पुष्पराज शर्माप्रति हार्दिक श्रद्धान्जली

0
178

कोयम्बटोर । ढिलोगरि प्राप्त जानकारी अनुसार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटूर नगर समितिमा लामो समयसम्म ईमानदार र मिलनसार रुपमा संगठन भित्र पारदर्शी भूमिका निभाउँदै आउनु भएका पुष्पराज शर्माको दुःख निधन भएको छ । वहाँ स्वदेश कञ्चन गा.पा. ४ रुपन्देहि (हरैया) निवासी हुनुहुन्थ्यो । बर्ष ६२ का क. पुस्पराज शर्माको निधनको खबरले हामीलाई स्तब्ध तुल्याएको छ । वहाँ तिरुपुर बालु जिनिङ्ग अमर ज्योति मिलमा कार्यरत हुनु हुन्थ्यो । २८ डिसेम्बर २०१८ का दिन असामयिक निधन भएको थियो ।

पुष्पराज शर्माप्रति हार्दिक श्रद्धान्जली

वहाँको दुःख निधन भएको समाचार प्राप्त हुनसाथ मूल प्रवाह अभानेएसका कार्यकर्ताहरू र वहाँका आफन्तजन त्यस घटनास्थलमा पुग्नुभएको थियो । मृतक शर्माका छोरा विजय शर्मा र भाई खगराज शर्माको प्रतिक्षा पछि २९ डिसेम्बर २०१८ का दिन कार्यरत कम्पनीका मालिकसँग क्षतिपूर्तिको लागि वर्ता सफलता पछि पुलिस प्रशासनको प्रकृया पुरागरि शव पोस्ट मार्टम पश्चात दाह संस्कार गरिएको थियो ।

सोही स्थानमा मृतकको संझनामा मूल प्रवाह कोयम्बटूर नगरले शोकसभा सम्पन्न पारेको थियो । रवि शंकर शर्माको अध्यक्षता तथा गोपाल शर्माको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा केशव शर्मा (गोपी), मुक्तिनाथ शर्मा(तिरुपुर), लक्षमी प्रसाद शर्मा (कोवै), झलक शर्मा (करुर) र चन्द्रकान्त शर्मा (जा‘नसन)आदिले शोक मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here