पाण्डीचेरीमा विद्यार्थी, महिला, बालक र समताको भेला सम्पन्न

0
333

पाण्डेचेरी, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डीचेरी अन्तर्गत संयुक्त विभागिय भेलाहरु भब्यरुपमा सम्पन्न भएका छन् । नगर समितिका सदस्य गंगाराम आचार्यको सञ्चालन तथा बिष्णु शर्माको अध्यक्षता रहेको उक्त भेलामा अथितिहरुले आशनग्रहण गर्नुभएको थियो । केन्द्रीय सदस्य मति भगवती कुवँर, सल्लाहकार सुर्यबहादुर थापा, दक्षिण भारत क्षेत्रीय समिति सहसचिव तथा पाण्डीचेरी नगर अध्यक्ष जनकराज शर्मा प.(पौडेल), क्षेत्रीय समिति सदस्य डिल्ली प्रसाद शर्मा, केन्द्रीय पार्षद सदस्य चन्द्रकान्त शर्मा हुनुहुन्थ्यो ।

ज्ञातअज्ञात वीर शहिदप्रति एक मिनेट मौनधारण, पछि रक्तिमका कलाकारहरुबाट स्वागत गित प्रस्तुत गर्नु भएको थियो । शब्दबाट नगर उपाअध्यक्ष नरबहादुर केसीले उपस्थित जनमानसलाई स्वागत गर्नु भएको थियो । कार्यक्रम अत्यन्तै उत्साहजनक रुपमा अघिवढेको थियो ।

कार्यक्रमलाई केन्द्रीय समिति सदस्य भगवती कुवँरले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । त्यस्तै दक्षिण भारत क्षेत्रिय समिति सहसचिव के जनकराज शर्मा (पौडेल)ले शुभकामना मन्तव्य दिनु भएको थियो ।

विद्यार्थी समितिः
अध्यक्ष– पृया कुवँर, सचिव– सुमन थापा, कोषाध्यक्ष– विजय शर्मा त्यस्तै सदस्यहरुमाः विनिता शर्मा, पुष्पा शर्मा, संझना क्षेत्री, पृया गायक, सफल गायक, कुशल पौडेल, सोनिया परियार, मेघा परियार, किरण पौडेल, संगिता क्षेत्री, पुष्पा क्षेत्री, नवीन कुमार, विशाल विक, रोशन थापा, प्रमिला कुवँर र पृती गायक रहनु भएको छ । समितिको घोषणा खड्क बहादुर कुवँरले गर्नु भएको थियो ।

महिला विभाग :
द्वितीय महिला नगर विभागको भेलाले विष्णु शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमाः सचिव– सचिव जमुना शर्मा, कोषाध्यक्ष– उमा केसी, सदस्यहरुमाः भगवति कुवँर, सरस्वती गायक, कुमारी थापा, सविता वि.क, सञ्जु शर्मा, हरि कला थापा, दुर्गा देवी शर्मा, कौशिला शर्मा, माया देवी खनाल, हिरा देवी शर्मा, संझाना गायक, तुलसी गायक, सपना गायक, लक्ष्मी गायक, निलम शर्मा, गायत्री शर्मा, मिना गायक सितल गायक, माया गायक, सुशिला केसी र गुमा देवी शर्मा रहेका छन् । समितिको घोषणा जनकराज पौडेलले गर्नु भयो ।

बाल संगठन :
संयोजक– सदिश गायक सदस्यहरु क्रमशः प्रमोद शर्मा, सपना थापा, समीर गायक, प्रभात शर्मा, सुरेन्द्र गायक, अप्सरा गायक, लक्ष्मण क्षेत्री, नर्वु सुशील थापा, रोशनी गायक, अनिता गायक, सिजन गायक, मिलन गायक, सिद्धान्त गायक र मिलन कुमार परियार रहेका छन् । समितिको घोषणा जनकराज पौडेलले गर्नु भएको थियो ।

समता विभाग :
संयोजक– गमबहादुर विक, सदस्यहरुमाः विनोद गायक, सुर्य गायक, राजेन्द्र परियार, राजु गायक, सफल गायक, संझना गायक, सपना गायक, सविता विक, सरस्वती गायक, लक्ष्मी गायक, उदय गायक, शिव गायक, दिपक गायक, रविन्द्र परियार, प्रेम परियार र गोरख परियार रहेका छन् । विभागिय समितिको घोषणा चन्द्रकान्त शर्माले गर्नु भएको थियो ।

चारवटै संयुक्त विभागिय भेलाहरुलाई मूल प्रवाह केन्द्रीय समिति पार्षद सदस्य चन्द्रकान्त शर्मा, केद्रीय सल्लाहाकार सुर्य थापा, दक्षिण भारत क्षेत्रीय समिति सहसचिव तथा पाण्डीचेरी नगर अध्यक्ष जनकराज शर्मा (पौडेल) क्षेत्रीय समिति सदस्य डिल्लीप्रसाद शर्माले नयाँ विभागिय समितिका सदस्यहरुलाई बधाई दिनुभएको थियो । साथै विभाग गठनको औचित्यता र अधिकार प्राप्तिको आन्दोलन बारे प्रष्ट्याउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here