पाण्डेचरीमा मूल प्रवाहको संगठन विस्तार

0
413

पाण्डेचरी, ९ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत दक्षिण टाउन एरिया द्धारा संचालित ए टोल समितिको भेला नगर समिति सदस्य गंगाराम आचार्य, महिला विभागकी जमुना शर्मा र राजु पौडेलको विशेष पहलमा भब्यरुपमा सम्पन्न भएको छ ।

जय बहादुर गायकको अध्यक्षता र राजु पौडेलको सञ्चालन पछि शहिदहरुको संझनामा एक मिनेट मौनधारण कृष्ण पौडेलले शब्दद्धारा भेलामा उपस्थित जनमानसलाई स्वागत गर्नु भएको थियो ।

भेलामा मूल प्रवाह केन्द्रीय पार्षद सदस्य चन्द्रकान्त शर्मा, नगर अध्यक्ष जनकराज पौडेल, उपाअध्यक्ष नरबहादुर केसी, सहसचिव राजु थापा मगर, नगर सदस्य गंगाराम आचार्य, महिला विभाग अध्यक्ष विष्णु शर्मा, सचिव जमुना शर्मा, मुदलियर पेट एरिया समितिबाट राजु पराजुली लगायतले भेला सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

भेलाले राजु पौडेलको अध्यक्षतामा ११ सदस्यीय ए टोल समिति गठन गरेको छ । जसमाः उपाअध्यक्ष सविता विक, सचिव जे कृष्ण पौडेल, सहसचिव पर्मिला गायक, कोषाध्यक्ष सञ्जु गायक, सदस्यहरुमा जयबहादुर गायक, टि कृष्ण पौडेल, सरिता शर्मा, मनिरत्न शर्मा र नविता गायक रहनु भएको छ ।

नव निर्वाचित समितिलाई जमुना शर्मा र नरबहादुर केसीले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here