पाण्डेचेरीमा भैलो समारोह सम्पन्न

0
271

पाण्डेचरी, ६ नोभ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा विक्रम सम्वत २०७५ साल (२०१८) को प्रगतिशिल भैलो समारोह भब्यरुपमा सम्पन्न पारिएको छ ।

बिष्णु शर्माको अध्यक्षता तथा नगर सचिव गोविन्द शर्माको सचालनमा अगाडि बढेको सो भैलो समारोहमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य भगवति कुवँर, केन्द्रीय सल्लाकार सुर्य थापा, पार्षद सदस्य चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समिति सहसचिव तथा नगर समिति पाण्डिचेरी अध्यक्ष जनक राज पौडेल, क्षेत्रीय प्रतिनिधि प्रेम सुवेदी, समता विभागबाट विनोद गायक, रक्तिम विभागकी कुमारी थापा, विद्यार्थी विभाग क्षेत्रीय समिति तथा पाण्डिचेरी अध्यक्ष पृया कुवँर, महिला विभाग जमुना शर्मा लगायतको आतित्थ्यता रहेको थियो ।

शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि रक्तिम कलाकार र गंगाराम आचार्यले स्वागत गर्नु भएको थियो ।

भैलो कार्यक्रमको उद्घाटन मूल प्रवाह केन्द्रीय समिति सदस्य भगवति कुवँरले दीप प्रज्वलीत गरि तालिको गड्गडहाट विच गर्नु भएको थियो । सबै अथितिहरुले प्रगतिशिल भैलो कार्यक्रम र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भुमिका बारे विचार राख्दै भैलो कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

रक्तिम विभागका कलाकारहरुको सांस्कृतिक कार्यक्रम बेजोड प्रस्तुति र नगर अन्तर्गतका एरिया समितिहरुको आर्थिक नैतिक भौतिक सहयोग, पाण्डिचेरी स्थित नेपाली दाजुभाई दिदी बैनीहरुको अत्याधिक उपस्थिति साथै सहयोगीहरुलाई मूल प्रवाह नगर समिति पाण्डिचेरी सबै प्रति कृतज्ञता प्रकट गरिएको थियो ।

कार्यक्रम सम्पन्न पार्न दिन रात भोक प्यास सहेर खट्ने रक्तिम कलाकार र विभागका सबै हाम्रा विद्यार्थी भाई बैनीहरुप्रति हामी गौरवान्वित भएको नगर अध्यक्ष जनकराज पौडेलले बताउनु भएको छ । पौडेलले सम्पूर्ण जनसमुदायलाई धन्यबाद व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here