भदौ ६, विरगञ्ज । कुनै पनि पार्टीको अस्तित्व क्रान्तिकारी सिद्धान्त र विचारले नै निर्धारण गर्दछ । यदि यसप्रकारको दृष्टिकोणमा कमि आउदै गयो भने क्रान्तिकारी पार्टीको अस्तित्व नै समाप्त भएर जान्छ, सो धारणा नेकपा(मसाल)का महामन्त्री मोहन विक्रम सिंहले बताउनु भएको हो । कार्ल माक्र्स द्धिशबार्षिकीको आयोजनामा भाद्र ६ गतेका दिन विरगंजमा २ नं.प्रदेशस्तरिय मधेसमा माक्र्सवाद विषयक गोष्ठीमा, वहाँले सो धारणा राख्नुभएको हो । देशमा बामपन्थी सरकार कायम भएपनि यो सरकारले जनताका मूलभूत बिषयवस्तुलाई संबाधेन गर्न नसकेको बताउँदै वहाँले संविधानमा समाजवादोन्मुख शब्द उल्लेख गरेपनि वास्तवममै यो सरकार समाजवादको दिशातर्फ अग्रसर हुन नसकेको वहाँको धारणा थियो । प्रतिक्रियावादी शासकहरुसित श्रमजीवी जनताको अन्तरविरोध चर्कदै गैरहेको परिपेक्ष्यम नेपालमा मात्रै होइन, विश्वव्यापीरुपमा कम्युनिष्ट आन्दोलनको भविष्य उज्जवल रहेको वहाँको तर्क थियो ।
दुई ठूला बामपन्थी पार्टी मिलेर बनेको नेकपा संख्यात्मकरुपमा ठूलो भएपनि सो पार्टी विचार र सिद्धान्तबाट धेरै टाढा पुग्दै गएको, नेकपाका नेता राम कार्कीले सो अवसरमा बताउनु भयो । यदि यहि स्थिति रहिरहने हो भने पार्टीको अस्तित्व नै समाप्त हुने वहाँको दावि थियो । सुविधाभोगी चिन्तनले केहि बर्ष यता नेता तथा कार्यकर्ताहरुमा नैराश्यता बढ्दै गएको बताउदै वहाँले देशको समाजवादी आन्दोलनलाई अगाडि बढाउन, वर्ग संघर्ष चर्काउनुपर्ने वहाँको धारणा थियो ।
भाद्र ६ र ७ गरी दुई दिनसम्म चलेको सो गोष्ठीको उद्घाटन समारोहको प्रमुख अतिथि नेकपा(नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल हुनुहुन्थ्यो । गोष्ठीका अन्य अतिथिहरुमा नेकपा(नेकपा) केन्द्रिय नेताहरु गणेश शाह, रामचन्द्र झा तथा कार्ल माक्र्स द्धिशतबार्षिकीका संयोजक घनश्याम भुसाल, सचिवालय सदस्यहरु डा.विजय पौडेल, समिर सिंह हुनुहुन्थ्यो । सो गोष्ठीमा २ नं.प्रदेशका सबै जिल्लाहरुबाट लगभग १३ सयको संख्यामा नेकपा(नेकपा) तथा राष्टिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
भाद्र ७ गतेकै दिन सिमरास्थित बिमानस्थलको सभाकक्षमा पत्रकारहरुसित कुरा गर्दै महामन्त्री मोहन विक्रम सिंहले, मधेशमा किसान आन्दोलन तथा वर्ग संघर्षको गौरवमय सुनौलो इतिहास रहेको बताउदै, हालका दिनहरुमा क्षेत्रीयतावादी तथा जातीय सोचाई हावि हुदै जाँदा त्यसप्रकारको सुनौलो इतिहासमा धब्बा लाग्न पुगेको वहाँको तर्क थियो । फेरि पनि नेपाली राजनीतिमा सबैभन्दा अन्तरविरोध मधेसमा नै भएकोले मधेस भूमिमा वर्ग संघर्षलाई चर्काउनुपर्ने वहाँको धारणा थियो । संघीयताका कारण नेपाली जनताले चर्को करको सामना गर्नु परेको बताउदै वहाँले यो विषम परिस्थितको सामना गर्दै सशक्त आन्दोलनको उठान गर्नुपर्ने वहाँको धारणा थियो । सोही अवसरमा पत्रकारहरुसित कुरा गर्दै कार्ल शतबार्षिकीका संयोजक घनश्याम भुसालले कुनै पार्टी चुनाव देखि चुनावसम्म मात्र सिमित हुन्छ भने त्यसको अस्तित्व नै समाप्त हुने दावि गर्नु भयो ।