पर्यावरण दोहनले निम्त्याउने खतरनाक संकटका संकेत

0
292

– शिवराज पन्थी

वायुमण्डलको ओजोन तहमा कार्बन डाई अक्साइडको अधिकतम उत्सर्जनले सूर्यबाट पृथ्वीमा आएको प्रकाश परावर्तन हुन नदिनु र पृथ्वीमा ताप सोस्ने क्षमताको ह्रास हुनुले पृथ्वी सँगसँगै समुद्र समेत तातिएको जलवायु विज्ञहरुको ठहर छ । आज विश्वस्तरमै पृथ्वीको तापमान यत्ति धेरै खतरनाक ढङ्गले वृद्धि भइरहेको छ कि १९९० को दशक सबैभन्दा बढी गर्मी भएको प्रमाणित भइसकेको छ । पृथ्वीको सतह तात्नुको पछाडि समुद्रको पानी तात्नु हो । विश्वस्तरमा भइरहेको कलकारखानाहरुको तीव्र विकासले ती उद्योगहरुबाट निस्किएको प्रदुषित ग्याास, अनिवार्यता भन्दा पनि अत्यधिक प्रयोग भइरहेका सवारीका साधनहरुबाट निस्किने प्रदुषित धुवाा, बढ्दो जनसङ्ख्या, वन वातावरण र जैविक विविधता अर्थात्् प्राकृतिक स्रोतसाधनहरुमाथिको अनियन्त्रित दोहनका कारण विश्वस्तरमै जलवायु परिवर्तनका अनिष्ट सङ्केतहरु देखा पर्न थालेका छन्, जसले गर्दा मानव तथा जीवजन्तुको जिवनमाथि ठुलो सङ्कट निम्तिने खतरा उत्पन्न भएको छ ।

गत ३ वर्षअघि भारतमा पर्यावरण विज्ञहरुबाट गरिएको एक अध्ययनले २०३५ सम्ममा प्राय: सबै हिमनदीहरु लोप हुने बताएको छ । संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा बनेको अन्तरसरकारी जलवायु परिवर्तन अनुकूलन समितिद्वारा गरिएको संसारभरका ३०९ जना पर्यावरणविज्ञ र वैज्ञानिकहरुको एक अध्ययन अनुसार विश्वमा ठुलो परिमाणमा कार्बन डाई अक्साइडको उत्सर्जनले स–साना (नेपाल, बङ्गलादेश, भुटान, मालदिव्स जस्ता) गरिब मूलुकका कृषि जैविक विविधताहरु नष्ट हुने र अस्तित्व नै जोगाउन गाह्रो हुनेछ । बङ्गलादेशको बढीजसो जमिन समुद्र सतहबाट जम्मा २० फिटको उचाइमा रहेको छ । बढ्दो तापक्रमसँगै हिमशृङ्खलाहरु पग्लिन थालेपछि समुद्रको जलस्तर माथि उठ्नेछ र स्वभावैले मानव बस्ती डुब्नेछ ।
एक अध्ययन अनुसार आगामी ३५ वर्षसम्ममा तापमान वृद्धिका कारण बङ्गलादेश लगायत समुद्र सतहका खाडी मूलुकको एक–चौथाइ भाग डुब्नेछ । सन् २०८० सम्म समुद्र तटका क्षेत्रहरुमा बसोबास गर्ने ५ देखि १० करोड विश्वभरकै मानिसले बसोवास क्षेत्र छोड्नु पर्नेछ । यो स्थिति बङ्गलादेशले मात्र होइन, समुद्री तटका संसारकै अन्य राष्ट्रमा पनि निम्तिने छ । विश्वस्तरमा भइरहेको तापमान वृद्धिको अवस्थालाई लिएर संयुक्त राष्ट्र सङ्घद्वारा आयोजित अन्तर्राष्ट्रिय पर्यावरण सन्धिले विश्वस्तरमै बाध्यकारी ढङ्गले समस्या समाधानको बाटो समातेन भने आई.पी.सी.सी. को चेतावनीलाई कुनै राष्ट्रले टेर्ने छैनन्, फलस्वरूप संसारका मानव जगतलाई ठुलो सङ्कट र क्षति ब्यहोनु पर्ने बाध्यता निम्तिने उक्त अध्ययनले ठोकुवा गरेको छ ।

