पाल्पा बस दूर्घटनामा ज्यान गुमाउनेहरुप्रति सांसद दुर्गा पौडेलद्वारा श्रद्धान्जली

0
534

सड्कको दूरावस्थामा सुधार र यातायात सम्बन्धि कानूनको प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय जनमोर्चाद्वारा माग

जेठ १९, काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले पाल्पा बस दूर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली मृतकका परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । पौडेलले एक विज्ञप्ती जारी गरि दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारजनलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको समूचित व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

सांसद पौडेलले बर्सेनी सडक दुर्घटनामा औसत २ हजारजनाको ज्यान गएको देखाउँछ, यस्ता कहालीलाग्दा सडक दुर्घटनाहरु बारम्बार किन दोहरिइरहेका छन् ? भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको छ । वहाँले यातायात कानून र सवारी नियमहरुको कडाइपूर्वक पालना गराउने र दुरावस्थाका सडकहरुको उचित मर्मत सम्हार गर्ने तर्फ सरकारको ध्यान त्यति पुगेकोले नै यस खालका दु:खद दुर्घटनाहरु बढ्दै गएको बताउनु भएको छ । सडकको अवस्था हेर्ने सडक विभाग, गाडिको अवस्था हेर्ने ट्राफिक र यातायात व्यवस्था कार्यालयबीच उचित समन्वय नहुनुका कारणले पनि यस प्रकारका दुर्घटनाहरु दिनप्रतिदिन बढिरहेको पौडेलको आंकलन छ । पौडेलले विज्ञप्ती मार्फत सडकहरुको दुरावस्थामा सुधार ल्याउन र यातायात सम्बन्धी कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ ।

वक्तव्यको पूर्ण पाठ तल:

पाल्पाको रामपुरमा रहेको अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गर्न तानसेनबाट हिडेका लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरु यात्रारत रहेको लु १ ख ९७५ नम्बरको बस रम्भागाउँपालिका ४ हुमिन पाल्पामा यही जेष्ठ १८ गते दुर्घटना ग्रस्त हुँदा १५ जनाको निधन र १० जना घाइने भएको घटनाबाट राष्ट्रिय जनमोर्चा स्तब्ध र मर्माहत भएको छ । सर्वप्रथम त हामी उक्त बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली मृतकका परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारजनलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको समूचित व्यवस्था मिलाउन सरकारसँग माग गर्दछौं ।

नेपालमा पछिल्लो समयमा सडक दुर्घटनाहरु बढ्दै गएको देखिन्छ । सरकारी तथ्यांकले नै बर्सेनी सडक दुर्घटनामा औसत २ हजारजनाको ज्यान गएको देखाउँछ । यस्ता कहालीलाग्दा सडक दुर्घटनाहरु बारम्बार किन दोहरिइरहेका छन् ? भूगोल तथा सडकको दुरावस्ता र चालकको लापरवाहीका कारण यस खालका दुर्घटनाहरु हुने गरेको बताइन्छ । तर यातायात कानून र सवारी नियमहरुको कडाइपूर्वक पालना गराउने र दुरावस्थाका सडकहरुको उचित मर्मत सम्हार गर्ने तर्फ सरकारको ध्यान त्यति पुगेको देखिंदैन र नै यस खालका दुर्घटनाका दु:खद घटना बढ्दै गएका हुन् । सडकको अवस्था हेर्ने सडक विभाग, गाडिको अवस्था हेर्ने ट्राफिक र यातायात व्यवस्था कार्यालयबीच उचित समन्वय भएको देखिंदैन । जसका कारण पनि यस प्रकारका दुर्घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । सडकहरुको दुरावस्थामा सुधार ल्याउन र यातायात सम्बन्धी कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।

२०७५ जेष्ठ १९ गते

दुर्गा पौडेल
उपाध्यक्ष एवं प्रवक्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here