पेमालामाले जमिन कसको ? जोतनेको अर्थ के हो ? भनेर सोध्छन्

0
291

भाग-2
1
गंगाधर: हिजोआज तपाईले के पढ्दै हनुहुन्छ ?
पेमा: पड्न ता सकेजति र पाएजति सबै कुरा पढ्छु । तर कैयौं कुरा बुझ्दिनँ । एउटा कुरा नबुझेर धेरै नै अलमलिएको छ ।
गंगाधर: के कुरा ? भन्नुहोस् । दुवैले छलफल गरेर बुझ्ने प्रयत्न गरौंला ।
पेमा: जमिन कसको ? जोत्नेको भनेको के हो ? मैले यसको अर्थ ठीकसित बुझेको छैन ।
गंगाधर: यो नयाँ जनवादी क्रान्तिको मुख्य नारा हो । मेहनतकश किसानलाई जमिनको मालिक बनाउनु हाम्रो आजको कृषि क्रान्तिको मुख्य उद्देश्य हो ।
पेमा: त्यो ता बुझेको छु ।
गंगाधर: अनि तपाईले के बुझ्नुभएको छैन ?
पेमा: यो नाराका कतिपय व्यावहारिक पहलुहरुलाई मैले बुझ्नसकेको छैन । यो नारा कस्तो परिस्थितिमा लागू हुन्छ ? कसरी लागू हुन्छ ?
गंगाधर: सर्वप्रथम हामीले यो बुझने प्रयत्न गरौं- नाराको आवश्यकता किन भयो । एउटा सामन्तवादी देशमा एकातिर गरिब र भूमिहीन किसानहरुको समूह हुन्छ । उनीहरुले जमिनमा परिश्रम गद्रछन्, तर उनीहरुसित जमिन हुन्न । अर्कातिर यस्ता भूमिपतिहरु हुन्छन्, जसका साथ जमिन हुन्छ, तर उनीहरुले त्यसमा परिश्रम गर्दैनन् ।
पेमा: जमिन कसको ? जोत्नेको नाराले यो स्थितिलाई उल्टाइदिन चाहन्छ । जसले परिश्रम गर्दछन्, उनीहरुलाई जमिनको मालिक बनाइदिन चाहन्छ । कुरा यही होइन ?
गंगाधर: कुरा अलिकति फरक पर्यो ।
पेमा: के फरक पर्यो ?
गंगाधर: आजको अवस्था समाजको न्यायपूर्ण र स्वाभाविक अवस्था होइन ।
पेमा: अनि स्वाभाविक र न्यायपूर्ण अवस्था के हो ?
गंगाधर: जसले परिश्रम गर्दछ, ऊ नै जमिनको मालिक हो र त्यस्तो जग्गामाथि उसको हक हुनु न्यायपूर्ण र स्वाभाविक कुरा हो । तर सामन्ती व्यवस्थाले त्यो स्थितिलाई उल्टो बनाइदिएको छ ।
पेमा: परिश्रम नगर्ने समन्तका हातमा जमिनका ठूला-ठूला प्लट छन्, तर रातदिन काम गर्ने किसान जमिनबाट व´चित हुनुपरेको छ । तपाईले यसैलाई नै उल्टो अवस्ािा भन्नुभएको ?
गंगाधर: हो, नयाँ जनवादी क्रान्तिले त्यो उल्टो अवस्थालाई सुल्टो पारिदिन्छ । टाउकाले टेकेन उल्टो उभिएको मानिसलाई खुट्टामा उभ्याइदिन्छ ।
पेमा: आखिर यो उल्टो अवस्था कसरी उत्पन्न भयो ?
गंगाधर: आज जुन अवस्था छ, त्यो सधै विद्यमान थिएन । आज पनि तपाईे कैयौं किसानहरुलाई देख्नुहुन्छ । उनीहरुमा यी विशेषता देखिन्छन् । प्रथम, उनीहरु उत्पादनका साधन जमिन, कृषि (औजार)का स्वामी हुन्छन् । दोश्रो, त्यो जमिनमा उनीहरुले स्वयं परिश्रम गर्दछन् । त्यसरी उत्पादनका साधन र परिश्रम एकै ठाँउमा संयुक्त हुन्छन् । यो आदश्र स्थिति हो । त्यो स्थितिमा क्रमशः दुई गलत दिशामा परिवर्तन हुँदै जान्छन् ।
पेमा: कुन-कुन दुई दिशामा ?
गंगाधर: उत्पादनका साधन र परिश्रम एकअर्काबाट छुटेर बेग्लाबेग्लै दिशामा बढ्न थाल्दछन् । एकातिर मुट्ठीभर व्यक्तिहरुका हातमा उत्पादनका साधनहरु केन्द्रित हुन्छन् । तर उनीहरुले परिश्रम गर्दैनन् अर्कातिर मेहनत गर्ने जनताको विशाल समूहसित जमिन हुँदैन, तर उनीहरु परिश्रम गर्न तयार हुन्छन् । उत्पादनका साधन र परिश्रमबीचको यो विरोधाभासलाई समाधान गर्नु अर्थात् कृषिका क्षेत्रमा जमिन र परिश्रमलाई पुनः एकै ठाउँमा मिलाउनु कृषिक्रान्तिको उद्देश्य हो । साररुपमा ”जमिन कसको ? जोत्नेको“ भनेको अर्थ यही हो । जमिन जोत्नेको नाराले जमिन र त्यसको उब्जामाथि स्वयं मेहनत गर्ने किसानहरुको स्वामित्व कायम गर्न चाहन्छ ।

