पाँचौं राष्ट्रिय सम्मेलन बकरिदमा : लुमाकान्त पुन

0
320

दोहा  । कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलन २०१८ बकरिद (इद अल अदा) का बेला हुने भएको छ । कतार नेपाली एकता समाजले पहिले पाँचौा राष्ट्रिय सम्मेलन २०१८ को रमजान लगत्तै इद अल फितरका बेला हुने बताएको थियो । तर २९ मे २०१८ अर्थात् २०७५ जेठ १५ गते एक विज्ञप्ती जारी गर्दै कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले पाँचौं राष्ट्रिय सम्मेलनको पूर्व घोषित मितिमा परिवर्तन गरिएको बताउनु भएको छ ।

अध्यक्ष पुनद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “कतार नेपाली एकता समाजले रमजान लगत्तैको ईद अल फितर २०१८ मा पाचौ राष्ट्रिय सम्मेलन गर्ने सूचना विभिन्न पत्रपत्रिका वा अनलाइन मिडिया र सामाजिक सन्जालहरुमा समेत जानकारी प्रकाशन गरेको थियो । सङ्गठनको विविध आन्तरिक कारणले गर्दा उक्त समयमा सम्मेलन हुन नसकेको यसै वक्तव्य मार्फत् सहर्ष जानकारी गर्दछौँ । साथै पाचौा राष्ट्रिय सम्मेलन बकरिद (इद अल अधा) २०१८ मा सारिएको व्यहोरा समेत सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनी लगायत कार्यकर्ता, समर्थक, शुभचिन्तक एवं न्यायाप्रमी जनसमुदायहरुमा जानकारी गराउाछौँ । यो जानकारीसागै विगतका दिनहरुमा झौ सम्पूर्ण समाजसेवी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, कलाकार र न्यायप्रेमी जनसमुदायहरुमा आर्थिक, भौतिक र नैतिक, सहयोग गरी दिन हुन हार्दिक अनुरोध गर्दछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here