पानीपतमा मूल प्रवाहको १६ औं सम्मेलन सम्पन्न

0
389

पानीपत, २० मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत पानीपत नगर समितिको १६औं सम्मेलन पानीपत स्थित कामरेड टिका राम सखुन हल सहिद भगत सिंह स्मारकमा सम्पन्न भएको छ ।

प्रेम प्रसाद पौडेलको अध्यक्षता तथा यमलाल पौडेलको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलन केन्द्रीय सचिव ठाकुर खनालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै क्षेत्रीय सचिव बि शंकर, क्षेत्रीय सदस्य तथा रोहतक नगर अध्यक्ष रेशम बिकले अतिथि आसन ग्रहण गर्नुभएको थियो । सम्मेलनमा सहभागिहरुलाई दिनानाथ पाण्डेले स्वागत गर्नुभएको थियो ।

नयाँ निर्वाचित कार्यकारिणीको नामावली क्षेत्रीय सचिव बि. शंकरले घोषणा गर्नु भएको थियो । सम्मेलनले चेत बहादुर कार्कीको अध्यक्षतामा ११ पूर्णसदस्य ३ बैकल्पिक सदस्य ५ सल्लाहकार गरि १९ सदस्यीय पानीपत नगर समितिको चयन गरेको छ । जस्माः उपाध्यक्ष– प्रेम प्रसाद पौडेल, सचिव– नरेश चन्द, सहसचिव– नुमानन्द पौडेल र कोषाध्यक्ष– कृष्ण पाण्डे रहेका छन् । त्यस्तै सदस्यमाः यम लाल पौडेल, हरि गुरुङ, दिना पाण्डे, भोजराज बण्जाडे, रोमकला पौडेल, बैकल्पिक सदस्यमा बाबुराम क्षेत्री, तुलाराम रावत र सीता पुन रहेका छन् । सम्मेलनले डेम लाल बण्जाडे, विमला पुंजाली, केशव कडेल, रोहित शाह र त्रिलोचन न्यौंपानेलाई सल्लाहकार चयन गरेको छ ।

नवनिर्वाचितहरुलाई बधाई मन्तव्यको क्रममा प्रमुख अतिथि ठाकुर खनालले भारत स्थित नेपालीहरुका समस्या, मताधिकार एवं राष्ट्रियता बारे प्रष्ट्यानु भयो । नेपालमा एमाले माओवादी केन्द्रको एकता हुनु स्वागत योग्य कदम भएता पनि माक्र्सवाद, लेनिनवाद पथप्रदर्शक सिद्धान्त मै रहन्छ भन्ने आशा गर्नु गलत हुने बताउनु भयो । ‘ति दुबै पार्टीको सैद्धान्तिक विचलन धेरै तल खसी सकेको छ ।’ देशमा नयाँ जनवादी क्रान्ति बिना देशको विकास तथा नेपाली जनताको उन्नति नहुने पनि नेता खनालले जोड दिनु भयो ।

त्यस्तै महिला कार्यकर्ता कमला पौडेल, वयोवृद्ध श्याम थापाले पनि नव निर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here