पर्वतमा ढोरपाटन नगरपालिकाको सवारी दुर्घटना

0
62

को थिए ढोरपाटन नगरपालिकाको गाडिमा सवार

जेठ ८, बाग्लुङ । ढोरपाटन नगरपालिकाको ग २ च ५९८१ नम्बरको गाडि पोखरा जाँदै गर्दा बुधबार पर्वतमा दुर्घटना भएको छ । बुर्तिबाङ्ग देखि पोखराका लागि छुटेको ढनेरपाटन नगरपालिकाको सवारी दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएको दुःखद समाचार प्राप्त भएको छ । तर स्थानीय सरकारले भाडामा सञ्चालन गरेको गाडी बुर्तिबाङबाट पोखरातिर को कस्लाई लिएर गयो भन्ने सवाल समेत अहिले चर्चामा आएको छ ।

पर्वतको कुस्मा नगरपालिका चमुवा भन्ने स्थानमा भएको सवारी दुर्घटनामा गाडी चालक ढोरपाटन नगरपालिका ६ का ३१ बर्षिय धनबहादुर कामि, गाडीमा सवार ढोरपाटन ६ कै ११ बर्षिय मोना विक, पोखरा उप महानगरपालिकाका अभिशेष काफ्ले, र ढोरपाटन नगरपालिका ९ का ४६ बर्षिय सोनाम गुरुङ घाइते भएको प्रहरीले जनाएकोछ । तर नगरपालिकाको गाडिमा सवार को हुन र के कामका लागि हिडे भन्ने सवाल अहिले चर्चाको विषय बनेको छ ।

दुःखद दुर्घटनामा परेकाहरुको सीघ्र स्वाथ्यलाभको कामना गरौं  तर नगरपालिकाको सवारीमा नगरपालिकाका कर्मचारी वा जनप्रतिनिधि बाहेक अन्य सवारी बोकेर के कति कारणले पोखरा हानिएको हो भन्ने विषयमा त्यहाँका जनता जानाकार हुने पर्दछ । कारण सरकारी वजेटको खर्चमा चल्ने यस्ता सवारी साधनहरुको चरम दुरुपयोग भएका तथानाम घटनाहरु सुनिन्छन् मिडियामा समेत हेर्न देख्न पाईन्छ ।यस्तो पनि नहोस नगरपालिकाको सवारी विना सरकोकारमा सवारहरु चढेर सरकारी निकायले सञ्चालन गरेको सवारीको दुरुपयोग नहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here