पर्यटन प्रवर्द्धनको लागि प्रथम हाँडीकोट महोत्सव हुँदै

0
465

बाग्लुङ । नेपाल पर्यटन बर्ष २०२० लाई प्रबर्द्धन गर्ने उद्देश्य सहित प्रथम हाँडिकोट महोत्सव हुने भएको छ । हाँडीकोट सामुदायिक विकास केन्द्र जैमिनी नगरपालिका वडा नम्बर १० राङखानीले उक्त महोत्सव गर्न लागेको हो ।

बाग्लुङ्ग जिल्लाकै तेश्रो अग्लो डाडाँ हाँडीकोटको शिखरबाट बिभिन्न धौलागिरी, माछापुच्छ्रे, मानापाथी  निल्गिरी, आन्न्पुर्ण  लगायतका हिमालको मनमोहक  दृश्यावलोकन गर्न सकिन्छ । पर्यटनको राम्रो सम्भावना बोकेको उक्त डाडामा जडिबुटी र कच्चा पदार्थको पनि ठूलो मात्रामा सम्भावना देखिन्छ ।

विभिन्न जिल्लाहरुमा अवस्थित मनमोहक ठाउंहरु पनि सजिलै देख्न सकिन्छ ।  उक्त डाडाको बिभिन्न स्थानहरुमा सौभाग्य स्थल, पबित्र स्थल, मार्मिक स्थल, सौन्दर्य स्थल र विश्व गन्तव्य स्थल गरि ५ मुख्य स्थल को निर्माण गरि समाजको बिकास र पर्यटनलाई सेवा गर्ने उदेश्य सहित प्रथम हाँडिकोट मेला मनाउने तयारीमा जुटेको हाँडिकोट सामुदायिक विकास केन्द्रका अध्यक्षले जानकारी दिनुभयो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष जनगायक जीवन शर्माको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । साथै महोत्सवको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र हुनाले गर्नुहुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here