पेमाले जनता कसलाई भन्ने, जनताका दुश्मन कसलाई भन्ने ? भनेर सोध्छन्

0
508

9
पेमा: जनता कसलाई भन्ने, जनताका दुश्मन कसलाई भन्ने ?
कमल: जनता र जनताका दुश्मनको परिभाषा देश, काल र परिस्थितिअनुसार बेग्लाबेग्लै हुन्छ । जनवादी क्रान्तिको कालमा मजदुर, किसान, देशभक्त, बुद्धिजीवी महिला, युवक, विद्यार्थी, राष्ट्रिय पुँजीपतिवर्गलाई जनता भनिन्छन् । सामन्त, दलाल तथा नोकरशाही र विदेशी एकाधिकार पुँजीपति दुश्मन हुन् ।
पेमा: राष्ट्रिय पुँजीपतिवर्ग मित्रशक्ति, दलाल, नोकरशाही र विदेशी एकाधिकार पुँजीपति दुश्मन शक्ति, यिनीहरुका बीचमा के अन्तर छ ?
कमल: विदेशी एकाधिकार पुँजीपति भनेको त स्पष्टै छ, छैन ?
पेमा: छ ।
कमल: ती साम्राज्यवादी भए । तिनीहरुको आडमा जन्मेका र हुर्केका देशभित्रका पुँजीपतिवर्ग, दलाल पुँजीपतिवर्ग हुन् । विदेशी कम्पनीबाअ कमीशन खाएर उनीहरुका सामान बेच्ने ऐजेन्ट, उनीहरुको पुँजीको बलमा देशभित्र उद्योगधन्धा र व्यवसाय चलाउने उद्योग, व्यापारी त्यही प्रकारका तत्व हुन् । स्वदेशी पुँजीद्वारा चल्ने उद्योगधन्दा बढेमा उनीहरुलाई हानी हुन्छ । जस्तै कि देशमा विदेश चुरोटको व्यापार बढ्यो भने विदेशी चुरोट कमपनी र उनीहरुका एजेन्टहरुलाई हानी पुग्यो कि पुगेन ?
पेमा: पुग्ने नै भयो ।
कमल: त्यसकारण उनीहरुको स्वार्थ विदेशी एकाधिकार पुँजीवादसित जोडिएको हुन्छ ।
पेमा: राष्ट्रिय पुँजीपतिवर्ग को नि ?
कमल: यिनीहरुको स्वार्थ र विदेश पुँजीपतिवर्गको स्वार्थमा अन्तर हुन्छ । विदेश सामानको व्यापार बढेमा उनीहरुको सामानको व्यापार घट्छ र उनीहरुलाई हानी हुन्छ ।
पेमा: उसो भने उनीहरु साम्राज्यवादका विरुद्ध हुन्छन् ?
कमल: हुन्छन्, तर सीमित रुपमा । उनीहरुको वर्गीय स्वार्थ साम्राज्यवादका विरुद्ध हुन्छ । तर आफ्नो ढुलमुल, कमजोर र दोहोरो चरित्रका कारणले ऊ आत्मगत रुपमा साम्राज्यवादको पूरै विरोधमा जान सक्दैन । क्रान्तिको शक्ति बढ्दा ऊ क्रान्तिको पक्षमा आउँछ, कमजोर हुँदा दुश्मनतिर मिल्न जान्छ । तैपनि वस्तुगत रुपमा यसको स्वार्थको रुप साम्राज्यवादविरोधी भएकोले त्यसलाई मित्रशक्ति सम्झनुपर्छ ।
पेमा: नोकरशाही पुँजीवादीवर्ग भनेको कुन हो ?
कमल: जुन ठूला-ठूला कर्मचारीहरु क्रमशः उद्योगपति बन्दै जान्छन्, तिनीहरुलाई नोकरशाही पुँजीपति भन्छन् । जनताबाट ठूलो मात्रामा ट्याक्स, बचत, राष्ट्रिय ऋण, ठेक्का, विदेश व्यापार, लाइसेन्स, भ्रष्टाचार आदिका बलमा कर्मचारीहरुको माथिल्लो तप्का क्रमशः पुँजीपति बन्दे जान्छन् । अलाल र विदेशी पुँजीपतिहरुले पनि आफ्नो स्वार्थलाई सुरक्षित राख्न प्रशासनमा आफ्ना दलालहरुलाई भदैं जान्छन् । यिनीहरुको स्वार्थको रुप प्रतिक्रियावादी हुन्छ, त्यसकारण यिनीहरु पनि क्रान्तिका विरोधी हुन्छन् ।
पेमा: नयाँ जनवादी क्रान्तिबाट मेहनतकश जनतालाई पुरानो प्रकारको पुँजीवादी क्रान्तिबाटभन्दा बढी फाइदा हुन्छ कि हुन्न ?
कमल: यसमा सर्वहारावर्गको नेतृत्व हुन्छ । त्रूसले गर्दा यसमा मेहनतकश जनताको हितप्रधन हुन्छ । त्यसकारण यसमा शोषितवर्गलाई पुरानो प्रकारको क्रान्तिबाट मिल्न नसक्ने कैयौं नयाँ लाभहरु मिल्छन् ।
पेमा: ती मध्ये मुख्य कुन-कुन हुन् ?
कमल: सर्वप्रथम, पुँजीवादी क्रान्ति, सामान्यतः सामन्ती व्यवस्थाका विरुद्ध चले पनि सामन्ती शोषणका विरुद्ध त्यसले सम्झौंताहीन कदम चाल्न सक्दैन । मुँजीपतिवर्गले सामन्तवर्गसित सम्झौंता गर्छ । बढीभन्दा बढी उनीहरुका स्वामित्वमा भएका जमिनमा आफ्नै स्वामित्व कायम गर्छ तर नयाँ जनवादी क्रान्तिले सामन्ती स्वामित्वमा भएका जग्गा खोसेर ती किसानमा बाँड्छ । पुँजीपतिवर्गको नेतृत्वमा क्रान्ति भएपछि जुन व्यवस्था कायम हुन्छ, त्यसमा पुँजीवादी शोषणलाई बल पुÚयाउन मजदुरवर्गमाथि दमन गरिन्छ । तर यसमा महेनतकश जनताको हितका लागि पुँजीपतिवर्गमाथि नियन्त्रण गरिन्छ । यो सर्वहारावर्गको नेतृत्वको अर्को मुख्य फाइदा हो ।
पेमा: नयाँ जनवादपछि पुनः समाजवादतिर जान अर्कोपल्ट विद्रोह गनु्रपर्छ कि पर्दैन
कमल: पुँजीवादी व्यवस्था समाजवादी आन्दोलनलाई रोक्न चाहन्छ । त्यसैले सशस्त्र विद्रोहद्वारा समाजवादी क्रान्ति गर्नु पनि आवश्यकता हुन्छ । तर सर्वहारावर्गको नेतृत्व भनेको त्यसको राजनीतिक प्रतिनिधि कम्युनिष्ट पार्टीको नेतृत्व हो, जसले गर्दा समाजवादतिर बाटो सेझिन्छ ।

क्रमश…………..

पेमाले नयाँ जनवाद भनेको के हो ? भनेर सोध्छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here