पार्टी निर्णय मान्य : दुर्गा पौडेल

0
2701

साउन १५, काठमाडौ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता तथा सांसद दुर्गा पौडेलले पार्टीले गर्ने हरेक निर्णय आफ्ना लागि मान्य हुने बताउनु भएको छ ।

राजधानीबाट प्रकाशित एक साप्ताहिक पत्रिका र कतिपय अनलाइनहरुले नेकपाको सचिवालय सदस्य वामदेव गौतमको चाहना डोल्पाको सट्टा प्युठानबाट उम्मेदवार बन्ने भएको र त्यसका लागि राष्ट्रिय जनमोर्चाकी प्युठानबाट निर्वाचित सांसद दुर्गा पौडेललाई राजिनामा दिन लगाउने कुरा भइरहेको समाचार प्रकाशित गरेका थिए । त्यस सिलसिलामा दुर्गा पौडेललाई पछि राष्ट्रिय सभाको सदस्य र मन्त्री समेत बनाउने आश्वासन दिएको कुरा पनि लेखिएको छ ।

उक्त समाचारबारे हाँक साप्ताहिकका प्रतिनिधिले दुर्गा पौडेलको प्रतिक्रिया लिदा उहाँले भन्नु भयो– “म कहाँ उम्मेदवार हुने वा कहाँ कुन पदबाट राजिनामा दिने ? त्यो कुरा हाम्रो पार्टीसित सम्बन्धित विषय हो र पार्टीले त्यसबारे जे पनि निर्णय गर्दछ, त्यो मलाई सधैं मान्य हुन्छ । अन्य राजनीतिक सङ्गठनभित्र त्यसबारे कुन प्रकारको कुरा चल्दछ ? त्यो मसित सम्बन्धित कुरा होइन । त्यसैले विभिन्न समाचार माध्यममा प्रकाशित त्यो समाचारलाई मैले कुनै महत्व दिन्न र त्यसबारे कुनै प्रतिक्रिया दिनु पनि आवश्यक ठान्दिना ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here