पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्यदणडको सजाय

0
110

लाहोर : पाकिस्तानी पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई  मंगलबार मृत्यदणडको सजाय सुनाइएको छ । मुर्सरफलाई देशद्रोहीको मुद्दामा लाहोर उच्च अदालते मृत्युदण्डको सजाय सुनाएको हो ।

मुर्सरफ भने अहिले पाकिस्तानमा छैनन् । उनी दुबईमा स्वास्थ्य उपचार गराइरहेका छन् । उनले केहीदिन अघि दुबईबाटै उनले आफ्नो बिग्रिएको स्वास्थ्य अवस्थाको बारेमा जानकारी एक भिडियो मार्फत गराएका थिए । सोही भिडियो मार्फत उनले आफुमाथि लागेको संविधानको अवहेलना र गम्भीर देशद्रोहको आरोप निराधार भएको भन्दै आरोप अस्वीकार गरेका थिए ।

सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा उनीमाथि देशद्रोहको मुद्दा लगाइए थियो। उक्त मुद्दा विशेष अदालतले २८ नोमेम्बरमा मुसर्रफलाई आफ्नो बयान पेश गर्न ५ डिसेम्बरसम्मको अन्तिम सीमा तोकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here