पेमा लामाले के कुनै अन्याय-अत्याचार नगर्ने ठूला भूमिपतिहरुका जग्गा पनि खोस्नुपर्दछ ? भनेर सोध्छन्

0
582

3
पेमा: कैयौंसित जग्गा-जमिन धेरै छन् । तर अरुकुनै अन्याय-अत्याचार शोषण गर्दैनन् । के उनीहरुका जग्गा पनि खोस्नुपर्छ ?

गंगाधर: जोसित धेरै जग्गा-जमिन छन्, उनीहरुले शोषण गर्दैनन् भनेर कसरी भन्न सकिन्छ ? उनीहरुले ती सबै जग्गामा आफै खेती गर्दछन् ?

पेमा: त्यतिका जग्गामा सबै आफैँ त कहाँ लगाउन सकून् नि ? कि कसैलाई लगाउन दिन्छन् कि खेतला हालेर खेती गर्दछन् ।

गंगाधर: त्यही नै शोषण हो ।

पेमा: कसैले बेगार पनि गराउन्न । खेतालाको ज्याला पनि पूरा दिन्छ । अनि के त्यसलाई पनि शोषण भन्ने ?

गंगाधर: हो, त्यो पनि शोषण हो । एउटा धनीले आफूले कुनै मेहनत र खनजोत पनि गर्दैन । तैपनि उसले खान्छ, लाउँछ । अरुले भन्दा झन् राम्रो खाने-लगाउने गर्छ । त्यो कहाँबाट आयो ?

पेमा: जग्गाको उब्जाबाट ।

गंगाधर: के त्यो उसले किनेर लिन्छ ?

पेमा: आफ्नै जग्गाको उब्जा किन किन्नु पर्यो ? जग्गा उसैको हो । बीउ, मल, खेतको अर्नी-ज्याला सबै उसैले बेहोर्छ ।

गंगाधर: जग्गामा धनीहरुको जुन व्यक्तिगत स्वामित्व छ, त्यसको कुनै न्यायसंगत आधार छैन । यो पहिले नै प्रष्ट भइसकेको छ । बाँकी रह्यो बीउ, मल, ज्याला र अन्य खर्चको कुरा । यसमा लागेको खर्च पनि हिसाब गरौं । ज्यालामा 20 मुरी धान खर्च भयो, अन्य खर्चमा 10 मुरी खर्च भयो । जग्गा उब्जा 75 मुरी हुन्छ । खेती गर्दा लागेको खर्च 30 मुरी कट्टा भएपछि बाँकी 45 मुरी रह्यो । यो कहाँबाट आयो ?

पेमा: त्यो खेत धनीको नाफा हो ।

गंगाधर: होइन, त्यो परिश्रमबाट मात्र उब्जन्थ्यो ?

पेमा: जग्गा नभएको भए परिश्रमबाट मात्र अब्जन्थ्यो ?

गंगाधर: जग्गा प्रकृतिको मुफ्त वरदान हो । त्यसको फल मिने अधिकार उसैलाई छ, उसले जमिनमा परिश्रम गर्छ । त्यो जग्गामा जुन मान्छेहरुले मेहनत गरे, तिनीहरुको मेहनतबाट नै त्यो बढ्ता 45 मुरी उब्जियो । यदि त्यसमा परिश्रम नगरेको भए धनीसित हजारौं बिघा जमिन भए पनि वा त्योसित लाखौं रुपैयाँ भए पनि त्यो वृद्धि हुने थिएन । वास्तवमा ज्यालामा जुन 20 मुरी खर्च भयो, त्यसैको फल नै त्यो 45 मुरी हो । यो पूरै थप उब्जामाथि मेहनत गर्ने किसानको हक हुनुपर्दथ्यो । तर त्यो धनीले लिन्छ, त्यसकारण त्यो शोषण हो ।

4

पेमाले आफ्नो परिश्रमले जग्गा किन्ने किसानहरुले पनि शोषण गर्दछन् ? भनेर सोध्छन्

पेमा: ठूला साहु-सामन्तले जग्गाबाट हुने अतिरिक्त लाभ लिने कुनै अधिकार छैन । यो कुरामा चित्त बुझ्यो । तर उनीहरुले परिश्रमको कमाइद्वारा जग्गा किनेका हुन्छन्, के उनीहरुले पनि जग्गाबाट हेुने नाफा लिने अधिकार हुन्न ?

