिव धर्म सिंह बिक, सल्लाहकार विशाल जिसीको उपस्थिति रहेको थियो ।

यसरी प्युठान सेवा समाज दोहा कतार यहाँ मात्रै होइन नेपालमा परिआएको खण्डमा जोडतोडको साथमा समाजबाट हुनसक्ने सहयोग निरन्तरता गर्ने पनि प्रतिबद्धता जाहेर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here