पेमाले शोषणबाट मुक्तिको केही उपाय होला कि ? भनेर सोध्छन्

0
1011

5
पेमा: मेहनकश जनताले प्राचीनकालदेखि नै दुःखकष्ट उठाउँदै आउनु परिरहेको छ । त्यसबाट मुक्तिको उपाय केही होला कि ?
कमल: प्राचीनकालदेखि नै कैयौं दार्शनिक र सामाजिक नेताहरुले मेहनतकश जनताको दुःख हटाउने उपाय खोज्दै आएका छन् । आखिर कार्ल माक्र्सले त्यो उपाय पत्ता लगाए ।
पेमा: ती को हुन् ?
कमल: उनी जर्मनीका हुन् । उनको जन्म सन् 1818 ई. मा र मृत्यु सन् 1881 ई. मा भयो । उनका एकजना एङ्गेल्स भन्ने साथी थिए । दुवैको सिद्धान्तलाई संयुक्त रुपले माक्र्सवाद भन्दछन् ।
पेमा: कम्युनिष्ट भनेको पनि त्यही हो ?
कमल: कम्युनिष्ट पार्टीको सदस्यतालाई कम्युनिष्ट भन्दछन् । यसको उद्देश्य कम्युनिष्ट (साम्यवाद) भएकोले यसलाई कम्युनिष्ट पार्टी भनेको हो ।
पेमा: माक्र्सले मेहनतकश जनताको दुःख कसरी हट्छ भनेका छन् ?
कमल: उनले के भनेका छन् भने मेहनतकश जनताको सबै प्रकारको दुःखको कारण पुँजीवादी व्यक्तिगत सम्पत्ति हो । त्यसकारण यसलाई खत्तम गर्नुपर्छ ।
पेमा: कैयौं मानिसले कडा मेहनत गरेर पनि व्यकितगत सम्पत्ति जम्मा गरेका हुन्छन् । के त्यसलाई पनि खत्तम गर्ने ?
कमल: त्यस्तो व्यकितगत सम्पत्ति सर्वप्रािम त सामन्त पुँजीपतिहरुले नै खोस्छन् । बाँकी रहेको पनि खोस्दै लगिरहेका छन् । कम्युनिष्ट घोषणापत्रमा के लेखिएको छ भने कम्युनिज्मको मुख्य नीति सबै प्रकारको सम्पत्तिलाई खत्तम गर्ने होइन । तर त्यसले पुँजीवादी व्यकितगत सम्पत्तिबाट व´्चित गर्न चाहन्न, जुन कुराबाट व´्चित गर्न चाहन्छ, त्यो हो-”अरुको श्रमलाई शोषण गर्ने शक्ति ।“ यसप्रकारको व्यकितगत सम्पत्तिलाई खत्तम नगरीकन गरिबहरुलाई स´्चो हुँदैन । त्यसपछि उत्पादनका साधनहरुमाथि मेहनतकश जनताको स्वामित्व हुनुपर्छ । यो काम पूरा नहुँदासम्म गरिबहरुको भलो हुन्न ।
पेमा: माक्र्सले मुटुमै समातेछन् । गरिबहरुले काम गर्न सक्छन् तर आर्थिक साधनबाट वभए पनि उनीहरुकहाँ गएर काम गर्नुपर्छ । उनीहरुका हातको सम्पत्ति नै खोसिदिएपछि उनीहरुले के का बलमा शोषण गर्छन् ।
कमल: माक्र्सले इतिहासको नयाँ किसिमले व्याख्या गरे ।पहिले मानिसहरुले इतिहासको विकास, महापुरुषको विचार वा धर्म अािदको नियमअनुसार हुन्छ भन्थे ।माक्र्सले त्यो कुराको खण्डन गरेर उत्पादन प्रणालीको रुपअनुसार इतिहासको गति अघि बढ्छ भने । त्यही किसिमले यो सावित गरे कि आखिरमा समाजवादी व्यवस्था आउनु अनिवार्य छ । माक्र्सले प्रकृतिको नियम पत्ता लगाएर त्यसको समाजमा प्रयोग गर्दै निष्कर्ष निकाले कि अन्त्यमा पुँजीवादी व्यवस्थाको अन्त्य हुनु अनिवार्य छ । प्रकृतिको नियम नै यस्तो छ, कुनै पनि कुरा स्थित रहन्न, त्यसमा निरन्तर परिवर्तन हुन्छ ।