गंगाधर: यसरी कसैले न्यायपूर्ण आम्दानीबाट नै जग्गा किन्छ भनेपनि प्रथम, त्यसले धेरै जग्गा किन्न सक्दैन, दोश्रो त्यो जग्गामा तिनीहरुले आफै मेहनत गर्नुपर्छ, तत्र खानै पुग्दैन ।

पेमा: धेरै जग्गा भए पो खेतमाहालेर कमाउने । अहिलेकति जग्गामा के खेतालालाई दिने, के आफूले खाने ।

गंगाधर: जब उनीहरुले आफ्नै मेहनत गर्दछन्, भने उनीहरुलाई त्यसबाट ठूलो नाफा दिने अधिकार छ । त्यो उनीहरुको परिश्रमको फल हो । अनि त्यो कसरी शोषण हुन्छ ? तर यदि एकपल्टको परिश्रमको कमाइद्वारा किनेर पछि आफै मेहनत गर्न छाडेर त्यो जग्गाद्वारा शोषण गर्न थाल्दछ भने ता…

पेमा: त्यो ता बेग्लै कुरा भयो । उनीहरुले शोषक नै भए । तर उनीहरुले जग्गामा जुन थैली हाल्छन्, त्यसको हिसाब नै नगर्ने भन्ने कुरा भने अलि चित्तबुझ्दो लागेन ।

गंगाधर: एक क्षणका लागि मानिलिउँ, त्यो थैलीको पनि हिसाब गर्नुपर्छ ।

पेमा: अँ ।

गंगाधर: पुरानो चलनले पनि कसैले 10 सालसम्मा ब्याज खान्छ भने त्यसलाई त्यो मूल धनमा फेरि ब्याज लिने हक हुन्न । 10 सालपछि थैली भूस हुन्छ ।

पेमा: ऐनमा पनि यो लेखिएको छ भन्छन् ।

गंगाधर: गाउँ घरमा एउटा भनाइ छ, कसैले जग्गा किन्दा त्यो जग्गाको आयस्ताबाट 10 वर्षमा थैलीउपर हुनेगरी पैसा हाल्नुपर्छ ।

पेमा: हो, त्यो भन्छन् ।

गंगाधर: त्यसको अर्थ के हो भने कसैले कुनै जग्गामा पैसा हाल्छ भने 10 वर्षमा उसको थैलीउपर हुन्छ । 10 वर्षपछि ऋण भूस हुने कुरा गर्ने हो भने 10 वर्षमा त्यो थैली भूस हुन्छ । यसबाट के निष्कर्ष निस्कन्छ भने उसले कुनै जग्गा किनेको 10 वर्ष भयो, अब उनीहरुले ती जग्गा मुफ्तमा खाइरहेका छन् । तर यो कुरा मात्र हो । त्यो थैलीउपर हुन 10 वर्ष पनि लाग्दैन ।

पेमा: कसरी ?

गंगाधर: त्यो भनाइ ता अन्नको जग्गा किनबेच हुँदाको सालको भाउ नै ध्यानमा राखेर गरिएको हो । तर पछि अन्नको भाउ बढ्छ भने…

पेमा: त्यो ता सालसालै बढ्छ ।

गंगाधर: त्यो अवस्थामा 10 सालको सट्टा 4/5 वर्षमा पनि थैलीउपर हुन सक्छ । कैयौंपल्ट प्रकृति वा सामाजिक कारणले बिना परिश्रम नै जग्गाको मूल्यमा वृद्धि हुन्छ, जस्तै कि आसपासमा कुनै नयाँ बाटो खुलेर, कारखाना बनेर, सहर बसेर आदि । यो सबै तरिकाबाट हुने आम्दानी माथि धनीहरुले आफ्नो हक जमाउँछन् । तीबाट हुने आयबाट 1/2 वर्षमा नै उनीहरुको थैलीउपर हुन सक्छ ।

पेमा: ती सबै हिसाब गर्ने हो भने त धनीहरुले सबै जग्गा त्यसै छाड्नुपर्नेछ ।

गंगाधर: तर हामीले कैयौं हिसाब त्यसै छाडिरहेका छौं । धनीहरुले उनीहरुको थैलीउपर भएनछि जग्गाको जुन भोग गर्छन, त्यसबाट उनीहरु माथि ऋण थपिदैजान्छ । यो सबे हिसाब गर्ने हो भने …

पेमा: उनीहरुको सारा सम्पत्ति लिएर सात पुस्तालाई बाँधा राख्ने हो भने पनि उनीहरुको हिसाब चुक्ता हुनेछैन ।

गंगाधर: तर हामीले त्यसो गर्दैनौं । हामीले उनीहरुसित भएका जग्गा र सम्पत्ति मात्र लिएर बाँकी हिसाब त्यसै छाडीदिन्छौं ।

पेमा: जसले धेरै वर्षदेखि जग्गा किनिरहेका छन् वा भोगिरहेका छन्, उनीहरुले ता त्यसरी आफ्नो थैलीउपर गर्ने भए तर जसले जग्गा किनेको धेरै भएको छेन, उनीहरुको थेलीको ता हिसाब हुनुपर्छ कि ?

