पेमाले रुस र चीनमा कसरी क्रान्ति सफल भयो ? भनेर सोध्छन

0
866

7
पेमा: लेनिनले रुसमा सबैभन्छा पहिले कम्युनिष्ट नीति सफल पारेका हुन् भनेर सुनेको छु उनले कहाँ कसरी क्रानित सफल पारे ? लेनिन भनेको को होला ?
कमल: लेनिनको जन्म 22 अप्रिल सन् 1870 ई. मा भएको हो । उनका दाजु ठूला क्रान्किारी थिए । त्यहाँ जारशाहीको राज्य थियो । त्यहाँका बादशाहको हत्यको प्रयत्न गरेको आरोपमा उनलाई फाँसी मिलेको थियो । यसले गर्दा लेनिनको परिवारमाथि जारशाहीको कडा दृष्टिकोण थियो । विद्यार्थीकालदेखि नै लेनिन क्रान्तिकारी काममा लागे । यसले गर्दा उनलाई 5 वर्षसम्म जेलमा हालियो । कालापानी पठाइयो । त्यहाँबाअ छुटेर आएपछि उनी फेरि क्रान्तिको काममा लागे ।
पेमा: रुस र चीनमा क्रान्ति कहिले भएका हुन् ?
कमल: रुसमा सर्वप्रथम 1905 मा जारशाहीको गद्दी पल्टाउन सशस्त्र विद्रोह भयो तर सफल भएन ।
पेमा: जुनबेला पनि त्यस्तै हुन ।
कमल: एकैपल्ट क्रान्ति सफल हुन्न । लामो समयसम्म साधना गर्नुपर्छ । कैयौंपल्ट हार र असफलतापछि नै विजय मिल्छ । फ्रान्समा उसबेलामै त्यति ठूला क्रान्तिहरु भएका थिए तर अझ सफल हुनसकेका छेनन् । त्यसकारण क्रान्तिहमा होमिने साहस मात्रभएर पुग्दैन, उनीहरुमा हार र असफलतापछि पनि लामो समयसम्म निराश नभइकन काम गर्ने धैर्यता चाहिन्छ । लेनिन पुनः क्रान्तिको तयारीमा लागे । उनलाई खाली दुश्मनहरुका विरुद्ध मात्र लड्नु परेन । लामो समयसम्म स्वयं पार्टीभित्रका अवसरवादी तत्वहरुका विरुद्ध पनि सङ्घर्ष गर्नुपर्यो ।
पेमा: त्यहाँ पनि फेरि अवसरवादीहरु निक्ले ?
कमल: क्रान्ति गर्दा जहाँ पनि त्यस्तो भइरहन्छ । शोषकवर्ग हुन्छन् र क्रान्ति गर्नुपर्छ । उनीहरु छँदासम्म उनीहरुप्रति झुकाव राख्ने अवसरवादी र गद्दारहरु पनि निक्लिरहन्छन् । त्यस्ता खराब विचार र तत्वहरुका विरुद्ध सङ्घर्ष नगरिकन क्रान्तिलाई सफल पार्न सकिन्न । पार्टीमा लेनिनको बहुमत थियो । रुसी भाषामा बहमत पक्षलाई बोल्श्ज्ञेविक र अल्पमतलाई मेन्शेविक भनिन्छ । लेनिनले मेन्श्ज्ञेविकहरुको कडा विरोध गरे । अन्त्रूमा उनीहरुसित सम्बन्ध-विच्छेद गरेर बेग्लै क्रान्तिकारी पार्टीको गठन गरे ।
पेमा: मेन्शेविकहरुसित लेनिनको मुख्य मतभेद के कुरामा थियो ?
कमल: मेन्शेविकहरु पुँजीपतिवर्गका पिछलग्गु थिए । उनीहरुले त्यो बेलाको रुसको क्रान्ति पुँजीवादी प्रजातान्त्रिक क्रान्ति भएकोले त्यसमा पुँजीपतिवर्गको नेतृत्व र निर्णयात्मक भूमिका हुन्छ र हुनुपर्छ भन्थे । लेनिनको भनाई के थियो भने मजदुरवर्गले किसानवर्गसित संयुक्त मोर्चा बनाएर स्वतन्त्र क्रान्तिकारी भूमिका खेल्नुपर्छ ।
पेमा: उसो भए मेन्शेविक भ्ज्ञनेका पुँजीवादीवर्गका दलाल पो रहेछन् ?