पेमा: त्यो त हो ।
कमल: समाजमा जुन कुरा पनि बदलिने गर्छन् । दासयुग पनि आफ्नोसमयमा शकितशाली थियो, अन्त्यमा नाश भएर गयो । सबै शोषकवर्गले आफ्नो-आफ्नो व्यवस्था अमर छ भन्छन् । तर उनीहरुले आफूभन्दा पहिलेको शोषणप्रधान व्यवस्थाको अन्त्य हुँदै आएको कुरा बिर्सन्छन् । दासयुगको गर्भबाट सामन्तवादको जन्म भयो । त्यसैको गर्भबाट पुँजीवादको जन्म भयो र यसको गर्भबाट पुनः समाजवादको जन्म जुनु अनिवार्य छ । त्यतिमात्र होइन, पुँजीवादले स्वयं आफ्नो गर्भबाट आफ्नो चिहान खन्ने शक्तिलाई पनि जन्माउँछ ।
पेमा: त्यो शक्ति कुन हो ?
कमल: सर्वहारावर्ग । पुँजीवादी उत्पादनको रुप एकदम सामाजिक हुन्छ । त्यसले हजारौंहजार मजदुरहरुलाई एक ठाउँमा जम्मा गर्छ । पुँजीवादले संसारभरि नै शोषण गर्छ । त्यसले संसारभरका मजदुरहरुलाई आफ्ना विरुद्ध एकजुट पार्छ । माक्र्सले आव्हान गरेका छन्-”संसारका मजदुर एक हौं ।“ पुँजीवादी उत्पादनको सामाजिक, अनुशासित र सङ्गठित रुपले गर्दा मजदुरवर्ग अन्ततः सबैभन्दा बढी सङ्गठित भएर सङ्घर्षमा उत्रन सक्छ । इतिहासमा देखापरेका वर्गहरुमये यो सबैभन्दा क्रान्तिकारी हुन्छ । पुँजीवादी कालमा शोषण सबैभन्दा तीव्र हुन्छ । त्यसकारण वर्गसङ्घर्ष पनि सबैभन्दा तीव्र हुन्छ ।
पेमा: समाजमा वर्गसङ्घर्ष चल्नुको मुख्य कारण के हो ?
कमल: समाजमा धनीहरुले सकेसम्म शोषण गर्न चाहन्छन् । गरिबहरुले आफ्नो परिश्रमको फल सकेसम्म आफै लिन चाहन्छन् । यसले गर्दा शोषक र शोषितका बीच सङ्घर्ष चल्छ । त्यही वर्गसङ्घर्ष हो । आदिम साम्यवादी अवस्थालाई छोडेर माक्र्स र एङ्गेल्सले भनेका छन्-मानवजातिको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।
पेमा: यसको अन्त्य कहिले हुन्छ ?
कमल: समाजमा जहिलेदेखि वर्ग र वर्गशोषण सुरु भयो, त्यहीबेलादेखि वर्गसङ्घर्ष सुरु भएको हो । त्यसकारण यी खत्तम भएपछि वर्गसङ्घर्ष पनि खत्तम हुन्छन् । हाम्रो नीति वर्गसङ्घर्षलाई खत्तम गर्ने हो । पुँजीवादी राजनीतिक तत्वहरुले पनि वर्गसङ्घर्षको विरोध गर्छन् । तर उनीहरुको र हाम्रो विरोधमा अन्तर छ ।
पेमा: केन्तर छ ?
