पाण्डेचेरीमा तीजि कार्यक्रम भव्य रुपमा मनाइयो

0
349

पाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत महिला विभागको आयोजनामा महिलाहरुले मनाउँदै आएको हरितालिका तीजि कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।

विभागकी जमुना शर्माको सञ्चालन, महिला विभाग अध्यक्ष बिष्णु शर्माको अध्यक्षता रहेको कार्यक्रममा अथिति आषणग्रहणमा मूल प्रवाह केस सदस्य भगवति कुँवर, सल्लाहकार सुर्य थापा, दक्षिण भारत क्षेत्रीय सह सचिव तथा अध्यक्ष जनकराज पौडेल, क्षेत्रीय सदस्य डिल्लीप्रसाद शर्मा, केन्द्रीय पार्षद चन्द्रकान्त शर्मा लागायतको आतिथ्यता रहेको थियो ।
वीर शहिदको संझनामा एक मिनेट मौनधारण पछि, रक्तिम कलाकारहरुले स्वागत गित प्रस्तुत गर्नु भएको थियो । उपस्थित जनसमुदायहरुलाई विभागकी कुमारी थापाले शब्दबाट स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य श्रीमती भगवति कुँवरले क्यान्डिल बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन भाषणमा महिलाहरुले मनाउँदै आएको हरितालिका तीजि कार्यक्रमलाई महिला अधिकारका लागि संगठित आन्दोलनको रुपमा रुपान्तरण गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रम सफलताको शुभकामना मूल प्रवाह क्षेत्रीय सहसचिव तथा पाण्डिचेरी नगर अध्यक्ष जनक राज पौडेलले महिलाहरुको हत्या हिंसा वलात्कार देशमा घटिरहेका जघन्य घट्नाहरु नियन्त्रण गर्ने कानुन बने पनि कार्यान्यवनमा फितलो भएको भन्दै स्वंम महिलाहरु संगठित भई सचेत हुनु पर्नेमा कुँवरले जोड दिनुभएको थियो ।

मूल प्रवाहले भारत स्थित महिलाहरुलाई संगठित सचेत बनाउँदै लगेको, महिलाहरुका पर्वहरु परम्परागत रुपमा भन्दा पनि प्रगतिशिल, महिला मुक्ति आन्दोलनको एउटा स्वरुपको रुपमा मनाउनु पर्नेमा जोड दिनु भएको थियो । क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा, केन्द्रीय सल्लाहकार सुर्य थापा, पार्षद सदस्य चन्द्रकान्त शर्माले पनि कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । अत्याधिक जनसहभागिता विचमा कार्यक्रम अत्यन्तै भब्य र साहान्दाररुपमा सम्पन्न भएको थियो । महिलाहरुले देशमा चलिरहेका हत्या हिंसा वलत्कार र संघीयताले निम्ताएको विकाराल अवस्था बारे संगितबद्ध रुपमा गितहरु प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रमको शिलशिलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति, रक्तिम विभागको घोषणा चन्द्रकान्त शर्माले गर्नु भएको थियो । राजु थापा मगरको संयोजकमा, कुमारी थापा, लिना थापा, राजेन्द्र जिसी, जमुना शर्मा, सोनिया परियार, मेघा परियार, चन्द्रकान्त शर्मा, पृया कूवँर, प्रर्मिला कुवँर, विनिता शर्मा, सुर्य थापा, हरिकला थापा, सपना थापा, सफल गायक, गरि १५ जना रहेको रक्तिम विभाग सठन भएको छ ।

विभागको कार्यकाल सफलताको शुभकामना दिदै उल्लेखित अथितिहरुले बधाई दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here