कमल: सन् 1914 मा प्रथम विश्वयुद्ध सुरु भयो । त्यो साम्राज्यवादीहरुबीचको आपसी युद्ध थियो । लेनिनको के भनाइ थियो भने सर्वहारावर्गका पार्टीहरुले आफ्ना-आफ्ना देशका सरकारहरुलाइ्र्र समर्थन गर्नुहुन्न । प्रत्येक देशका मजदुरवर्गले आ-आफ्ना देशका सरकारका विरुद्ध गृहयुद्ध सुरु गरी क्रान्ति गर्नपर्छ । त्यो बेला जर्मनीको पार्टी सबैभन्दा प्रमुख थियो । टाट्स्की प्रमुख अन्तर्राष्ट्रिय नेता थिए । उनले गद्दारी गरेकाले अन्यत्र लेनिनको विचारअनुसार काम हुन सकेन । लेनिनले सन् 1917 मा रुसमा क्रान्ति सफल पारे । त्यसपछि अलिकति पनि बेर नगरिकन कम्युनिष्ट सरकारले जमिन्दार र पुँजीपतिवर्गका स्वामित्वमा भएका सारा जग्गा-जमिन, मिल, कारखानामा मेहनतकश जनताको स्वामित्व कायम गरियो ।
पेमा: स्याबास ।
कमल: त्यो देखेर दुनिया.भरका शोषकवर्ग रीसले आगो भए । इंग्लैण्ड, अमेरिका, फ्रान्स, जर्मनी, जापान आदि 14 देशका सेनाले एकैपल्ट नयाँ कम्युनिष्ट सरकारमाथि हमला गरे । तर बोल्शेविक सत्तालाई खत्तम पार्न सकेनन् । लेनिन खालि रुसमा क्रान्ति सफल पारेर चुप लागेनन् । उनले दुनियाँभरि कम्युनिष्ट पार्टीको प्रचार र सङ्गठन गर्न थाले । तेश्रो अन्तर्राष्ट्रिय, जसलाई कम्यनिष्ट अन्तर्राष्ट्रिय पनि भनिन्छ, को गठन गरे । तर लेनिन धेरै बाँच्न पाएनन् ।
पेमा: कहिले मृत्यु भयो ?
कमल: सन् 1924 मा एउटी आइमाईले झुक्काएर गोली हानेकोले त्यही चोटको पीरले उनको मृत्यु भयो । त्यसपछि स्तालिन त्यहाँका नेता बने । उनी लेनिनका शिष्य थिए । लेनिनले बाँकी राखेर गएको काम उनले पूरा गरेर रुसमा समाजवादको निर्माण गरे । द्वितीय विवश्वयुद्धका समयमा हिटलरले रुसमाथि हमला गर्यो । तर रुसमा लालसेनाले हिटलरको फौजलाई हराइदिए ।
पेमा: त्यो बेला चीनको हालत कस्तो थियो ?
कमल: रुसको क्रान्तिको असर चीनमा पनि पर्यो । चीनको क्रान्तिको इतिहास बढी भयानक छ । त्यहाँ लाखौं-लाख मान्छेहरु मारिए । कम्युनिष्ट पार्टीको नेतृत्वमा लालसेनाले लगातार 30 वर्षसम्म युद्ध गर्यो ।
पेमा: गुरिल्लायुद्ध भनेको के हो नि ?
कमल: गुरिल्लायुद्ध भन्ने वनको एउटा जनावर हो । त्यो बढी लडाकु हुन्छ । त्यसले झैं चलाकीसित धेरै दुश्मनका विरुद्ध थोरैले गर्ने क्रान्तिकारी युद्धलाई गुरिल्लायुद्ध भन्छन् ।
पेमा: चीनको कम्यनिष्ट पार्टीका नेता माओत्सेतुङ होइनन् र ?
कमल: हुन्, पहिले चीनमा पनि पुँजीपतिवर्गका पिछलग्गु नेता थिए । माओको नेतृत्व कायम भएदेखि त्यहाँको पार्टीले सही नीति लियो र सन् 1949 मा त्यहाँ क्रान्ति सफल भयो । अमेरिकाले च्याङ-काई-सेकलाई मद्दत गर्यो । तर लालसेनाको अगाडि अमेरिकाको पनि केही लागेन ।
पेमा: भियतनामजस्तो सानो देशमा त अमेरिकाको केही लागेर । झन् चीनका अगाडि ? जनता कसिएपछि प्रतिक्रियावादीहरुको जोड चल्दैन ।
कमल: त्यसैले माओले भन्नुभएको छः ”सबै प्रतिक्रियावादीहरु कागजी बाघ हुन् ।“ भियतनामको जनसङ्ख्या 3 करोड छ । त्यति सानो देश संसारका सबैभन्दा कहलिएको शक्तिसित लगातार लड्दै आएको छ । द्वितीय विश्वयुद्धका बेलामा जापानसित लडयो, फेरि फ्रान्ससित, अहिले अमेरिकासित ।
पेमा: त्यहाँको मुख्य नेता को हुन् नि ?