तापक्रम बढिरहेको अनुभव विश्वका अन्य राष्ट्रहरुमा मात्र होइन, नेपालको हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसले समेत महशुस गरिरहेका छन् । फलफूल पाक्ने समयमा अन्तर परिरहेको छ भने फूलहरु फुल्ने समय पनि फरक पर्न थालेको छ । गुराास फुल्ने र काफल पाक्ने समयमा अन्तर परेको सञ्चार माध्यमहरुले सार्वजनिक गरिसकेका छन् । केही वर्ष यता गुराासमा कहिल्यै नलाग्ने झुसिलकिरा आतङ्क बढेको थियो । अहिले पनि त्यो अध्ययन पुष्टि भएको छ । केही वर्ष भएको छैन, गुराासको राजधानी मानिने ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थल तीनजुरे, मिल्के र जलजले गुराास वनमा झुसिलकिराले वन नै सखाप पारेको थियो । हिमालमा पाइने जडीबुटी यार्सागुम्बा, पाँचऔँले, हिमचितुवा र चौरी जस्ता वन्यजन्तुहरु पनि लोप भइरहेका छन् । तराईका वन्यजन्तु र लामखुट्टेहरुले चिसो खोज्दै पहाडी भूक्षेत्रतर्फ उकालो चढ्दैछन् । समयमा वर्षा नहुनु, हिउा पर्ने ठाउमा पानी पर्ने गर्दा हिमालयहरु विस्तारै पग्लिएर काला पहाड बन्दैछन् । नेपालमा दिन–प्रतिदिन भइरहेको वन विनास, गिट्टी, वालुवा, ढुङ्गाको अनियन्त्रित दोहन र निकासी, चुनढङ्गा उत्खनन् र त्यसबाट सञ्चालित सिमेन्ट उद्योग, क्रसर उद्योग सञ्चालन, बस्ती विनास र प्लटिङ आदिका कारणले अत्यधिक मात्रामा कार्बन उत्सर्जन भइरहेको छ । अर्कातिर, वनजङ्गलको विनास, गिट्टी, ढुङ्गा, वालुवाको अनियन्त्रित दोहनले पानीका मुहान र सिमसारहरु सुकिरहेका छन् । अझ त्यसमा पनि चुनढङ्गाको उत्खनन्ले त पिउने पानीका मुहानहरु यत्ति धेरै नकारात्मक ढङ्गले सुकिरहेका छन् कि मानव जगतका लागि पिउने पानीको अभावले सङ्कट निम्तिने खतराको सङ्केत देखा पर्न थालेको छ ।

विज्ञहरुका अनुसार एउटा सालको रुखले कम्तिमा ५० वर्ष बााच्दा ८ लाख ५० हजार बराबरको अक्सिजन उत्पादन गर्छ, १० लाख बराबरको माटोलाई मलिलो बनाउँछ र १० लाख बढी मूल्यको भूक्षय नियन्त्रण गर्छ । त्यति मात्र होइन, त्यही एउटा रुखले १७ लाख मूल्य बराबरको वायु प्रदुषण नियन्त्रण गर्छ, पशुपङ्क्षी र मानव जगतका लागि ८ लाख ५० हजार मूल्य बराबरको आश्रय स्थल दिन्छ भने दुई टन पानी सङ्ग्रह गर्ने श्रोत निर्माण गर्छ । एउटा एक सय वर्षको सालको रुखले एक हजार केजी कार्बन डाई अक्साईड उत्सर्जनलाई सोसेर लिन्छ र प्राणी जगतका लागि अनवरत रूपमा अक्सिजन दिइरहन्छ । सिमेन्ट बनाउन प्रयोग गरिने चुनढङ्गाले आफ्नो क्षेत्र वरिपरि अत्यधिक पानी सोसेर सिमसार तथा मूलहरु फुटाउने काम गर्छ । अर्घाखााचीको नरपानी, खााचीकोट र दाङ तथा रोल्पाको होलेरी, काभ्रेको मुर्कुटी क्षेत्रका आसपासका चुरे महाभारत पहाडमा सिमेण्ट उद्योगका लागि चुनढङ्गा उत्खनन् गर्दा अर्घाखााचीमा एक हजार आठ सयभन्दा बढी पानीका मुहानहरु सुकिसकेका छन् भने दाङm रोल्पा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पानीका मुहान सुकिसकेको अध्ययन टोलीले सार्वजनिक गरेको छ ।

