प्युठानमा समताको प्रशिक्षण कार्यक्रम

0
393

खलङ्गा । जातीय समता समाज प्युठानको आयोजनामा पालिका स्तरीय प्रशिक्षण सम्पन्न भएको छ । समसामयिक िविषयमा समाजले विभिन्न स्थानमा प्रशिक्षण सम्पन्न गरेको हो । २०७५ असोज ७ र ८ गते ऐरावति गाउापालिकामा सम्पन्न प्रशिक्षण कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विकले गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार राजेश विक, राजमो जिल्ला कोषाध्यक्ष कृष्ण श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष रेकम सुनार, वडा जनप्रतिनिधि पार्वता परियार र रूमा विकले सम्वोधन गर्नु भएको थियो । कमल नेपालीको अध्यक्षता र भक्त बहादुर विकका सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो । मल्लरानी गाउापालिकाको धरमपानीमा असोज ९ र १० गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चन्द्र बहादुर नेपालीको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दिल बहादुर विक हुनु हुन्थ्यो । सो अवसरमा केन्द्रीय सल्लाहकार राजेश विक, समता नेता गोपाल नेपाली, रेकम सुनारका साथै गिरीराजमणि पोख्रेरेल, गङ्गाराम पोख्रेलले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा स्वागत सूर्य नेपाली र सञ्चालन हुमलाल नेपालीले गर्नु भएको थियो ।

असोज १३ र १४ गते झिमरुक गाउापालिकामा प्रशिक्षण सम्पन्न भएको छ । अइन्द्र सिंह विकको अध्यक्षता तथा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दिल बहादुर विक रहनु भएको सो कार्यक्रममा अन्य अतिथिहरुमा केन्द्रीय सल्लाहकार राजेश विक, समता नेता गोपाल नेपाली, झिमरुक गाउापालिका अध्यक्ष तिलक जिसी, रेकम सुनार, वडा अध्यक्ष मिन बहादुर केसी, सीताराम पोख्रेल, टीका बहादुर जिसीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा स्वागत के.बी. सुनारले तथा सञ्चालन शङ्कर विकले गर्नु भएको थियो ।

असोज १५ र १६ गते शमशेर परियारको अध्यक्षतामा केन्द्रीय अध्यक्ष दिल बहादुर विकको उद्घाटनमा कार्यक्रम सम्पन्न भएको छ । पूर्व अध्यक्ष राजेश विक, केन्द्रीय कोषाध्यक्ष रेकम सुनार, जिल्ला अध्यक्ष गोपाल नेपाली, राजमो तथा रेडियो अध्यक्ष भक्तु गिरी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सचिव सुरेश श्रेष्ठ, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव मुकुन्द रोका, राजमो जिल्ला सदस्य धन बहादुर केसीले कार्यक्रममा सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा स्वागत शन्तराज नेपाली र सञ्चालन भिरेन्द्र विकले गर्नु भएको थियो ।

जातीय समता समाज पूर्व अध्यक्ष राजेश विक, केन्द्रीय अध्यक्ष दिल बहादुर विक र जिल्ला अध्यक्ष गोपाल नेपालीले दलित समस्या र दलित आन्दोलनसाग सम्बन्धित सैद्धान्तिक, व्यावहारिक र सङ्गठनात्मक विषय, दर्शन र विश्व दृष्टिकोण लगायतका विविध विषयमा प्रशिक्षण दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here