गंगाधर: होइन, पहिले हामीले जग्गाको मूल्य भनेको के हो ? त्यो नै राम्ररी बुझ्नुपर्छ । जग्गाको मालिकलाई कुनै जग्गाको मोल लिने अधिकार किन हुन्छ ?

पेमा: पहिले त्यो जग्गाको स्वामित्व उसका हातमा हुन्छ । किनबेच भएपछि त्यो जग्गाको हस्तान्तरण अर्काको हातमा हुन्छ, हामीले जग्गाको जुन मूल्य दिन्छौं, त्यो त्यसैको मूल्य हो ।

गंगाधर: होइन, सर्वप्रथम जग्गाको कुनै मूल्य छैन । जसरी हावा, पानी, प्रकाश आदि प्रकृतिबाट मुफ्तमा मिल्दछन्, त्यसै गरेर जग्गा पनि प्रकृतिबाट मुफ्तमा मिल्छ । केही ठूलाबडाले बलजफ्ती ती माथि आफ्नो अधिकार जमाए । अनि ती जग्गा किसानहरुलाई बेचेर पैसा लिन्छन् । त्यो जग्गाको न्यायपूर्ण मूल्य होइन ।

पेमा: त्यो के हो तो ?

गंगाधर: त्यो त भेटी, कोसेली वा साङ्ग्रो पारेर जर्बजस्ती लिएको रकम हो । मानिलिउँ 4 जना डाकुहरुले गाउँको एउटा पँधेरामा हक जमाउँछन् र एउटा व्यक्तिबाट 10 पैसा लिएर मात्रै पानी भर्न दिन्दन् । गाउँमा पँधेरो छ । त्यसकारण मानिसहरुले पैसा हालेर पनि पानी लैजानुपर्छ । अनि के त्यसलाई पानीको न्यायसंगत मूल्य भन्न सकिन्छ ?

पेमा: त्यो कसरी भन्ने र ? उसो भने जग्गाको कुनै पनि मूल्य हुनुहुन्न ?

गंगाधर: हुन्छ, जग्गाको मूल्य भनेको त्यो जग्गा आबाद गर्दा त्यसमा मानिसको जुन परिश्रम लागेको हुन्छ, त्यसैको मूल्य हो । जुन किसानले पर्ति जग्गा आबाद गरे, उनीहरुलाई जग्गाको मोल वा क्षति माग्ने के अधिकार छ ? त्यसको हिसाब नै गर्ने हो भने त्यो धेरै पहिले नै चुक्ता भइसकेको छ, उल्टो उनीहरुले तिर्नुपर्ने हुन्छ ।

पेमा: उनीहरुको जग्गा र सम्पत्ति उनीहरुको भएन । अनि उनीहरुले कहाँबाट ल्याएर तिर्छन् ?

गंगाधर: बामन अवतारले झैं एउटा बाँकी खुट्टा उनीहरुको टाउकोमाथि राख्नुपर्ने छ । तर हामीले त्यसो गर्नेछैनौं । ठूला सामन्त भूमिपतिहरुका हकमा जुन जग्गा-जमिन छन्, ती माथि उनीहरुलाई कुनै अधिकार छैन । उनीहरुले ती जग्गा पैसा हालेर किनेका थिए भनेर वा बाउबाजेका कमाई हुन् भनेर वा अन्य कुनै आधारमा ती जग्गामाथि दावी गर्ने उनीहरुलाई कुनै अधिकार छैन ।

पेमा: उसो भने कसैको जग्गामाथि हक रहने न्यायसंगत आधार के हो तो ?

गंगाधर: त्यसको न्यायसंगत आधार एउटै छ-परिश्रम । जग्गामाथि खालि उसैको स्वामित्व सानी हुनसक्छ, जसले जमिनमा मेहनत गर्छ । कसैलाई पनि उसको हकबाट त्यो जग्गा छुटाउने अधिकार हुन्न । जग्गा कसको ? जोत्नेको, भ्ज्ञनेको अर्थ के यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here