कमल: होचि-मिन्ह । उहाँले समस्त जीवन क्रान्तिमा बिताउनु भयो । उत्तर भियतनामको क्रान्ति उहाँकै नेतृत्वमा सफल भयो । केही वर्ष पहिले उहाँको मृत्यु भयो तर उहाँको पार्टीले हालसालै अमेरिकी साम्राज्यवादमाथि विजय प्राप्त गरेर पूरै भियतनामलाई मुक्त पार्न सफल भएको ।
भियतनाम मुकत भएपछि अहिले ऊ रुसी सामाजिक साम्राज्यवादको बुई चढेर छिमेकी राष्ट्रहरुमा नाङ्गो सैनिक आक्रमण चलाइरहेको छ । हालै कम्पुचियामाथि आक्रमण गरेर पूर्वको क्युबा नाम उपाधि लिएको छ ।
पेमा: अन्त कहाँ कम्युनिष्टहरुले क्रान्ति सफल पारेका छन् ?
कमल: दुनियाँको जम्मा जनसङ्ख्याको 3 भागमा क्रान्ति सफल भइसकेको छ । त्यो बाहेक आज एसिया, अफ्रिका, लेटिनअमेरिका, ओसेनिया र युरोपका कैयौं देशहरुमा समाजवादी र राष्ट्रिय मुक्ति आन्दोलन अगाडि बढिरहेको छ । कैयौं देशमा समाजवादी र राष्ट्रिय मुक्ति आन्दोलनअगाडि बढिरहेको छ । कैयौं देशमा क्रान्ति असफल भएजस्तै मलायामा, बर्मामा, इण्डोनेशियामा 5 लाख कम्युनिष्ट मारिए । तर कहीँ सफल, कहीँ असफल हु्र्र्र्र्र्र्र्र्र्रँदै क्रान्तिको भेल अगाडि बढिरहेको छ ।
पेमा: रुसको पार्टीले संशाधनवादको नीति कहिलेदेखि अपनाएको हो नि ?
कमल: स्तालिनको मृत्युपछि । आधुनिक संशोधनवादका नेता ख्रूश्चेभ हुन् । उनले माक्र्सवाद-लेनिनवादबाट त्यसको क्रान्तिकारी तत्व निकालेर त्यसलाई प्राणहीन पार्ने प्रयत्न गरे ।
पेमा: संशोधनवादीहरुको तरीकै त्यही हो ?
कमल: लेनिनको भनाइ के थियो भने सशस्त्र सङ्घर्षद्वारा मात्र सर्वहारावर्गले क्रान्तिलाई सफल पार्न सक्छ । पुँजीवादको घेराभित्र समाजवादतिर बढ्न सकिन्न । खाली सर्वहारावर्गको अधिनायकत्वमा मात्र समाजवादतिर अगाडि बढ्न सकिन्छ ।
पेमा: ख्रुश्चेभले त्यो भनाइमा के संशाधन गरे ?
कमल: सोभियत संशोधनवादको भनाइ के छ भने पुँजीवादी प्रणालीअन्तर्गत शान्तिपूर्ण तरिकाले पनि समाजवादतिर बढ्न सकिन्छ । यो कुरा माक्र्स-लेनिनवादको एकदम विरुद्ध छ ।
पेमा: रुस र चीनको पार्टीमा विरोध भएको त्यही कुराले हो ?
कमल: हो, ख्रुश्चेभले स्टालिनको पनि विरोध गरे । तर माओले माक्र्सवाद-लेनिनवादको झण्डालाई ढल्न दिएनन् । माओको नेतृत्वमा चीनको कम्युनिष्ट पार्टीले विश्वव्यापी रुपमा संशोधनवादका विरुद्ध अभियान चलायो । बेलैमा विरोध र भण्डाफोर गरेकाले द्वितीय अन्तर्राष्ट्रियको बेलामा र्झैं सोभियत संशोधनवादले विश्व कम्युनिष्ट आन्दोलनलाई भ्रष्ट पार्न सकेन । माओत्सेतुङ विचारधारा माक्र्सवाद-लेनिनवादको अभिन्न अङ्ग बन्न गएको छ ।

क्रमश…

पेमाले संसारमा कम्युनिष्ट आन्दोलन कहलेदेखि सुरु भएको हो ? भनेर सोध्छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here