पोखराको दोस्रो जित, काठमाडौं ६ विकेटले पराजित

0
240

काठमाडौं, ७ पुस । एभरेष्ट प्रिमियर लिग(इपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा जित निकाल्दै पोखरा राइनोजले प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

पोखरा राइनोजले काठमाडौं किंग्स एलेवेनलाई ६ विकेटले पराजित गरेको हो । तीन खेल खेलेको पोखराले दुईमा जित र एक खेलमा हार ब्यहोरेको छ भने चौथो खेल खेलेको काठमाडौंले १ मा जित र तीन खेलमा हार ब्यहोरेको छ ।

९९ रनको लक्ष्य पछ्याएको पोखराले १८.२ ओभरमा ४ विकेट गुमाई लक्ष्य भेटाएको थियो । पोखराका पाकिस्तानी खेलाडी इसरार उल्लाहले सर्बाधिक ४५ रनको इनिङ्स खेले । ४८ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै पोखराका सुनिल धमलाले २०, शक्ति गौचनले १८ रन जोडे । काठमाडौंका सागर पुनले २ तथा विक्रम भुषालले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९८ रन जोडेको थियो । काठमाडौंका लागि सागर पुनले सर्बाधिक ३६ रन रन जोडे । त्यस्तै, राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन जोडे । पोखरा सुशान भारी, विक्रम सोब र शक्ति गौचनले समान २ तथा ताज अलि र इसरार अलिले समान १ विकेट लिए ।

दिउँसो विराटनगर वारियर्श तथा चितवन टाइगर्सबीच खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here