कमल: वयको कुरा गर्छन् । उनीहरुले वर्गशोषण वा वर्गहरुलाई कायम नै राखेर उनीहरुका बीचमा एकताको कुरा गर्छन् । तर हामीले जबसम्म वर्गहरु कायम रहन्छन्, तबसम्म वर्गसङ्घर्षलाई तीव्र र बढीभन्दा बढी चर्को पार्नुपर्छ भन्छौं । वर्गसङ्घर्ष समाजको परिवर्तन र विकासको प्रेरक शक्ति हो । प्रत्येक शोषणप्रधान व्यवस्थाको विनास त्यो बेलाको शोषितवर्गको वर्गसङ्घर्षद्वारा नै हुने गरेको छ । तर पहिले एकप्रकारको शोषणव्यवस्था खत्तम भएर पुनः अर्को प्रकारको शोषणव्यवस्था कायम हुने गरेको छ । सर्वहारा क्रान्तिले नै वास्तवमा सबै प्रकारका शोषणप्रधान व्यवस्थाको अन्त्य गर्न सक्छ । त्यसका लागि सर्वप्रथम शोषितवर्गले राज्यसत्ता हस्तगत गर्नुपर्छ । आफूलाई सत्तारुढ बनाउनु पर्छ । तर कुनै देशको शोषकवर्गले खुशीले आफ्नो स्वार्थ त्याग्दैन । त्यसकारण सशस्त्र सङ्घर्ष अनिवार्य छ ।
पेमा: के सर्वहारा क्रान्ति भएपछि निष्पक्ष न्याय हुन्छ ?
कमल: अँहँ, हुन्न । समाजमा अहिलेसम्म जति पनि सरकार गठन भएका छन्, कोही पनि निष्पक्ष भएका छैनन् । सधैँ वास्तवमा कुनै न कुनै वर्गका तानाशाही शासन कायम रहने गरेका छन् । जुन वर्गका ती सरकार हुन्छन्, त्यो वर्गका हितका लागि उनीहरुले अरु वर्गहरुको दमन गर्छन् । मजदुरवर्गको सरकार पनि त्यो नियमबाट अलग हुन्न । फरक यति हुन्छ कि पहिलेका सरकारका शोषकवर्गका तानाशाही सरकार हुन्थे । सर्वहारावर्गको अधिनायकत्वमा शोषितवर्गको तानाशाही सरकार हुन्छ र शोषकवर्गमाथि दमन गर्छ ।
पेमा: सर्वहारावर्गको अधिनायकत्व भनेको के हो ?
कमल: नाजनीतिक दृष्टिले पराजित भइसकेपछि शोषकवर्गले पुनः क्रान्तिलाई असफल पार्ने प्रयत्न गर्छन् । त्यसकारण उनीहरु पुनः उठ्न नपाउन् भनेर उनीहरुलाई दमन गर्नुपर्ने आवश्यकता पर्छ । सर्वहारावर्गको अधिनायकत्व भनेाके शोषित जनताको स्वतन्त्रता, प्रजातन्त्र र हितलाई सुरक्षित राख्नका लागि प्रतिक्रियावादी शक्तिहरुमाथि गरिने तानाशाही शासन हो । यो वर्गसङ्घर्षको चरम र अन्तिम रुप हो ।
पेमा: त्यसमा अन्य मेहनतकशवर्गको के स्थान हुन्छ ?
कमल: मजदुरवर्गले एक्लै होइन, समाजका सबै शोषित, पीडित र मेहनतकश वर्गहरुको साथ लिएर नै क्रान्तिलाई सफल पार्न सक्छ । मजदुर किसान एकता क्रान्तिको अनिवार्य शर्त हो । मजदुरवर्ग समाजको सबैभन्दा क्रान्तिकारी हुन्छ । त्यसकारण क्रान्तिको बेलामा र त्यसपछि सर्वहारावर्गको अधिनायकत्व कायम हुँदा पनि नेतृत्व सर्वहारावर्गको नै हुन्छ र हुनुपर्छ । माक्र्स, एङ्गेल्सले कम्युनिष्ट घोषणापत्रमा लेख्नुभएको छ-”ऊसित गुमाउनका लागि बेडी बाहेक केही हुन्न, जित्नका लागि संसार हुन्छ ।“

क्रमश…

पेमाले समाजको परिवर्तन हुँदै आउनुको कारण के हो ? भनेर सोध्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here