पैसा तँ कस्तो ? बाबा आमा नै त्याग्न सक्ने….

0
182

कविता

-लिला परियार
हुग्दिशिर बाग्लुङ, हाल जापा

धेरै देखियो भोगियो पनि
कोही भेटियो कोही छुट्यो
जिबनका आफनै परिभाषा
खै किन मनमा यो तरंग उठ्यो
सबैलाई थाहा छ
जिबन को अन्त्य छ
सोच्छु म फेरी पैसा
किन यति ठुलो होला ?

बाबा आमा नै त्याग्न सक्ने
मानवताको सिमा नै नाघ्न सक्ने
आफ्नासंग आफै पराई बन्ने
अरुको ज़िन्दगी नै नभन्ने
सत्य लाई असत्य
राम्रो लाई न राम्रो
मित्रलाई दुश्मन
बनाउने यो पैसा
किन यती ठुलो होला ?

तोते बोल्ने सन्तान छोड्नु पर्ने
लाग्दो लाग्दो माया मोड्नु पर्ने
अर्काको धर्ती रापले जल्नु पर्ने
बेहोशीले जमिनमा ढल्नु पर्ने
मनमा लोभ जगाउने
नाना थरी सपना देखाउने
सड़क मै सुताउने
मुग्लानी बनाउने पैसा
किन यती ठूलो होला ?

धनी गरीब सानो ठुलो बनाउने
मेहनत गर्ने खाली हात आउने
जहाँ गए पनि दुखिलाई सताउने
लुटेरा अपराधी जहाँ पनि अटाउने
समानता किन हुदैन
बेसहारा त्यसै रुदैन
अरुको पीडाले किन छुदैन
बिबस र बिजोग बनाउने पैसा
किन एति ठूलो होला ???

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here