पोर्चुगलमा निधन भएका गोरखाका मनिष भुजेलप्रति लिस्वनमा श्रद्धाञ्जली

0
77

बैशाख ९, लिस्वन । नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलले आईतबार पोर्तुगलको लिस्बनमा एक शब्दाञ्जली कार्यक्रम आयोजना गर्दै गोरखाका मनिष भुजेलप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पूर्वमाओवादी लडाकु एवं नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका सदस्य मनिष भुजेलको उपचारका क्रममा गत १४ अप्रिलका दिन पोर्तुगलको राजधानी लिस्बनमा रहेको सान्तु आन्तोनिओ दुस कापुसुस अस्पातलमा निधन भएको हो ।

पोर्तुगलको लिस्बन सहरस्थित कुखुरे पार्कमा आयोजना गरिएको उक्त श्रद्धान्जलि कार्यक्रममा पर्यटनदुत रमेशकुमार गुरुङ, एनआरएनए पोर्तुगल अध्यक्ष कुबेर कार्कीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए । यसैगरी पोर्तुगलमा कार्यरत नेपाली संस्थाका प्रतिनिधिहरु एवं श्रद्धाञ्जलीको लागि कार्यक्रममा उपस्थित सबै महानुभावहरुद्वारा भुजेलप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

मोर्चाका अध्यक्ष पूर्ण विकको सभपतित्वमा सम्पन्न श्रद्धाञ्जली सभाको संचालन महासचिव प्रदीप अधिकारीले गरेका थिए । स्व.भुजेलको उपचारको क्रममा खटिनुहुने साथै निधन भए पश्चात शव ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सबैप्रति मोर्चाले धन्यवाद एवं आभार प्रकट गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here