पाण्डेचेरीमा ४०औं स्थापना दिवस मनाइयो

0
132

पाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा तत्कालिन अखिल भारत नेपाली एकता समाज बर्तमान मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४०औं बसन्तमा टेकेको उपलक्ष्यमा स्थापना दिवश भब्यरुपमा मनाएको छ ।

नगर अध्यक्ष जनक राज पौडेको अध्यक्षता तथा नगर सचिव गोविन्द शर्माको संचालनमा अगाडि बढेको सो सभामा शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि । उपस्थित जनमानसलाई नगर समिति सदस्य गंगाराम आचार्यले शब्दद्धारा स्वागत गर्नु भएको थियो ।

केन्द्रीय पार्षद सदस्य चन्द्रकान्त शर्मा, क्षेत्रीय प्रतिनिधी प्रेम सुवेदी, विद्यार्थी विभाग क्षेत्रय, समिति विजय शर्मा महिला विभाग अध्यक्ष बिष्णु शर्मा, सचिव जमुना शर्मा, बाल संगठनबाट विनिता शर्मा, प्रभात शर्मा लगायतले मन्तव्य दिनुभएको थियो ।

बक्ताहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रवासीएका नेपालीहरु बीच अभिभावकीय भूमिका निर्वाह गर्न सफल भएको बताए । संगठनको संजाल विश्वभरि नै फैलिएको बारे स्पष्ट्र पार्दै नेपालीहरुलाई संगठित र सचेत बनाउन अझै संगठनले महत्वपुर्ण भुमिका निर्वाह गर्दै देशको राजनीतिप्रति ध्यान दिनुपर्ने, राष्ट्रिय स्वाधिनता अखण्डता जनजिविकाप्रतिको आन्दोलनलाई पुर्ण सहयोग गर्नु पर्नेमा ध्यानाकर्षित गर्नु पर्ने दायीत्व पनि अरु बढ्दै गएको विषयलाई बक्ताहरुले जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here