पुरुष गर्भ निरोधक GEL

0
384

अनुशंधानकर्ताहरुले असरदार भएको दावी
लंडन । बैज्ञानिकहरुको एक समुहले पुरुष गर्भनिरोधक जेल विकसित गरेको दावा गरेको छ । उनीहरुले यसको ट्रायल २०१८ को शुरुमा गर्ने बताएका छन् ।

ट्रायलका लागि सहभागि पुरुषहरुलाई जेलको एक पंप बटल दिइने छ । जसबाट पुरुषहरुले आधा चम्चा जेल आफ्नो पिठ्यूमा प्रत्येक दिन लगभग चार महिनासम्म लगाउनु पर्ने छ उनै बैज्ञानिकहरुले बताएका छन् ।

जेलको सक्रिय केमिकल्समा नेस्टेरोन नामको प्रोजेस्टिन र टेस्टोस्टेरोन सिंथेटिक फार्म मिलाइएको छ । स्पर्म सेल्स बनाउनका लागि शरीरका टेस्टोस्टेरोनको आवश्यकता पर्दछ, जबकि प्रोजेस्टिकले वीर्यकोष टेस्टोस्टेरोनलाई उत्पादन हुनबाट रोकने छ ।

अप्रेल २०१८ मा जो लेटेस्ट ट्रायल मानिने छ । जसले २०१२ मा भएको एक्सपेरिमेंटको अनुसरण गर्नेछ । जसमा जेल ९० प्रतिशत पुरुषहरुमा स्पर्मको संकेद्रण या जमावको कम गर्दिने प्रमाणित भएको थियो । यो अनुशन्धानको मुख्य अनुशन्धान कर्ता स्टेफनी पेज भन्छिन्: “म यो कुराई लिएर आश्वस्त छु कि यदि पुरुषले यो जेलको प्रत्येक दिन सहि तरिकाले प्रयोग गरेमा अवश्य असरदार हुनेछ ।”

जेल लागाई सकेपछि लगभग ७२ घंटासम्म पुरुषको स्पर्म उत्पादनमा गिरावट आउनेछ । ट्रायल सफल भए पनि यो गर्भनिरोधक जेललाई मार्केटमा र आम पब्लिक समक्ष पुग्न कैयौं वर्ष लाग्ने सो समुहले बताएको छ ।
हालसम्म पुरुषहरुको लागि गर्भनिरोधकमा कण्डम र नसबन्दीको मात्रै सबैभन्दा सफल मानिएको छ ।
:हिन्दी पत्रिका राष्ट्रिय साहराबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here