यसरी वन, वातावरण र जैविक विविधतामाथि मानवद्वारा भइरहेको अनियन्त्रित दोहनले मानव जिवनलाई नै सङ्कट निम्त्याइरहेको विज्ञहरुको ठहर छ । पृथ्वीको तापमान बढ्नुमा अर्को मूल कारण पेट्रोलियम पदार्थ, ग्याास, कोइला र उद्योगधन्दाहरुबाट निस्कने कार्बन उत्सर्जन पनि हो । विकसित राष्ट्रहरुले उत्पादन गरेको कार्बनलाई सोस्ने हाम्रो जस्तो विश्वका अन्य देशहरुका रुखविरुवा र पानीका स्रोतहरु नै हुन । विकशित देशहरुमा सञ्चालित उद्योगधन्दा र यातायातका साधनहरुबाट उत्सर्जन भएको कार्बनले वायुमण्डलको ओजोन तहलाई काम्लोले जस्तै ढाकेको छ, जसका कारण सूर्यको प्रकाश पृथ्वीमा आएपछि पृथ्वीमा ताप सोस्ने क्षमता कमजोर भएको छ र प्रकाश परावर्तन भएर फर्कने त्यही ओजोन तहले दिदैन, त्यसैले पृथ्वीमा अत्यधिक रूपमा बढिरहेको छ ।

आज तापमानको वृद्धिले जलवायु परिवर्तनमा ठुलो असर निम्तिएको पुष्टि हुँदैछ । वन, वनतावरण र जैविक विविधता (पर्यावरण) माथि मानवद्वारा भइरहेको निर्मम दोहनले खोलानाला सिमसार र पानीका मुहानहरु सुक्दैछन्, हिमाल पग्लिरहेका छन्, वन्यजन्तु र जैविक विविधता लोप हुँदैछन् । चुरे विनास हुँदै जाादा भइरहेका भूस्खलनबाट खहरेखोलाको माध्यम हुँदै समथर भूभागमा कङ्क्रिट र बालुवा थुप्रिदै गएको छ, जसले गर्दा बर्षेनी नदी तथा खोलाहरुका तह माथि उठ्दै गइरहेका छन्, जसका कारण मानव बस्तीहरु समेत कटान, डुबान र पटानको उच्च जोखिममा रहेका छन् । एक प्रकारले तात्कालिक फाइदा देखेर मान्छेहरुले दीर्घकालीन रूपमा आफ्नो टाउकोमा आफै बञ्चरो प्रहार गर्दै अप्रत्यक्ष रूपबाट आफ्नै मृत्यु वा विनास निम्त्याइरहेका छन् ।

२०१४ मा जलवायु परिवर्तन सम्बन्धी दुई हजार पाँच सय पृष्ठको रिपोर्ट तयार गरिएको थियो । विश्वका ७० देशका पर्यावरण बिशेषज्ञ, एक हजार सात सय २९ जना मौसमविद र ३०९ जना वातावरण विज्ञ तथा लेखकहरुले पर्यावरणीय क्षेत्रमा गहिरो अध्ययनपछि यो रिपोर्ट तयार गरेको उल्लेख छ । यस लेखमा उक्त रिपोर्टबाट केही तथ्यहरुलाई आधार बनाइएको हो । उक्त रिपोर्टका सहप्रमुख एवं पर्यावरणविद क्रिस्फिलले भनेका छन् कि जलवायु परिवर्तनले विश्व स्तरमा ब्यापक रूप लिइरहेको छ । त्यो भविष्यको त सङ्कट छदैछ, बरु यसका दुष्परिणामहरु केही राष्ट्रमा आइसके र केहीमा आउँदैछन् । अस्ट्ेरलिया, ब्राजिल, सिड्नी, मोजाम्बिक, फिलिपिन्स, थाइल्यान्ड, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा प्रलयकारी बाढी र पहिरोको प्राकृतिक विपत्तिहरु देखिइसकेका छन् । भारतको उडिसामा आएको आँधीतुफान र उत्तराखण्डको बाढीपहिरो पनि प्रलयकारी सङ्केत हो भने अमेरिकामा हिउा वर्षा र भारतको राजस्थानबाट नेपालमा समेत यो वर्ष आएको तुफान सहितको हिलेवर्षा अर्थात् मौसम विज्ञान विभागका अनुसार डस्ट स्ट्रोम वा रेड रेन तथा नेपालमा २०७२ मा आएको शक्तिशाली भूकम्पको विपत्ति यसका ज्वलन्त परिणामहरु हुन् । नेपालमा पनि प्राकृतिक स्रोतसाधनमाथिको अनियन्त्रित दोहनले जलवायु परिवर्तनका थुपै्र असरहरु देखा परेको तथ्य माथि नै छर्लङ्ग भइसकेको छ । समयमा पानी नपर्नु, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, बाढी, पहिरो र खाद्यान्न उत्पादनमा ह्रास आउनु तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नयाँ नयाँ रोगब्याधिहरु देखा पर्नु जलवायु परिवर्तनले निम्त्याएको तापमान वृद्धिको कारण हो । आज देशमा स्थानीय तथा उन्नत प्रजातिका खाद्यान्न र फलफूल तथा तरकारीहरु विस्थापित भई हाइब्रिड जातका खाद्यान्न र तरकारी फलफूलको प्रयोग अधिकतम बढेको छ । खाद्यान्न, तरकारी र फलफूलमा प्रयोग गरिने किटनाषक औषधी, रासायनिक मल जस्ता विषादिको प्रयोगबाट उब्जिएका चिजहरुले मानव स्वास्थ्यमा नकारात्मक असरहरु पुर्‍याइरहेका छन् । यो पनि जलवायु परिवर्तनबाट निस्किएकै परिणाम अन्र्तगत पर्दछ ।