2
पेमा लामाले जमिनको वितरणको औचित्यता के हो ? भनेर सोध्छन्

पेमा: आज मानिसहरुसित जुन जग्गा-जमिन छन्, ती त्यसै आएका होइनन् । ती बिना मूल्य खोस्दा अलि अन्याय हुन्न र ?
गंगाधर: ती त्यसै आएका जग्गा नभए, के गरेर आएका हुन तो ?
पेमा: कोही कसरी आए, कोही कसरी ? कसैले के गरेर कमाए होलान्, कसैले के गरेर, कसैले जङ्गल फाँडे होलान् ।
गंगाधर: कसैले जङ्गल फाँडेर अलि-अलि जग्गा कमाउन सक्छ, बढीभन्दा बढी आफूलाई गुजारा गर्न चाहिनेसम्म मात्र गर्न सक्छन् । बढ्ता-बढ्ता जगगा कसैले आफे वा आफ्नो परिवारले परिश्रम गरेर आवद गर्न सक्दैन ।
पेमा: अनि उनीहरुले कसरी जम्मा गरे तो ?
गंगाधर: ठूला शक्तिशाली व्यक्तिहरुले बिर्ता, बकस, राज्य आदिद्वारा कैयैं जग्गा आफ्नो स्वामित्वमा गराए, सार्वजनिक जग्गा, गौचरण आदि-आदि । जबर्जस्ती दखल गरे वा दर्ता गराएर आफ्ना नाममा गराए ।
पेमा: के जग्गा आफ्नो नाममा गराउनु अन्याय हो ? त्यो त धेरैले गरेका छन् ।
गंगाधर: यदि कसैले खान नपुगेर आफ्नो निर्वाहका लागि चाहिने जति जग्गा दर्ता गराउँछ भने, त्यो नराम्रो कुरा होइन । तर जसलाई जग्गाको खाँचो छ, उनीहरुले कहीँ त्यसो गर्न पाउँछन् र ? कसैकसैले दर्ता गराइहाल्यो भने पनि थोरैथोरै मात्र दर्ता गराउन सक्छन्, त्यो पनि कति मेहनत, खर्च र दौडधुप पछि मात्र ।
पेमा: हाम्रा कान्छाबाले एउटा जग्गामा दर्खास्त हाले । गाउँमा धनीहरुले सन्नीसर्पण भनेर फालिदिए । उनीहरुले भने कत्रा-कत्रा जग्गा ओगटेर बसेका छन् ।
गंगाधर: उनीहरुले ठूला-ठूला जग्गा आफ्ना नाममा गराएर कुनै बेचेर खान्छन्, मोजमज्जा गर्छन् । कुनै गरिब किसानलाई काम गर्न लगाएर आवाद गर्छन् । किसानलाई या त बेगारमा काम गराउँछन् या काम मात्रको ज्याला दिन्छन् वा एउटा सानो जग्गा उनीहरुलाई दिएर बाॉै महिना काम गराउँछन् । पहिले कमारा-कमारी छँदासम्मा उनीहरुलाई जोत्दथे यस्ता जग्गामा आफ्नो स्वामित्व कायम गर्ने धनीहरुलाई कुनै हक छैन ।
पेमा: अनि ती जग्गामा कसको हक हुन्छ तो ?
गंगाधर: वास्तवमा आजसम्म जति जग्गा आवाद भएका छन्, ती पुस्ता-पुस्तादेखिका किसानहरुका परिश्रमले आवाद भएका हुन् । त्यसमा सामाजिक परिश्रम लागेको छ । त्यसकारण स्वभावतः ती जग्गाका वास्तविक र न्यायपूर्ण मालिक खालि मेहनतकश किसान नै हुन सक्छन् ।
पेमा: सुरुमा जग्गा आवाद गर्दा ठूलाबडो त्यसो गरे होलान् । तर पछि जसले नगद पैसा हालेर ती जग्गा किने, उनीहरुका हकमा भएका जग्गा त कसरी खोस्न भयो र ?
गंगाधर: उनीहरुसित ती जग्गा किन्ने पैसा कहाँबाट आयो ?
