पाकिस्तानद्वारा अमेरिकी कूटनीतिज्ञलाई देश छोड्नमा रोक

0
239

इस्लामावाद । पाकिस्तानले इस्लामावादमा पाकिस्तानी नागरिकको ज्यान जाने गरी केही हप्ता पहिले भएको सडक दुर्घटनामा दोषी भनी आरोप लागेका अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हललाई देश छोड्नबाट रोक लगाएको छ । हलद्वारा चलाइएको एउटा गाडीले इस्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिएर गत अप्रिल ७ मा भएको मृत्यु भएपछि पाकिस्तानी जनमानस अमेरिकाप्रति आक्रोशित बनेका छन्् । हुन त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामावादमाथि गत जनवरीमा आतङ्कवाद नियन्त्रण गर्ने प्रतिबद्धता विपरीत आतङ्कवाद नियन्त्रणमा आवश्यक सहयोग नगरेको बताएका थिए । पछि अमेरिकाले वासिङटनबाट पाकिस्तानलाई दिादै आएको सुरक्षा सहयोग रोक्का गरेको थियो ।

विवाद चलिरहेको समय इस्लामावादस्थित अमेरिकी राजदूतावासका कर्मचारीले चलाएको गाडीको ठक्करबाट पाकिस्तानी मोटरसाइकल चालकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्धमा थप समस्या देखिएको हो । अमेरिकी राजदूतावासका रक्षा तथा वायुसेनासाग आबद्ध रहेका हलले शनिबार पाकिस्तानको रावलपिण्डीबाट स्वदेश फर्कने क्रममा रोकिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्् ।

पाकिस्तानले बिहीबार आफ्ना अमेरिकामा रहेका कूटनीतिज्ञमाथि यही मे ११ देखि लागु हुने गरी यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो भने शुक्रबारदेखि नै लागु हुने गरी इस्लामावादमा रहेका अमेरिकी कूटनीतिज्ञलाई यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । अमेरिकी निर्णय बमोजिम न्यूयोर्क, लस एन्जेल्स, टेक्सास र सिकागोमा कार्यरत कूटनीतिज्ञहरू बसिरहेको स्थानबाट ४० किलोमिटर टाढा जान पाइने छैन । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here