प्युठानका ग्रामीण बस्तीमा राजमोको प्रशिक्षण

0
432

प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले जिल्लाका विभिन्न गाउ“हरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । राजमोको केन्द्रीय साङ्गठनिक अभियान अन्तर्गत भेला तथा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरिएको हो ।

त्यस क्रममा २०७५ साउन ५ गते ऐरावती गाउ“पालिकाको बरौलामा गाउ“स्तरीय प्रशिक्षण सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी राजमोका केन्द्रीय सदस्य कृष्ण खड्का, जिल्ला समन्वय समितिका प्रमुख केशव आचार्य र राजमो जिल्ला कोषाध्यक्ष कृष्ण श्रेष्ठले सहभागीलाई प्रशिक्षण दिनु भयो ।

राजमो ऐरावती गाउ“पालिकाका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउ“समितिका सचिव प्रेम आचार्य तथा स्वागत वैकल्पिक जिल्ला सदस्य अर्जुन थापाले गर्नु भएको थियो ।

यस्तै साउन २ गते गौमुखी गाउ“पालिकाको ठुलाबेसीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा राजमो कार्यकारी अध्यक्ष रश्मीराज नेपाली तथा प्रशिक्षक राजमोका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष कृष्ण खड्काले प्रशिक्षण दिनु भएको थियो । राजमो गौमुखी गाउ“पालिकाका अध्यक्ष जनक केसीको अध्यक्षता तथा अखिल नेपाल युवक सङ्घका जिल्ला सचिव एवं वैकल्पिक केन्द्रीय सदस्य बरुणध्वज मल्लले सञ्चालन गर्नु भएको थियो ।

साउन ३ गते झिमरुक गाउ“पालिकाको मच्छीमा राजमोको प्रशिक्षण सम्पन्न भएको थियो । प्रमुख प्रशिक्षक रश्मीराज नेपाली सहित राजमोका जिल्ला सचिव विदुर मल्ल, अखिल नेपाल किसान सङ्घका केन्द्रीय सचिव वीर बहादुर जिसी एवं झिमरुक गाउ“पालिकाका अध्यक्ष तिलक जिसीले प्रशिक्षण दिनु भएको थियो । राजमो झिमरुक गाउ“पालिकाका अध्यक्ष सिताराम पोखरेलको अध्यक्षता र वैकल्पिक जिल्ला सदस्य केशर जङ्ग एमसीले सञ्चालन गर्नु भएको कार्यक्रमको स्वागत राजमो झिमरुकका उपाध्यक्ष ठाकुर गिरीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here