विज्ञहरुका अनुसार अनियन्त्रित औद्योगीकरण र उपभोक्तामा आधारित जिवनशैलीका लागि कार्बन डाई अक्साइडको उत्सर्जनमा यस्तै क्रम जारी रहयो भने आउँदो केही वर्षमै विश्वको तापक्रम ०.३ देखि ४.८ डिग्री सेल्सियससम्म बढ्ने र विस्तारै पृथ्वीका जिवजन्तु र वनस्पतिहरु डढेर खरानी हुन सक्ने सम्भावना छ । सन् २०५० सम्म विश्वव्यापी रूपमा २५ करोड मानिस आफै जन्मेको स्थलबाट पलायन हुन बाध्य हुनेछन् । यस्तै सङ्कटबारे विश्वमै ध्यान केन्द्रित गरी कार्बन डाई अक्साइड उत्सर्जनलाई नियन्त्रण गर्न मालदिव्सले विगतमा समुद्रमुनि एक सम्मेलनको आयोजना गरेको थियो भने नेपालमा कालापत्थर सम्मेलन सगरमाथा आधार शिविरमा गरिएको थियो । किनकि मालदिव्स र प्रशान्त महासँगर क्षेत्रमा कैयौँ द्वीप र खाडीहरु समुद्रले निल्ने खतरा रहेको छ । झनै त्यसमा पनि बङ्गलादेश त केही वर्षमै उच्च जोखिममा फस्ने विज्ञहरुले अनुमान गरेका छन् ।

यसरी तापक्रम वृद्धिका कारण जलवायु परिवर्तनमा देखिएको गम्भीर असरले विपत्तिको सबैभन्दा ठुलो मार गरिब, किसान, मजदुर, भूमिहीन र समुद्री किनारामा बसोवास गर्ने मानिसहरुमा पर्नेछ । यसका साथै समुद्री किनारका खाडी राष्ट्र र द्वीपहरुमा बसोवास गर्ने सबैखाले मानिसहरुलाई भयानक असर पर्नेछ । जलवायु परिवर्तनलाई न्यूनीकरण वा अनुकूलन गर्न अमेरिका र युरोपियन मुलुकहरु जति संवेदनशील हुनु पर्ने हो, त्यति नभएको पाइएको छ । नेपालमा रुख रोपेर नेपालका लागि गर्नु पर्छ तर अमेरिकाका लागि हामीले रुख रोप्नु पर्ने होइन । बढ्दो औद्योगीकरणका कारण उत्सर्जन भइरहेको कार्बनको असर न्यूनीकरण गर्न ती विकसित देशहरुलाई गरिब राष्ट्रका नागरिकहरुले जोडदार दबाब सृजना गर्नु जरुरी छ । सङ्घर्ष सडकमा कपडा खोलेर, लाठी हिर्काएर र पत्थर ठोकेर हुँदैन । विज्ञ लेखक, राजनीतिज्ञ, पत्रकार, अधिकारकर्मी, साहित्यकार र नागरिक समाज सबैले आफूहरुले जाने बुझेको र अध्ययन गरेको प्रभाव असर र तथ्यहरुलाई राष्ट्रिय, अन्र्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा सार्वजनिक गर्दै विकसित र समृद्ध मुलुकहरुको ध्यान केन्द्रित गराउनु पर्छ । यो पनि सङ्घर्षको ठुलै स्वरूप हो । तसर्थ पर्यावरणको दोहनले नेपाल र विश्वस्तरमै निम्त्याई रहेका खतरनाक सङ्कटका सङ्केतप्रति आजैदेखि आम नेपाली नागरिक तथा सरकारका अङ्गगहरु संवेदनशील हुनु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here