पेमा: कसैले मेहनत मजदुर गरेर कमाए होलान्, कसैले कम खाएर-लाएर जोरे होलान्, कसैले विदेशमा गएर चैकीदारी गरेर, भाँडा माझेर ।
गंगाधर: यसरी किसानहरुले कति जग्गा किन्न सक्छन् ? बढीभन्दा बढी निर्वाहका लागि ठी हुने जग्गा जुटाउन सक्छन्, यसरी किनेको जग्गाजमिन हरण गर्नुपर्छ भनेर हामल भन्दैनौं, बरु जाली फटाहाहरुले नै त्यस्ता जग्गाको हरण गछन् ।
पेमा: अनि कसरी किनेका जग्गाजमिनको विरोध गरेको हो तो ?
गंगाधर: जसले ठूला-ठूला कित्ता जग्गाकिन्छन्, के उनीहरुले यतिका पैसा मेहेनत मजदुरीद्वारा जुटाउन सक्छन् ?
पेमा: त्यो त सकिन्न । त्यसरी कमाएर खानैलाई ठीक हुन्छ । जीवनभरि कोसिस गर्ने हो भने बल्लबल्ल एउटा सानो खेतबारी किन्न सकिन्छ ।
गंगाधर: धेरै-धेरै जग्गा किन्न चाहिने पैसा खाली ठूलो पैमानाको शोषणद्वारा मात्रै जम्मा हुन सक्छ । त्यसको लागि कुनै तरिकाले जनतालाई ठग्नु वा लुट्नुपर्छ, कि जालझेल, कि झुट्ठा मुद्दामामिला, कि घूसखोरी, कि सुदखोरी आदि गरेर । कुनै जग्गा पैसा नै हालेर किनेको भए पनि त्यसको श्रोत अन्यायपूर्ण भएपछि त्यसरी किनेको जग्गामाथिको हकलाई कसरी न्यायपूर्ण भन्न सकिन्छ ? अन्याय, शोषण र लुटको पैसाले जग्गा किन्ने बाहेक कैयौं धनीहरुले सित्तै जबरजस्तीपूर्वक किसानहरुका जग्गा खोस्छन् । उनीहरुले पुस्ता-पुस्देखि यसरी अर्काको जग्गाको हरण गर्दै आएका छन् । आज धनीहरुसित जुन जग्गा देखिन्छ, ती सबै माथिका बेग्ला-बेग्लै प्रकारका शोषण, अन्याय र जबरजस्तीपूर्वक जम्मा हुँदै आएका हुन् ?
पेमा: त्यो सबै हिसाब गर्ने हो भने जसले त्यसो गरेका थिए, उनीहरु मरिसके । उनीहरुका सन्तानसित त्यो सबैको हिसाब माग्नु हुन्छ र ?
गंगाधर: त्यो कुरामाथि हामीले सामाजिक दृष्टिले विचार गर्नुपर्छ, व्यक्तिगत किसिमले होइन । यदि कसैका पूर्खा पहिले गरिब भए पनि, परिश्रमद्वारा नै केही कमाई गरेका भए पनि अब उनीहरुका सन्तानले शोषण र अन्यायद्वारा जीवननिर्वाह गर्छन् भने उनीहरुको विरोध गर्नुपर्छ । यदि कसैका पूर्खा ठूला शोषक थिए, अब उनीहरुका सन्तान गरिब भइसकेका छन्, मेहनत र परिश्रमको जीवन बिताउँछन् भने उनीहरुलाई हामीले शोषक नसम्झेर किसान नै सम्झनुपर्छ । तर यदि उनीहरुसित बाउबाजेले कमाएका ठूला-ठूला जग्गाजमिन छन् भने बाउबाजेले कमाएका हुन् भनेर तिनीहरुलाई छाड्न हुन्न ।

क्रमश………….

पेमाले जनता कसलाई भन्ने, जनताका दुश्मन कसलाई भन्ने ? भनेर सोध्छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here